न मास्क न भौतिक दूरी
०२ वैशाख २०७८
•
४ मिनेट पाठ
न मास्क न भौतिक दूरी
कोरोना भाइरस संक्रमणको जोखिममध्येको सहर पोखरा परेको भन्दै सरकारले सचेत हुन आग्रह गरिरहेको छ। सरकारले सकेसम्म भीडभाड नगर्न र मास्क लगाउन अनिवार्य गरिरहेको छ। तर पर्यटकीय सहर पोखरा नयाँवर्षमा मस्त रमाएको छ। यहाँ कोरोनाको संक्रमण नै छैन की भन्ने यहाँको भीडभाडले देखाएको छ।  




नयाँ वर्षको अघिल्लो बेलुकी पर्यटकीय क्षेत्र लेकसाइड खचाखच थियो। बुधबार बिहान लेकसाइडमा हिड्डुल गर्न पनि मुस्किल थियो। गाडीको भीड बढ्दा सवारी चलाउन पनि सकस थियो। लेकसाइड प्रवेशको नाका सहिदचोकबाट लेकसाइड हुँदै हल्लनचोक निस्कँदा निकै जाम खेप्नुपर्ने अवस्था थियो। बाटोमा समुहमा हिडडुल उत्तिकै थियो। गाडीमा भीडभाड उस्तै थियो। मन्दिर दर्शन गर्ने, तालमा डुंगा सयर गर्ने र रेस्टुरेन्टमा खानेको भीडभाड पहिलेजस्तै देखिन्थ्यो। बुधबार दिनभरजसो लेकसाइड क्षेत्रमा भीडभाड थियो।

पोखराकै स्थानीय पनि मंगलबार बेलुकी रमाउन लेकसाइड झरेका थिए। ती बाहेक बाहिरबाट भित्रिएका पाहुना र उनीहरू सवार सवारीको लामले पनि उत्तिकै भीड बढाएको थियो। आन्तरिक पाहुनाको भीडभाडले पोखरा नै ‘कोरोना फ्रि’ जस्तै देखिन्थ्यो। नयाँवर्षको यो अवसर बाहेक अन्य समयमा पनि यहाँ खासै सचेतना अपनाइएको छैन। बजार, यातायात पहिलेकै अवस्थामा सञ्चालनमा छन्। बाटोको भीडभाड पहिले जस्तै छ। बुधबारको भीडभाड त यस्तो थियो की पोखरामा कोरोनाको कुनै संक्रमित छैनन्। कसैको मुखमा मास्क पनि थिएन, अनि भौतिक दूरी पालना त झनै कसैले पालना गरेको देखिँदैनथ्यो। डुंगा सयर गर्न पालो कुर्नेको तछामछाड नै थियो।

सरकारले कोरोनाको दोस्रो लहर झनै तीव्रगतिमा बढिरहेकाले सचेत हुन आग्रह गरे पनि सर्वसाधारणले भने वास्ता नगरेको स्वास्थ्यकर्मीहरू बताउँछन्। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्मा भन्छन्, ‘भारतमा महामारी छ, संसारकै जोखिमयुक्त सहर भारतसँगको खुला सीमासँग हामी छौं। त्यसैले यहाँ जोखिम उत्तिकै छ। तर पुरै वेवास्ता गरिएको छ।’ भारतीय नाका सुरक्षित नहुँदाको यथार्थ अहिले पोखरा सहितका सहरले भोग्नुपरेको उनले बताए।

‘धेरै महिनादेखि लकडाउनमा बसेको बेला चुलो बाल्नु पर्दा सरकारले यसअघि खुकुलो बनायो, त्यो आफैमा आवश्यक थियो। तर जनमानसले कोरोना सकिएको छ भन्ने बुझेका छन्,’ शर्माले भने, ‘कोरोना भाइरस संक्रमण पटक्कै छैन भन्ने मानसिकताबीचमा खोपले पनि बिगा¥यो। खोप लगाउनासाथ सुरक्षित भइन्छ भन्ने सन्देश फैलियो। तर चालचलनको हिसाबले जोखिममा छौ।’ भौगोलिक हिसाबले पनि जोखिममा रहेको भन्ने सर्वसाधारणले भुलेको उनले बताए।

सर्वसाधारणले लकडाउन अवधिमा कडाईका साथ घरभित्र बसेर सहयोग गरेको भए पनि त्यो बेला गुम्सिएको अवस्थाको परिणाम अहिले खुलापन बढेको उनले बताए। ‘नयाँ वर्षको यो भीडभाडको परिणाम केही समयमा देखिन्छ। बाक्लो आउजाउले जोखिम बढाएको छ। तर नागरिक पटक्कै सचेत छैनन्,’ उनले भने। घुम्न आएका पाहुना पनि उस्तै ढुक्क देखिन्थे। ‘लामो समय कोरोनाका कारण घुम्न नपाएकोले अहिले मौका सदुपयोग गरेका हौ,’ काठमाडौंबाट आएकी दिपा शर्माले भनिन, ‘पोखरामा त उत्तिसारो संक्रमण छैन भनेर मास्क पनि लगाइएन। तर सकेसम्म भीडभाडमा नजाने प्रयास भने गरेका हौं। तर कतिपय अवस्थामा सम्भव भएन।’

कोरोना त्रासका कारण लामो समय ठप्प भएको पर्यटन क्षेत्र नेपाली नयाँ वर्षको यो अवसरमा सास फेर्ने सघाउने गरि पाहुना भेट्दा कोरोना बिर्से जस्तै भएको छ। रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराका अध्यक्ष लक्ष्मण बराल भन्छन्, ‘कोरोना त्रासले व्यवसायी थलिएका थिए। तर यो बेला पाहुना पाउँदा व्यवसायीलाई सास फेर्न केही सहज भएको छ। कोरोनाको त्रास भन्दा पनि व्यवसायको चेपुवामा रहेका व्यवसायी पाहुनाको आगमनले राहत महसुस गरेका छन्।’

बरालका अनुसार नयाँ वर्षका अवसरमा भित्रिएका आन्तरिक पाहुनाका कारण होटल र रेस्टुरेन्टमा केही चहलपहल बढेको छ। यो चहलपहल क्षणिक हुने उनको अनुमान छ। ‘व्यवसायका हिसाबले राम्रो हो, तर संक्रमणको अवस्थामा यो डर लाग्दो क्षण पनि हो,’ बराल भन्छन, ‘स्वास्थ्य प्रोटोकल पनि उत्तिसारो मानिएको छैन। सबैतिर भीडभाड उस्तै छ। व्यवसायलाई राहत दिएको छ, तर स्वास्थ्य चुनौती थप्ने त्रास भएको छ।’  

पाहुना आएपछि सेवा पनि दिन कर लागेको बराल बताउँछन्। ‘पाहुनालाई हिड्डुल गर्नै नपाउने गरि सरकारले नै कडाइ गर्न सकेको भए यो अवस्था आउने थिएन। तर व्यवसायी बाच्नुपर्ने अवस्थामा थियो,’ उनले भने, ‘त्यसैले व्यवसायीले पनि खुलखमुला सेवा दिएका छन्। सधैं व्यवसाय बन्द गरेर मात्र भएन। सबै क्षेत्र खुल्दा पर्यटन क्षेत्र मात्र बन्द गर्ने भन्ने कुरा रहेन।’ नियमनकारी निकायले केही कडाइ गरेको भए हेलचेक्रयाँइ कम हुने उनको आँकलन छ। ‘कि त सरकारले निकै नै कडाइ गर्नुपर्दथ्यो। नत्र पाहुनालाई घुम्न आउ भनेर बोलाउने, अनि आएका मान्छेलाई सेवा नदिन पनि भएन,’ बरालले भने, ‘संक्रमणको त्रास बढेको छ। सबैतिरका मान्छे यो बेला पोखरा आउँदा जोखिम थपेको छ। तर, सचेत हुनुपर्छ।’

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष गोपी भट्टराई पनि लेकसाइडमा नयाँ वर्ष मनाउन आउनेको भीडले व्यवसायमा चमक थपेपनि कोरोनाको जोखिम पनि बढेको बताउँछन्। ‘सबै क्षेत्र र सबैतिरका मान्छे पोखरा आएका छन्। उनीहरूले मास्क पनि लगाएका छैनन,’ भट्टराइले भने, ‘मन्दिर, पार्क, रेस्टुरेन्ट्मा उस्तै भीडभाड छ।’ अहिले कोरोनाको जोखिम बढ्दै गएको भए पनि आएका पाहुनालाई सेवा दिएर व्यवसायी बाच्ने प्रयासमा लागेको उनले बताए।
अर्को समाचार
खुल्न थाले राजधानीका सङ्ग्रहालय, सम्पदास्थलमा चहलपहल
०५ फागुन २०७८
•
४ मिनेट पाठ
खुल्न थाले राजधानीका सङ्ग्रहालय, सम्पदास्थलमा चहलपहल
कोरोना सङ्क्रमणको तेस्रो लहर बढेपछि माघ पहिलो सातादेखि बन्द गरिएका राजधानीका सङ्ग्रहालय खुल्न थालेसँगै सम्पदास्थलमा चहलपहल देखिन थालेको छ। विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार सङ्ग्रहालय फागुन १ गतेदेखि खुलेको छ। सङ्ग्रहालयमा २५ जनाभन्दा धेरैको समूह आए विभाजन गरेर प्रवेश गराउने र २५ जनाभन्दा कमलाई एकै समूहमा प्रवेश गराउन थालिएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ। 




फागुन १ गते १८६ जना नेपाली र १० जना विदेशी नागरिकले सङ्ग्रहालय अवलोकन गरेको कार्यालय प्रमुख सन्दीप खनालले राससलाई जानकारी दिए। यसैगरी फागुन २ गते १८५ जना नेपाली र आठ जना विदेशी नागरिकले सङ्ग्रहालयको अवलोकन गरेका छन्। सङ्ग्रहालय खुलेसँगै भ्रमण गर्ने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्या पनि दैनिक बढ्न थालेको छ। फागुन ३ गते १९५ जना नेपाली र १३ जना विदेशी नागरिकले हनुमानढोका दरबार क्षेत्रका साथै सङ्ग्रहालय भ्रमण गरेका छन्।

राजधानीका नारायणहिटी दरबार सङ्ग्रहालय, गणतन्त्र स्मारक, छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालय, मुद्रा सङ्ग्रहालयलगायत पनि खुलेका छन्। सबै सङ्ग्रहालयमा स्वास्थ्य मापदण्ड पूरा गरेर भौतिक दूरी कायम गर्दै प्रवेश गराइएको छ। मास्क र स्यानिटाइजर अनिवार्य गरिएको छ। २५ जनाभन्दा धेरैलाई एकैपटक प्रवेश दिइएको छैन।

नारायणहिटी दरबार सङ्ग्रहालय र गणतन्त्र स्मारक हप्तामा छ दिन खुला हुन्छ। बुधबार नारायणहिटी अवलोकनकर्ताका लागि बन्द गरिन्छ। नारायणहिटी दरबार सङ्ग्रहालय र गणतन्त्र स्मारकमा मङ्गलबार भने आधा दिनमात्र खुला गरिन्छ।  हनुमानढोका दरबार हप्तामा सातै दिन खुला गरिन्छ। सार्वजनिक बिदाका दिन पनि हनुमानढोका दरबार क्षेत्र खुला हुने गरेको छ। दरबारको ढुकुटी भवनमा गरगहनासम्बन्धी प्रदर्शनी जारी छ। दरबार क्षेत्रभित्रका नासलचोक, लोह चोक, पुतली बगैँचा पनि अवलोकनका लागि खुला गरिएको छ।

महानगरले तिरेन हनुमानढोका दरबार हेरचाह अड्डालाई शुल्क

हनुमानढोका दरबार क्षेत्रमा विदेशी प्रवेशको टिकटको शुल्कको २५ प्रतिशत डेढवर्षदेखि काठमाडौं महानगरपालिकाले सङ्ग्रहालयलाई दिएको छैन। महानगरसँग सम्झौता भएअनुसार रु तीन करोड ५० लाखभन्दा बढी पैसा लिन बाँकी रहेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिको कार्यकारी निर्देशकसमेत रहनुभएका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख खनालले जानकारी दिए।

महानगरले पैसा नदिएपछि  सङ्ग्रहालयले पनि गत भदौदेखि टिकट काट्न सुरु गरेको छ। सङ्ग्रहालय प्रवेश गर्दा अब विदेशीले ३०० र नेपालीले ३० को टिकट काट्नुपर्छ। विद्यार्थीलाई भने सहुलियतस्वरुप १५ मा प्रवेश गराइन्छ। महानगरले भने हनुमानढोका दरबार क्षेत्र प्रवेश गरेको रु एक हजार शुल्क विदेशीसँग लिने गरेको छ।

गद्दी बैठकमा प्रदर्शनीसहित सर्वसाधारणका लागि खुला गरिने

हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले यसै महिनादेखि गद्दीबैठकको तल्लो तलामा एकीकरणदेखि लोकतन्त्र स्थापनासम्मका तस्बिर प्रदर्शनी गर्ने भएको  छ। यसअघि माघ दोस्रो साता सुरु गर्न लागिएको प्रदर्शनी कोरोना महामारीको तेस्रो लहर बढेपछि स्थगित गरिएको थियो।

नेपाल एकीकरण अभियानमा पृथ्वीनारायण शाहले प्रयोग गर्नुभएका हातहतियारलगायत दस्तावेज एवं प्रजातन्त्र स्थापना, पुनःस्थापनाका विभिन्न घटना क्रमका तस्बिरको प्रतिलिपि प्रदर्शनीमा राख्ने तयारी भएको छ।

नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र बन्दै गएपछि माघ पहिलो साता सरकारले राजधानीका सबै सङ्ग्रहालय बन्द गर्ने निर्णय गरेको थियो। यो निर्णयसँगै माघ दोस्रो साता खुला गर्न लागिएको गद्दी बैठक पनि रोकिएको थियो। यो प्रदर्शनीसँगै गद्दीबैठक पनि सर्वसाधारणका लागि खुला गर्ने कार्यालयको तयारी छ।

सङ्ग्रहालय प्रवेशकै टिकटले विशेष प्रदर्शनी र गद्दीबैठकमा पनि जान दिने तयारी कार्यालयले गरेको जनाइएको छ। विसं २०७२ वैशाख १२ गतेको भूकम्पअघि केही दिन गद्दीबैठक हल सर्वसाधारणका लागि खुला गरिएको थियो।

भूकम्पसँगै बन्द रहेको गद्दीबैठक यसपटक खोल्न  कार्यालय तयारी पूरा गरेको छ। पृथ्वीवीर विक्रम शाह राजा हुँदासम्म विशिष्ट विदेशी पाहुनाको स्वागत एवं ओहोदाको प्रमाण पत्र प्रस्तुत गर्न गद्दीबैठक उपयोग गरिन्थ्यो। राजदरबार नारायणहिटी सरेपछि गद्दीबैठक इन्द्रजात्रामा राष्ट्राध्यक्ष, सरकार प्रमुखलगायत विशिष्ट व्यक्ति आएर बस्नेस्थलका रुपमा उपयोग हुने थालेको थियो। गद्दी बैठकमुनिको तल्लो तलामा भने विशिष्ट व्यक्तित्वका चालक एवं सुरक्षाकर्मी बस्ने स्थलका रुपमा प्रयोग गरिँदै आएको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र पुरातत्व विभागसँग समन्वय गरेर गद्दी बैठक खुला गर्न लागिएको हो।

गद्दी बैठकसँगै फोटोग्राफर दीर्घमान चित्रकार, गणेशमान चित्रकार र किरणमान चित्रकारले खिचेकाका १०० वर्षभन्दा पुराना तस्बिर पनि प्रदर्शनीमा राखिने भएको छ। गद्दी बैठकको तल्लो तलामा नेपाल एकीकरणदेखि प्रजातन्त्र स्थापना एवं पुनःस्थापना कालका कागजपत्र, दस्तावेज पनि प्रदर्शनी गरिने जनाइएको छ। रासस
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस