वायु प्रदूषणले आँखाका बिरामी बढ्दै
२५ चैत्र २०७७
•
२ मिनेट पाठ
वायु प्रदूषणले आँखाका बिरामी बढ्दै
वायु प्रदूषणका कारण कञ्चनपुरका बासिन्दामा आँखा पोल्ने, चिलाउनेलगायतका समस्या देखा पर्न थालेको छ। स्वास्थ्यचौकी र अस्पतालमा अधिकांश बिरामी आँखाकै समस्या लिएर पुग्न थालेका छन्। झलारीस्थित स्वास्थ्यचौकीका अहेव लोकेन्द्र ऐरका अनुसार चार दिनदेखि दैनिक ३० देखि ५० बिरामी आँखाको समस्या लिएर उपचारका लागि पुग्न थालेका छन्। उपचारका लागि पुग्नेहरुले आँखा चिलाउने र पोल्नेलगायतका समस्या लिएर आउने गरेको उनले बताए।




'वायु प्रदूषण बढेपछि यस्तो समस्या देखिँदै आएको छ', उनले भने, 'विशेषगरी बालबालिका र ज्येष्ठ नागरिक यस्तो समस्या लिएर बढी पुग्न थालेका छन्।' वायु प्रदूषणको स्तर अत्यधिक मात्रामा बढेपछि बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्ति, मुटुरोगीलगायत अन्य दीर्घरोगी बढी प्रभावित हुन थालेका छन्।

वायु प्रदूषणबाट प्रभावित हुनसक्ने व्यक्तिलाई घर बाहिर नजान आग्रह गरिएको भीमदत्त नगरपालिकाका वातावरण शाखाका प्रमुख गणेश ठगुन्नाले बताए। वायु प्रदूषण बढेपछि सार्वजनिक सूचना नै जारी गरेर यसबारे आग्रह गरिएको उनले बताए। 'अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र जानैपर्ने अवस्थामा विशेष सावधानी अपनाई मास्क लगाउन भनेका छौँ', उनले भने, 'आगो बाल्दासमेत वायु प्रदूषण झन् बढ्ने भएकाले फोहर बाल्ने, गहुँखेतमा बाँकी रहेको भुसा तथा छाली जलाउनेजस्ता काम नगरिदिन भनेका छौं। धुलोधुवाँ उड्ने खालका पेशा, व्यवसाय निर्माण कार्य गर्दा धुँवाधुलो नउड्ने व्यवस्था मिलाउन हुनसमेत अनुरोध गरेका छौँ।'

रातिको समयमा हावाको तापक्रम घट्न गई वायु प्रदूषण जमिनको सतह नजिक बढी हुने भएकाले वातावरणीय अवस्थामा सुधार नहुञ्जेल बिहानीको समयमा घरबाहिर गएर शारीरिक व्यायाम, प्रातः भ्रमणलगायतका कार्यसमेत नगर्न भनिएको उनको भनाइ छ। प्रदूषणका कारण दिउँसै बादल लागेजस्तो देखिन थालेपछि स्थानीय तहले स्थानीय बासिन्दालाई सार्वजनिक सूचना जारी गरी सचेत पार्दै आएका छन्। रासस
अर्को समाचार
प्रदूषणले बढे आँखाका बिरामी
२१ चैत्र २०८१
•
३ मिनेट पाठ
प्रदूषणले बढे आँखाका बिरामी
वायु प्रदूषणले धुम्मिएको काठमाडौं। तस्बिर: दिपेश दर्शनधारी/नागरिक
काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्दै गएपछि आँखामा एलर्जीलगायत समस्या देखिन थालेको अस्पतालहरूले जनाएका छन्। बिपी कोइराला आँखा अस्पतालका अनुसार केही दिनयता अस्पतालमा आँखा चिलाउने, पोल्ने, थाकेको अनुभूति हुनेजस्ता समस्या लिएर उपचार गर्न आउने मानिसको संख्या बढेको छ। अस्पतालकी नेत्ररोग विशेषज्ञ डा. रन्जु सिटौलाले अस्पताल आउनेमध्ये १५ प्रतिशतमा प्रदूषणसँग सम्बन्धित समस्या देखिएका छन्। यो अस्पतालमा दैनिक पाँच सयजना आँखाका विरामी उपचारमा आउँछन्।




नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले पनि एक सातादेखि वायु प्रदूषणसँग सम्बन्धित बिरामी आउन थालेको जनाएको छ। अस्पतालका अनुसार बिरामीले आँखा पोल्ने, चिलाउने, पिरो हुने, आँखा खोलेर हेर्दा असहज हुने लगायत सिकायत गरेका छन्। यो अस्पतालमा उपचारका लागि आएका कुल बिरामीमध्ये १२ प्रतिशतमा यस्तो समस्या देखिएको छ। यस अस्पतालमा दैनिक सात सय बिरामी उपचारका लागि पुग्छन्।

आँखाका बिरामीमा सामान्य, मध्यमदेखि उच्च तहसम्मको समस्या देखिएको र सोहीअनुसारको उपचार गरिररहेको बिपी कोइराला आँखा अस्पतालकी  डा. सिटौलाले बताइन्। ‘कतिपय बिरामीलाई आँखा संक्रमण भएर पाक्न थालेपछि एन्टिबायोटिकसमेत दिन थालेका छौं,’ उनले भनिन्। आँखाका बिरामी चार दिनयता ह्वात्तै बढेको उनको भनाइ छ।

एलर्जीको समस्या लिएर आएका आँखाका बिरामी प्रदूषणसँग सम्बन्धित रहेको डा. सिटौलाको भनाइ छ। ‘प्रदूषणले आँखाको सतही भागमा असर पारेको छ,’ उनले भनिन्। रसायनयुक्त प्रदूषण आँखामा पसेपछि एलर्जी बढेको उनले बताइन्।

काठमाडौं उपत्यकासहित छिमेकी देशका प्रमुख सहरमा उच्च वायु प्रदूषणका कारण आँखाका बिरामी बढेको नेपाल आँखा अस्पतालका नेत्र विशेषज्ञ डा. इन्दुप्रसाद ढुंगेलले बताए।

उनका अनुसार यो मौसममा दुई प्रकारको प्रदूषणका कारण आँखामा एलर्जीजन्य समस्या बढेको हो। प्रदूषित वायुमा धुलोको दुई किसिमका कण हुन्छन्। एउटा माटोमै गएर टाँसिन्छ अर्को आँखा वा श्वासप्रश्वास नलीको माध्यमबाट शरीरभित्र प्रवेश गर्छ। जसका कारण आँखा र नाकमा एलर्जीको समस्या बढेको देखिन्छ। आँखा तथा नाकमा रासायनयुक्त कण र रुखबिरुवा फुल्दा खस्ने धुलोको कण प्रवेश गरेपछि एलर्जी हुन्छ।

चिकित्सकले पानी नपरुन्जेल वा प्रदूषण नघटुन्जेल एलर्जीलगायतका समस्या हुने भएकाले सतर्क हुन सुझाएका छन्। यस्तो वातावरणमा सकेसम्म घरबाहिर ननिस्कने, निस्कनै परेमा सवारीसाधनको प्रयोग गर्ने, आँखा छोप्ने खालको चस्मा लगाउनुपर्छ।

घरबाहिर गएर आएपछि सफा पानीले आँखा धुने र आँखामा एलर्जी भए चिकित्सकको सल्लाहबमोजिम आइड्रप या अन्य औषधि प्रयोग गर्न सकिन्छ। एलर्जीले आँखा पोलेमा आइसप्याकले पनि सेक्न सकिने चिकित्सक बताउँछन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा केही सातादेखि वायु प्रदूषण बढ्दा त्यसको असर जनस्वास्थ्यमा परेको जनाएको छ। जनस्वास्थ्य हितका लागि सूचना जारी गर्र्दै मन्त्रालयले सबैलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ।

विश्वको वायु गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स (एक्युआई) सूचकांकअनुसार केही दिनदेखि नेपाल अत्यधिक प्रदूषित देशको सूचीमा परेको छ।  

एक्युआई मापनअनुसार शून्यदेखि ५० सम्म स्वच्छ, ५१ देखि एक सयसम्म सामान्य, एक सय एकदेखि एक सय ५० सम्म सम्भावित जोखिम, एक सय ५१ देखि दुई सयसम्म अस्वस्थकर, दुई सय एकदेखि तीन सयसम्म अत्यधिक अस्वस्थकर र तीन सय एकभन्दा माथि खतरनाक मानिन्छ। एक्युआई मापनअनुसार हाल काठमाडौंको वायु प्रदूषण खतरनाक तह  (तीन सय ४८) मा पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले वायु प्रदूषणका कारण दम, फोक्सोसम्बन्धी समस्या, आँखा, नाक, घाँटी र छालामा समस्या, हृदय रोग तथा दीर्घकालीन स्वास्थ्य समस्या देखिनसक्ने भएकाले संवेदनशील समूहमा पर्ने बालबालिका, वृद्धवृद्धा, गर्भवती दीर्घरोगीलाई विशेष सतर्कता अपनाउन सुझाएका छन्।

स्वास्थ्य मन्त्रालयले वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, यात्रा गर्दा अनिवार्य रूपमा मास्क र चश्मा लगाउन, अत्यधिक प्रदूषित क्षेत्रमा नजान, कुनै समस्या देखिए चिकित्सकको सम्पर्कमा जान सबैलाई अपिल गरेको छ।
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १० मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस