पाँचथर सदरमुकाम फिदिमको गोसलाईनमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ। ६ परिवार डेरा गरी बस्ने तथा मासुपसलहरु रहेको घरमा आगलागी भएको हो। जस्ता लगाइएको काठको घरमा आगलागी भएको थियो।
बाक्लै काठ तथा जस्ताका घर भएपनि समयमा आगो नियन्त्रण भएकाले थप ठूलो क्षति हुन भने पाएनन्। आगलागीबाट दावा शेर्पाको टिनको छाना भएको काठले बनेको घर जलेर खरानी भएको छ। उक्त घरमा डेरा गरी बस्ने ६ परिवार आगलागीबाट पीडित भएका छन्। यहि रहेको यातायात मजदुर संघको कार्यलय पनि जलेको छ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार आगलागीबाट ३१ लाख ३१ हजार बराबरको क्षतिको प्रारम्भिक विवरण संकलन गरिएको छ। दुईवटा दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए।