गोदामबाट बरामद मललाई ‘बेवारिसे’ बनाइयो
२८ वैशाख २०७८
•
३ मिनेट पाठ
गोदामबाट बरामद मललाई ‘बेवारिसे’ बनाइयो
सशस्त्र प्रहरीले सूर्याेदय नगरपालिका–१३, लक्ष्मीपुरस्थित चिया उद्योगको गोदामबाट बरामद गरेको भारतीय मललाई ‘बेवारिसे अवस्थामा भेटिएको’ भनेको पाइएको छ। स्थानीय लक्ष्मी टी इन्डस्ट्रीको गोदामबाट मल बरामद गरेपनि सुरक्षा निकायले उद्योग नजिकैको चियाबारीमा प्लास्टिकले छोपिएको अवस्थामा मल भेटिएको तर कारोबारी फेला नपरेको जवाफ दिने गरेको छ।




सोमबार अपराह्न साढे ३ बजेतिर आइतबारे बेसक्याम्पबाट खटिएको सशस्त्र प्रहरी टोलीले उद्योगको तल्लोपट्टि सँगै रहेको गोदामबाट ३० बोरा भारतीय मल बरामद गरेको थियो। तर, पशुपतिनगर भन्सार कार्यालयमा बुझाउँदा बेवारिसे अवस्थामा भेटिएको भन्दै बुझाइएको छ। सशस्त्र प्रहरी स्रोतले नागरिकन्युजसँग ‘चिया उद्योगनजिकैको पोखरीभन्दा उत्तरपट्टिको भिरालो चियाबारीमा प्लास्टिकले छोपेको अवस्थामा मल फेला परेको’ दाबी गरेको छ । र, मल कसको हो भन्ने पनि फेला नपरेको जवाफ दिएको छ। 

तर, प्रत्यक्षदर्शीका अनुसार सशस्त्रले गोदामबाटै मल बरामद गरी गाडीमा हालेको हो। ‘उद्योगका कामदारकै सहयोगमा गाडीमा मल लोड गरिएको हो,’ एक प्रत्यक्षदर्शीले भने, ‘गाडीले उकालो बाटोमा तान्छ कि तान्दैन भन्ने कुरा पनि भयो तर एक पटकमै लगिएको हो।’ उनका अनुसार गोदाममा सिजनमा मल ल्याएर राखी किसानलाई विक्री गरिन्थ्यो। ‘अहिले नेपाली मलले नपुगेर किसानकै आग्रहमा विक्रीका लागि भारतीय मल ल्याइएको हो,’ स्रोतले भन्यो, ‘बरु महँगो नै परेपनि मूल्य दिन्छौं, मल ल्याइदिनू भनेर किसानले भनेका थिए।’  

सिडिओ ध्रुवबहादुर खड्काले समेत बरामद मल कसको हो भन्ने पत्ता नलागेको बताए। ‘मल बरामद भएको सूचना आएको छ तर कसको हो भन्ने पत्ता लागेको छैन,’ उनले भने, ‘कसैको घरमा फेला परेको भए त घरधनी समात्न हुन्थ्यो, शंकाको भरमा त समात्न भएन नि !’ यसबारे आफूले विस्तृतमा जानकारी लिन नपाएको भन्दै सिडिओ खड्काले थप के छ भन्नेबारे खोजी गर्ने जनाए।

लक्ष्मी टि इन्डस्ट्रीका सञ्चालक डिल्ली प्रधानले चाहिँ आफूले अघिल्लो दिन फिक्कलबाट किनेर ल्याएको मल सशस्त्र प्रहरीले लगेको बताए। ‘अस्तिको दिनमात्रै फिक्कलबाट किनेर ल्याएर ५/१० बोरा मल राखेको थिएँ, यसो सागसब्जीलाई, नेपालको मल कतै पाइँदैन, त्यो इन्डियन रहेछ, त्यति वास्ता पनि गरिएन,’ उनले मंगलबार बिहान नागरिकन्युजसँग भने, ‘फ्याक्ट्रीमै त होइन, अलि बाहिर रहेछ, १५/२० बोरा थियो होला। म फ्याक्ट्रतिर जान पनि पाएको छैन।’ 

तर, स्रोतका अनुसार सशस्त्र प्रहरी टोली पुगेपछि उद्योगका कामदारले प्रधानलाई फोन गरेका थिए। फोन आएपछि प्रधानसमेत उद्योगमा पुगेको प्रत्यक्षदर्शीको भनाइ छ। प्रधानले भने आफू त्यसबेला उद्योगमा नभएकै दाबी गरे। ‘म झापातिर गएको थिएँ,’ प्रधानले भने, ‘मैले त्यो मल बेच्नलाई ल्याएको होइन।’ नागरिकन्युजसँग टेलिफोनमा ४ मिनेट ५६ सेकेन्ड कुरा गरेका प्रधानले सुरुमा त्यो भारतीय मल आफ्नै भएको, फिक्कलबाट ल्याएको भन्दै स्वीकारेपनि केहीबेरपछि मल आफ्नो हो/होइन यकिन नभएकोजस्तो जवाफ दिएर कुरा फेर्ने प्रयास गरे।

त्यही गाउँका एक किसानले भने बोरामा २ सय ६६ भारतीय रुपैयाँ लेखिएको ४० किलोको भारतीय ‘यारा’ मल उद्योगले प्रतिबोरा १ हजार ४ सय ५० रुपैयाँमा विक्री गरिरहेको सुनाए। उनले नेपाली मल अपुग भएको तर भारतीय मल पनि निकै महँगोमा मात्र पाइनेगरेको जनाए। सीमा क्षेत्रका केही चिया उद्योगले भारतबाट अवैध रूपमा रासायनिक मल ल्याएर किसानलाई बेचिरहेको चर्चा चलेका बेला यसरी उद्योगबाटै मल बरामद भएको हो।

नेपाली रासायनिक मल अपुग भएको जिल्लाका किसानको चौतर्फी गुनासो छ। कृषि सामग्री कम्पनी लिमिटेडले वितरण गर्ने मल सहकारी र समूहमार्फत् किसानसम्म पुग्छ। तर, वैध रूपमा आएको यस्तो मल धेरैजसो किसानसम्म पुग्दै नपुग्ने र मल पुगेको ठाउँमा पनि निकै कम हुनेगरेको किसान बताउँछन्। सूर्याेदय नगरपालिकाले भने किसानलाई नेपाली मलको दर नै तोकेर सहकारीमार्फत् किसानसम्म वितरण गर्नेगरेको जनाएको छ।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
४४ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस