डढेलोले सखाप हुदै वन
२८ चैत्र २०७७
•
४ मिनेट पाठ
डढेलोले सखाप हुदै वन
कैलालीको चुरे गाउँपालिका खानीडाँडा नजिकै वन क्षेत्रमा सल्किएको डढेलो । तस्बिरः पुष्पराज जोशी÷नागरिक
‘हरियो वन, नेपालको धन’ चर्चित उखान थियो कुनै बेला । तर, पछिल्लो समयमा भने त्यही हरियो वन चौतर्फी अतिक्रमणमा पर्दा उखानमै सीमित हुन थालेको छ । सुदूरपश्चिममा चोरी तस्करीले वन मासिँदै गएकोप्रति चिन्ता गर्नेहरूका लागि त्यो भन्दा ठूलो चिन्ता डढेलोले निम्त्याएको छ । अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा डढेलोले ३० प्रतिशत वन सखाप पारेको छ ।  




अत्याधिक गर्मी मौसम । त्यसमा पनि हावाहुरी उस्तै चल्दा सुदूरपश्चिमका राष्ट्रिय तथा सामुदायिक वन डढेलोको चपेटामा परेका हुन्। डढेलोको धुँवाले जंगलैभरि हिँड्न मुस्किल छ, सुदूरपश्चिममा । सुदूरपश्चिममा डढेलोका कारण ३० प्रतिशत वन सखाप भएको तथ्याङ्क देखिएको प्रदेश वन निर्देशनालय सुदूरपश्चिमले दिएको छ ।  

प्रदेश वन निर्देशनालय धनगढीका प्रदेश वन निर्देशक हेमराज बिष्टका अनुसार अहिले सामुदायिक र राष्ट्रिय वन डढेलोले निल्दै छ। ‘तराईबाट चुरेमा मात्रै आँखाले देख्नेगरी ठाउँ–ठाउँमा डढेलो लागेको देखियो,’ उनले भने,‘अन्य ठाउँमा त कति छ कति ।’ उनले जंगलैभरी लागेको डढेलो निभाउन सक्ने पर्याप्त जनशक्ति र उपकरण नै आफूहरूरुसँग नभएको बताए । ‘डढेलो निभाउन सक्ने दक्ष र पर्याप्त जनशक्ति नै छैन,’ उनले भने,‘न त हामीसँग आधुनिक उपकरण नै छ ।’ सामान्य औजार र उपकरणहरु किनेर सामुदायिक वनलाई भने आफूहरूले दिएको उनी बताउँछन् ।  

सुख्खा मौसम र गर्मीका कारण यसपालि वन क्षेत्रमा डढेलोको प्रकोप चाँडै देखिएको बताउँदै उनले भने,‘यसपालि हिउँदमा वर्षात नहुँदा डढेलोको प्रकोप बढेको देखिन्छ ।’ गत वर्षको तुलनामा यसवर्ष हिउँदे वर्षा भएको थिएन । हिउँदमा पानी पर्दा गिठा तथा अन्य झारपात उम्रिएपछि आगलागीका घटनामा कमी आउने भए पनि यसपालि भने पानी नपर्दा समस्या भएको उनले बताए । ‘हिउँदे वर्षा नहुनु र खडेरीले गर्दा यसपालि डढेलोको जोखिम बढी छ,’उनले भने,‘डढेलोबाट जोगाउन सबैभन्दा बढी जनचेतनाकै खाँचो रहेको छ ।’ समुदायमा रहेका केही गलत सोचाइका मानिसले जंगलमा आगजनी गर्ने गरेको बताउँदै उनले भने,‘सामुदायिक वनमा विमति राख्नेहरुले जंगलमा डढेलो लगाइदिन्छन्, र दुःख उपभोक्ताले पाउँछन् ।’ गर्मीको मौसम त्यसमा पनि सुकेका पातपतिंगर र सुकेका ढलापढा काठले डढेलो लाग्ने गरेको बताउँदै उनी भन्छन्,‘त्यसलाई व्यवस्थापन गर्न नसक्दा डढेलोले बर्सेनि जंगल सखाप पार्दैछ ।’ डढेलो लाग्दा ढलापडा रुख नासिने चिन्ता एकातिर छ भने अर्कोतिर पुनःउत्पादन पनि बिग्रने गरेको उनी बताउँछन् । ‘डढेलोले एक त सुखा पडामा सल्कँदा राजस्व गुम्छ,’ उनले भने,‘अर्कोतर्फ रुखमा आगो सल्कँदा धेरै दिनसम्म रही रहने भएकाले डढेलो नियन्त्रण गर्न गाह्रो हुने गर्छ ।’ डढेलोले  पुर्नउत्पादनमा समस्या पर्ने गरेको बताउँदै उनले भने,‘भर्खरका विरुवा र हुर्के बढेका पोथ्रा पाथ्र्री सबैभन्दा बढी मासिने गरेका छन् ।’ डढेलोकै कारण उत्पादनमा पछाडि पर्नुका साथै त्यसले वातावरणिय लाभहरु सखाप हुनुका साथै पारिस्थितिक प्रणालीलाई पनि समाप्त गर्ने गरेको उनले बताए ।  

जंगलमा डढेलो लगाउँदा चरिचरनका लागि नयाँ घाँस पलाउने भन्ने गलत मानसिकताका कारण स्थानीयले नै जानी जानी डढेलो लगाउने गरेको वन निर्देशक बिष्टले भने,‘जंगलमा आगो लगाउँदा पालुवा पलाउँछ र घाँस काट्न सजिलो हुन्छ भनेरै यहाँका किसानले डढेलो लगाउने गरेका छन् ।’ जनचेतनाको कमीका कारण बर्सेनि यहाँको जंगल डढेलोले सखाप भइरहेको उनले बताए । उनले भने,‘हामीले जनचेतना जगाउने कार्यक्रम ल्याउनुका साथै प्रत्येक सामुदायिक वनलाई डढेलो नियन्त्रणका लागि प्रयास गर्न निर्देशन दिएका छौँ ।’ सुदूरपश्चिममा रहेका सबै एफएम रेडियोमार्फत् जनचेतनामूलक सन्देश दिइएको उनले बताए ।  

सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी डढेलोको जोखिममा डोटीको वन क्षेत्र परेको छ । अहिले डोटीका डाँडाकाँडाका सबै जंगल डढेलोले निल्न थालेको छ ।  जम्मा क्षेत्रफलको ६८ प्रतिशत भूभाग जंगलले ढाकेको डोटीमा ५० प्रतिशत भूभाग अहिले डढेलोले सखाप भइसकेको डोटीका डिभिजन वन प्रमुख शम्भूप्रसाद तिवारी बताउँछन् । ‘अहिले डोटीको सबैतिरको जंगलमा डढेलो सल्केको छ,’ उनले भने,‘डढेलोकै कारण अहिले यहाँको जम्मा क्षेत्रफलको ५० प्रतिशत भूभाग सखाप भइसकेको छ ।’ डोटीमा डढेलो लाग्नुको प्राकृतिक कारण नभई भौतिक कारण रहेको उनी बताउँछन् । ‘यहाँ चट्याङले डढेलो सल्केको नभई आम उपभोक्ताले नै जानी जानी डढेलो सल्काएका छन्,’ उनले भने,‘आम उपभोक्ता जंगलमा आगो लगाउँदा त्यसले नयाँ पालुवा पलाउने र घाँस काट्न सजिलो हुने भन्ने गलत मानसिकताका कारण त्यसो गर्दै आएका छन् ।’ सल्लाघारीमा सल्लो पीरले मानिस हिँड्दा भिरमा लड्ने, गाई गोरु लड्ने भएकाले त्यस्तो ठाउँमा आगजनी गर्ने गरेको पनि उनी बताउँछन् । ‘सल्ली पीरमा चिप्लेर मानिसको मृत्यु हुने भयले पनि यहाँका आम उपभोक्ता वन जंगलमा डढेलो लगाउने गरेका छन्,’ उनले भने,‘त्यसलाई रोक्न हामीले जनचेतनामूलक सामग्री यहाँका एफएम रेडियोमार्फत् सार्वजनिक गरेका छौँ, तर पनि केही भएको छैन ।’      

डढेलोले दुई जनाको मृत्यु !

सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण गर्न जाँदा सुदूरपश्चिममा दुई जना उपभोक्ताले ज्यान गुमाएका छन् । डोटीको शिखर नगरपालिका वडा नम्बर ८ का स्थानीय खडकबहादुर भुलको आफ्नो सामुदायिक वनमा लागेको डढेलो निभाउन जाँदा जलेर मृत्यु भएको छ । त्यस्तै बाजुराको बडिमालिका नगरपालिका–३, स्थित घटाल सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणका लागि खटिएकी स्थानीय उपभोक्ता थोपी खड्काको पनि जलेर मृत्यु भएको प्रदेश वन निर्देशनालय धनगढीले जनाएको छ । उनीहरुको परिवारलाई सम्बन्धित डिभिजन वन कार्यालयमार्फत् केही राहत दिन निर्देशन भएको बताउँदै प्रदेश वन निर्देशक बिष्टले भने,‘हामीले केही राहत दिन्छौँ, त्यसपछि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बनेको दैवीप्रकोप उद्धार कोषबाट पनि सम्बन्धित पक्षलाई सहयोग दिइन्छ ।’  
अर्को समाचार
महोत्तरीमा डढेलोले सखाप हुँदै वन
१७ फागुन २०७९
•
२ मिनेट पाठ
महोत्तरीमा डढेलोले सखाप हुँदै वन
मध्य फागुनमै महोत्तरीको वन क्षेत्रमा जताततै डढेलो लागेको छ। डढेलोबाट ससाना बिरुवा नष्ट हुन थालेका छन्। यसपालि हिउँदभरि पानी नपरेकाले डढेलो चाँडै फैलने खतरा छ।  बर्दिबास र गौशाला नगरपालिका क्षेत्रका राष्ट्रिय वन (सामुदायिक वन), साझेदारी वन, धार्मिक वन र सागरनाथ वन विकास परियोजनाका प्लटमा तथा पूर्वपश्चिम राजमार्ग वरपरका वन क्षेत्रमा धुँवाको मुस्लो जताततै देखिन्छ।




बर्दिबास नगर क्षेत्रभित्र चार सबडिभिजन कार्यालय (बाँके, टुटेश्वर, गणन्ता र गौरीडाँडा) छन्। यहाँ सशस्त्र वन सुरक्षा कार्यालय पनि छ। यसबाहेक सागरनाथ वन विकास परियोजनाको कार्यालय र पोष्ट पनि  छन्। बर्दिबास-५ टुटेश्वरका बुद्धिराज काफ्ले भन्छन्, ‘डढेलो लगाउनेहरू कहिल्यै समातिएनन्।’

डढेलो बस्तीमै आइपुग्ने चिन्ताले राम्ररी सुत्न नसकेको उनको भनाइ छ।

डढेलोका साथै वन क्षेत्रमा सुरक्षा गस्ती नगर्दा रुखका लाथ्रा काट्ने क्रम ह्वात्तै बढेको छ। साझेदारी वनका समिति र कार्यालय एवं सामुदायिक वन उपभोक्ता समिति पनि वन सम्पदा सुरक्षामा नभई उपभोगमा मात्र लागेका गुनासो छ। उनीहरूको उदासीनताले वन उजाड हुँदै गएको गौशाला–१० लक्ष्मीनियाँका लक्ष्मीप्रसाद महतो बताउँछन्।

‘दिनदिनै डढेलोले वन खरानी हुँदै छ’, उनले भने। वन कर्मचारीको उदासिनताले वन सखाप भइरहेको उनको भनाइ छ। डढेलो लगाए नयाँ घाँस पलाउने विश्वासले वनमा डढेलो लगाउने गरेको पाइन्छ। गोठालाले बढीजसो डढेलो लगाउने गरेका पाइएको छ। जिल्लाको वन क्षेत्र मासिने क्रम बढेको छ।

जिल्लामा राष्ट्रिय वन, सामुदायिक, साझेदारी, धार्मिक र सागरनाथ वन विकास परियोजनाको समेत गरी २४ हजार चार सय ६५ हेक्टर क्षेत्रफलमा वन रहेको डिभिजन वन कार्यालयले जनाएको छ। पर्याप्त जनशक्ति नहुँदा सबै क्षेत्रमा सघन गस्ती गराउन नसकिएको कर्मचारी बताउँछन्। डढेलो नियन्त्रणमा सर्वसाधारणको सहयोग आवश्यक भएको गणन्ता सबडिभिजन वन कार्यालय बर्दिबास–५ माइस्थानका कार्यालय प्रमुख सहायक वन अधिकृत रामसुन्दर साह बताउँछन्।

वन क्षेत्रको नियमित गस्ती र कारबाही प्रक्रिया दुरुस्त गर्न वन सुरक्षा र जिल्लास्थित अन्य सुरक्षा निकायको समन्वयमा संयुक्त टोली बनाइएको  सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए। ‘वन क्षेत्रभित्र सशस्त्र प्रहरी र नेपाल प्रहरीका पोष्टसमेत छन्, यी सबैको संयुक्त गस्ती बढाइनुपर्छ’, उनले भने। रासस
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस