आगलागीबाट तीन दर्जन घर जले
१५ वैशाख २०७८
•
१ मिनेट पाठ
आगलागीबाट तीन दर्जन घर जले
आगलागी भएको स्थान। तस्बिर:नागरिक
रोल्पाको त्रिबेणी गाउँपालिकामा भएको भीषण आगलागीका कारण २६ घर र १४ गोठ जलेको प्रहरीले जनाएको छ। रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीका अनुसार त्रिबेणी गाउँपालिका २ पीडाले गाउँमा सबै भन्दा धेरै क्षति भएको छ। जंगलमा लागेको आगो गाउँ पसेपछि नियन्त्रण बाहिर गएको थियो। अहिले सम्म करिब २ सय हेक्टर बढि वन क्षेत्रमा आगोले सखाप पारिसकेको छ।  




प्रहरीका अनुसार यतिबेला जिल्ला स्थीत नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानियहरुको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरिएको भएपनि सफल हुन सकिएको छैन। आगलागी भएको स्थानमा रोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी नबराज सापकोटा, नेपाली सेना बटुक दल गणका गणपती अरुण श्रेष्ठ, रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदी, शसस्त्र प्रहरी प्रमुख लगायतको टोली बिहान सबेरै देखि घटनास्थलमा पुगेका छन्।  

आगलागी भएको स्थानमा पुगेका त्रिबेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले करिब ५० घरगोठ जलिसकेको बताउदै स्थानिय तहबाट पीडितलाई तत्काल राहत सहयोग उपलब्ध गराईने बताए। आगलागीमा परि दर्जनौ घरपालुवा पशु चौपायाको क्षती भएको छ । प्रहरीका अनुसार क्षतीको बिबरण आउन सकेको छैन । सदरमुकाम लिवाङबाट बिहनै रेडक्रस रोल्पाको टोली पनि राहत बोकेर घटना स्थल हिडेको छ।
अर्को समाचार
जङ्गलमा लागेको डढेलो गाउँमा पस्दा लिमचुङबुङका डेढ दर्जन घर जले
१९ वैशाख २०८१
•
२ मिनेट पाठ
जङ्गलमा लागेको डढेलो गाउँमा पस्दा लिमचुङबुङका डेढ दर्जन घर जले
उदयपुरमा आगलागीबाट १५ घर पूर्ण रूपमा क्षति भएको छ।  पहाडी गाउँपालिका लिमचुङबुङ ५ मा जङ्गलमा फैलिएको डढेलोले लिमचुङ ५ जाँतेमा २ दिनमा १५ घर, गोठ जलाएर ध्वस्त भएको स्थानीयलहरुले बताएका छन्।




एक साता यता निरन्तर जङ्गलमा लागेको डढेलोले मङ्गलबारसम्म स्थानीयको १५ घर, गोठ जलेर ध्वस्त भएको वडाध्यक्ष कविचन्द्र राईले जानकारी दिए।

उनका अनुसार मङ्गलबार मात्र काटकबहादुर कार्की, वीरबहादुर कार्की, जितबहादुर थापाको घर, गोठ जलेका छन्।

त्यस्तै, लुख्रिमथुम्काका अमृत बहादुर तामाङ र लाटीटार जाँतेका नरबहादुर राईको घर जलाएर नष्ट भएका उनले बताए। यस्तै, हिम्माका मदन खड्का, मौलबहादुर बुढाथोकी र गोपाल कार्कीको घर जलेको छ। सोही डढेलो हिम्मा सिरान र टोड्केमुनी हुँदै सल्लेरी, कपासे, भौब्लुङ, धुकुर्थुम, लाटीटार, भार्के हुँदै लुख्रिमथुम्काबिझाईँ गर्न पुगेको वडाध्यक्ष राईले बताए।

आगो नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय लिमचुङबुङ बाराहाको टोलीले स्थानीयहरूलाई साथ दिइरहेको छ।

यसैबीच गाउँपालिकाले तत्कालीन राहत वितरण सुरु गरेको छ। गाउँपालिकाका प्रमुख प्रकाशकीय अधिकृत योगेन्द्रराज गुरुङले प्रारम्भिक राहत वितरण गरिएको बताए। उनका अनुसार उपाध्यक्ष राईको टोलीले क्षति पुगेका पीडितहरू प्रत्येक घरलाई एक बोरा चामल, दाल, नुन, तेल र एक थान त्रिपाल उपलब्ध गराइएको छ। गएको ८ गते घर, मतान र गोठ जलेका पीडित अशोक राई, बयानसिंह राई र कुमार राईलाई पनि सोही परिमाणको राहत दिइएको हाकिम गुरुङले बताए।

वैशाख ७ गते राति जाँतेकै हुरुङमा सामुदायिक वनमा लागेको डढेलोसिप्लीङ पाखा हुँदै चौलाने तरेर उनीहरूको घर, मतान र गोठ जलेको थियो। ९ गतेको हावाहुरीले आगो फैलिदा १० गते टोड्केस्थितमावि रसुवाजाँते, टोड्के बस्ती, चौतारे र तल्लो चौतारेका २५ घरधुरी जोखिममा परेका थिए। तर, स्थानीय प्रहरी, स्थानीय बासी, शिक्षक, विद्यार्थी र युवाहरूको राति अवेरसम्मको प्रयासले आगो नियन्त्रणमा आएको थियो। 
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस