कोरोना संक्रमणबाट संविधान सभा सदस्य मोहम्मदी सिद्दिकीको निधन
११ वैशाख २०७८
•
३ मिनेट पाठ
कोरोना संक्रमणबाट संविधान सभा सदस्य मोहम्मदी सिद्दिकीको निधन
संविधान सभा सदस्य मोहम्मदी सिद्दिकी ।
कोरोना संक्रमणबाट संविधान सभा सदस्य मोहम्मदी सिद्दिकीको निधन भएको छ । भेरी अस्पताल नेपालगन्जमा करिव दुई सातासम्म उपचार गरेपनि स्वास्थ्यमा सुधार नआएपछि शनिबार बेलुकी उनको निधन भएको हो । श्वासप्रश्वास सम्बन्धी समस्याले उनी सिकिस्त थिइन् । उपचारकै क्रममा सिद्धिकीको शनिबार बेलुका करिव ७ बजेतिर निधन भएको अस्पतालका एनेस्थेसियोलोजिष्ट डा. पारश पाण्डेले जानकारी दिए ।  




उनको भेरी अस्पतालको कोभिड वार्डमा उपचार भइरहेको थियो । सिद्धिकी पहिलो संविधान सभामा नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सभासद भएकी थिइन् । मुस्लिम महिलाको अधिकारका निम्ती उनी लामो समयदेखी संघर्षरत एक मात्र महिला हुन् । घरभित्रै सिमित रहने मुस्लिम महिलालाई बाहिर निस्केर बोल्न सक्ने बनाउनुमा उनकै योगदान रहेको चर्चा गरिन्छ । सिद्धिकीको मुस्लिम धार्मिक परम्परा अनुसार परिवार र नेपाली सेनाको समन्वयमा अन्त्येष्टी गरिनेछ ।  

तीव्र रुपमा फैलिएको कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दिनहुँ बढिरहेको छ । बितेको २४ घण्टाभित्र भेरी अस्पतालमा उपचाररत अन्य ६ जना संक्रमितको मृत्यु भइसकेको छ । मृतक सबै बाँकेवासी हुन् । भेरी अस्पताल नेपालगन्जमा बाँके, खजुरा गाउँपालिका वडा नम्बर २ निवासी ७२ वर्षीया महिलाको मृत्यु भएको हो । कोरोना पोजेटिभ भएपछि उनी शुक्रबार अस्पतालमा भर्ना भएकी थिईन् । स्वास्थ्यमा सुधार नआएपछि भर्ना भएको भोली पल्ट शनिबार अपरान्ह सवा ४ बजेतिर मृत्यु भएको हो ।

यस्तै सोही अस्पतालमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ निवासी ५५ वर्षीया महिला बदरुना निशाको पनि मृत्यु भएको छ । गत चैत ३१ गते बागेश्वरी ल्याबमा स्वाब परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि बैशाख ६ गते भेरी अस्पतालमा भर्ना भएकी थिईन् । स्वास्थ्यमा सुधार नआएपछि शनिबार बिहान पौने ९ बजेतिर मृत्यु भएको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।  

यसैगरी नेपालगन्ज १० निवासी ६१ बर्षिया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना पोजेटिभ आएपछि यही बैशाख ८ गते भर्ना भएकी उनको शुक्रबार राती सवा १ बजेतिर मृत्यु भएको हो । अस्पतालमा नेपालगन्ज त्रिभुवन चोक निवासी ३५ वर्षीय पुरुषको मृत्यु भएको छ । कोरोना पोजेटिभ भएपछि बैशाख ९ गते अस्पतालमा भर्ना भएका उनको शुक्रबार राती सवा ९ बजेतिर मृत्यु भएको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रले जनाएको छ । यसैगरी भेरी अस्पतालमै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ निवासी ८४ वर्षीय पुरुषको मृत्यु भएको छ । कोरोना पोजेटिभ भएपछि बैशाख ७ गते अस्पतालमा भर्ना भएका उनको शुक्रबार साँझ ७ बजे मृत्यु भएको हो ।

त्यस्तै सोही अस्पतालमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ निवासी ७५ वर्षीया महिलाको पनि मृत्यु भएको छ । परिवारका अनुसार कोरोना पोजेटिभ भएपछि उनलाई श्वास प्रश्वासमा समस्या आएको थियो । त्यसपछि उनलाई बैशाख २ गते भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएकोमा स्वास्थ्यमा सुधार हुन नसकेपछि शुक्रबार बेलुकी सवा ६ बजेतिर मृत्यु भएको फोकल पर्सन ओलीले जनाए । यो सँगै कोरोना संक्रमणबाट बाँके जिल्लाका मृतकको संख्या ७९ पुगेको छ । कोरोेना संक्रमणका कारण बाँकेमा जिल्ला बाहिरका ब्यक्तिको मृत्यु हुनेको संख्या १ सय रहेको केन्द्रले जनाएको छ ।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
यो पनि पढौँ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस