लहानका सुनचाँदी व्यापारीको घरमा डकैतीपछि लुटेर लगेको बा १० च ९३०२ नम्बरको जीप केहिबेर अघि सिरहाको कल्याणपुर नगरपालिका १२ बेल्हाबाट फेला परेको छ। सूचना पछ्याउँदै जाँदा अन्कन्टार स्थानमा बेवारिसे अवस्थामा रहेको जीप फेला परेको इलाका प्रहरी कार्यालय लहानका डीएसपी तपनकुमार दहालले जानकारी दिए।
'हामी गाडी लिएर आउँदैछौं उनले भने,‘गाडीभित्र सुनचाँदी लगायतका सामान पनि छ। पीडित परिवारसँग उक्त सामानहरु यकीन गराएपछि मात्र डकैती भएजतीको सामान बरामद भयो भएन भन्न सकिन्छ।’ हतियारधारी समूह गाडी अप्ठ्यारो ठाउँमा छोडेर भागेका रहेछन्। खोजीमा प्रहरीको टोली खटिएको छ। अहिलेसम्म उनीहरुको सुराक फेला परेको छैन।
लहान नगरपालिका–७ स्थित सुनचाँदी व्यपारी राजेश साडाको घरमा डकैती हतियारधारी समूह प्रवेश गरी उनका पिता भगिरथ सारडा र श्रीमतीको कन्चटमा पेस्तोल तेर्साएर सुनचाँदी लुटेका छन्। प्रतिकार गर्दा दुबैलाई आक्रमण गरी घाइते बनाएको छ।
हतियारधारी समूह लकर फोडेर सुनचाँदी लुटेको पीडित परिवारले बताए। उनीहरुले सारडाको जीप समेत लिएर गएका छन्। घरमा पार्किङ गरी राखिएको जीपको साँचो बलजफ्ती लिएर हतियधारी डाका समूह भागेको भगिरथ सारडाले बताए। घर भित्र तीन जना हतियारधारी समूह प्रवेश गरेको उनले बताए। उनीहरु युवा उमेरका थिए।