भक्तपुरको पोटरी स्क्वायरमा उठाइएको हात नभएको लिंगो आइतबार ढालिएको छ। पोटरी स्क्वायरका स्थानीयले परम्परा अनुसार डोरीको सहायताले लिंगो तानेर ढालेका थिए।
प्रत्येक वर्ष विस्केट जात्राको क्रममा वर्षको अन्तिम दिन अर्थात् यो वर्ष चैत ३१ गते मंगलबार उठाइएको लिंगो ढालिएको हो। आठ दिन नौ रातसम्म चल्ने भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको क्रममा प्रत्येक वर्ष जात्राको अन्तिम दिन अर्थात् वैशाख ५ गते यो लिंगो ढाल्ने गरिन्छ। यो वर्षको जात्रा आइतबार सकिंदैछ।
लिंगो ढालिएको हेर्न विहानदेखि भक्तपुर नगरभरिका हजारौं नगरवासी पोटरी स्क्वायर पुगेका थिए। विहानैदेखि लिगो ढालिएको हेर्न उनीहरु घण्टौ त्यहाँं रहेका थिए। यसअघि भक्तपुरको भेलुखेलमा उठाइएको ५५ हात लामो लिंगो वैशाख १ गते नै परम्परा अनुसार ढालिएको थियो।