दक्षिणी मिक्लाजुङ गाउँपालिका–२ मा दुई पल्ट शंकास्पद बस्तु राखेर त्रास फैलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। शंकास्पद बस्तु राखेर त्रास फैलाउने र त्यसका आधारमा चन्दा असुल गर्ने समूह मध्येका एक जना बन्दुक तथा विष्पोटक पदार्थसहित पक्राउ परेको प्रहरीले जानकारी दिएको छ।
बैशाख–७ गते सप्तमी बजार नजिकै एनसेलको टावर छेउमा सकेट बम राखिएको थियो। उक्त बम राखेको नजिकै नेपाल कम्युनिष्ट पार्टी (विद्रोही समूह)का नाममा पर्चा भेटिएको थियो। यस्तै, बुधबार विहान पनि सोही ठाउँ नजिकै शंकास्पद बस्तु राखेको पाइएको थियो। दुबै शंकास्पद बस्तुलाई नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको थियो। एकपछि अर्को गरी शंकास्पद बस्तु भेटिएपछि प्रहरीले गम्भीरताका साथ अनुसन्धान थालेको थियो।
शंकास्पद बस्तु राखेर स्थानीयलाई त्रसिद गराउने, चन्दा दिन धम्काउने व्याक्तिलाई हतियार, हतियार तथा बममा प्रयोग हुने सामग्रीसहित पक्राउ गरीएको पाँचथरका प्रहरी प्रमुख डिएसपि दानबहादुर थापाले जानकारी दिए।
पक्राउ परेका व्यक्ति तथा उक्त समूहको बारे अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ। प्रहरी स्रोतका अनुसार फालेलुङ गाउँपालिकाका ३७ वर्षीय कुबेर राई पक्राउ परेका हुन्। उनीसँग तीन जनाको समूह रहेको खुल्न आएको छ। बाँकी दुईजनाको खोजी भईरहेको छ।
प्रहरीले सोधिखोजी गर्दा फालेलुङ गाउँपालिका–८ को आकासे भन्ने ठाउँमा पनि शंकास्पद बस्तु राखेको खुल्न आएको थियो। प्रहरी टोलीले उक्त स्थानमा पुगेर उक्त शंकास्पद बस्तु समेत फेला पारेको छ। अनुसन्धान भईरहकोले विस्तृत कुरा खुल्न बाँकी रहेको डिएसपि थापाले बताए।
पक्राउ परेको व्यक्तिको घर खानतलासी गर्दा भरुवा बन्दुक एक थान, सोही बन्दुकमा प्रयोग हुने सात थान पाटपुर्जा फेला परेको प्रहरीले जानकारी दिएको छ। यस्तै १ थान सकेट, फेक्जीवल तारसहित विद्युत सामग्री, विष्फोटमा प्रयोग हुन सक्ने ९ थान फलामका टुक्रा, सिमकार्डसहित पाँच थान मोबाईल फेला परेको थियो। प्रहरीका अनुसार चन्दा असुलीको रसिद, घरेलु हतियार, नेपाल कम्युष्टि पार्टी (विद्रोही) लेखिएका लेटर प्याड तथा उक्त पार्टी सम्बन्धी अन्य कागजात फेला परेको छ। उनको साथबाट नेपाली रुपैयाँ ५६ हजार ८ सय ८५ र भारतीय १ हजार १ सय ५० रुपैयाँ फेला पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ। प्रहरीले विभिन्न कोणबाट बयान लिने तथा अनुसन्धान गरिरहेको जानकारी दिएको छ।