यातनापीडितको जीवनस्तर उकास्ने काम गर्न माग
२१ चैत्र २०७७
•
१ मिनेट पाठ
यातनापीडितको जीवनस्तर उकास्ने काम गर्न माग
यातनापीडित समाजकाे ज्ञापनपत्र बुझ्रदै प्रधानमन्त्री केपी शर्मा ओली। तस्बिर:नागरिक
यातनापीडित समाजले द्वन्द्वको समयमा यातना पाएकाहरूको पहिचानका लागि सरकारको ध्यानाकर्षण गराएको छ। समाजले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै द्वन्द्वको समयमा राज्य र विद्रोही पक्षले यातना दिएकाको खोजीका लागि सरकारको ध्यानाकर्षण गराएको हो।




साथै समाजले यातनापीडितको शारीरिक तथा मानसिक स्वास्थ्योपचार गर्दै उनीहरूका परिवारको जीविकोपार्जन र बालबालिकाको शिक्षादीक्षाको व्यवस्था गरिदिन माग गरेको छ। समाजले द्वन्द्वको समयमा यातना पाएका र धनजनको क्षति भएकाहरू प्रायः सबै ग्रामीण क्षेत्रका रहेको जनाउँदै उनीहरू राज्यको सहयोगबाट टाढा रहेको बताएको छ। उनीहरूको अवस्था अहिले पनि शारीरिक र मानसिक रूपमा विक्षिप्त भएर जिउन बाध्य भएको समाजका गण्डकी प्रदेश अध्यक्ष जयकृष्ण पोखरेलद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा उल्लेख छ।

द्वन्द्वको समयमा यातना पाएर पीडित बनेका कास्कीमा ३९ जना रहेको समाजले जनाएको छ। उनीहरूलाई राहतका लागि सिफारिस गरे पनि राहत भने नपाएको समाजका अध्यक्ष पोखरेलले जानकारी दिए। उनका अनुसार गण्डकी प्रदेशमा भने यातनापीडितको यकिन संख्या पत्ता लाग्न सकेको छैन। यातनापीडितको पहिचान र अवस्था कास्कीबाट पत्ता लगाउन सुरु गरिए पनि अन्य जिल्लामा पुग्न नसक्दा यकिन तथ्यांक लिन नसकिएको उनको भनाइ छ। ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले यातनापीडितको पहिचान र उनीहरूको अवस्था पत्ता लगाएर उनीहरूको अवस्था सुधारका लागि सरकार प्रतिबद्ध रहेको आश्वासन दिएको अध्यक्ष पोखरेलले जानकारी दिए। 
अर्को समाचार
वीरगञ्जमा खानेपानीको हाहाकार
०६ साउन २०८०
•
४ मिनेट पाठ
वीरगञ्जमा खानेपानीको हाहाकार
 वीरगञ्ज महानगरपालिका–१२ का लडुप्रसाद साहले बिहान करिब तीन घण्टाको संघर्षपछि बल्लतल्ल पाँच लिटर खानेपानी जोहो गर्न सके।




खानेपानीको खाली जार बोकेर बिहान ४ बजे घरबाट निस्केका साहले वीरगञ्ज बजारको मुख्य सडक र गल्लीमा जडान भएका ट्युबवेल तथा धारा चाहार्दै झन्डै पाँच किलोमिटर पैदल यात्रा गरेर बिहान ७ बजेसम्ममा बल्लतल्ल पाँच लिटर खानेपानी जम्मा पार्न सके।

‘लामो समयदेखि वर्षा नभएर घरमा जडान गरिएका ट्युबवेल सुकेर पानी आउनै छाडेको छ’, साह भन्छन्, ‘त्यसैले पानीको जोहो गर्न खाली जार बोकेर बिहानै ४ बजे घरबाट निस्के तर सडकछेउका अधिकांश ट्युबवेल सुकिसकेकाले थोरैथोरै पानी जम्मा गर्दैगर्दै घन्टाघरसम्ममा पाँच/छ लिटर पानी जोहो गर्न सकियो, जोहो गरिएको पानीले अहिले तत्काल केहीबेरका लागि त समस्या टर्‍यो, तर दिनभरि कसरी चलाउने भन्ने चिन्तामा छौं।’

आफ्नो पाँच जनाको परिवारलाई दैनिक कम्तीमा एक सयदेखि एक सय ५० लिटर पानी चाहिने उनी सुनाउँछन्। उनी भन्छन्, ‘संघर्ष गरेर जोहो गरिएको पाँच/छ लिटर पानीले खाना पकाउन त सकिन्छ तर के पिउने, भाँडा केले धुने र कसरी नुहाउने भन्ने समस्यामा छौं।’

बिहानै ५ बजे उठेर नुहाइधुवाइ गरेर नियमित पूजाआजा गरी मात्र दैनिक काममा निस्किने वीरगञ्ज-६ का राजेश गुप्ता पानी अभावमा ननुहाएको चार दिन भइसक्यो। ‘घरमा खानेपानीका लागि जडान गरिएको ट्युबवेलबाट पानी आउनै छाडिएको छ’, मिनाबजारमा पसल सञ्चालन गर्दै आएका गुप्ता भन्छन्,‘घरको ट्युबवेल सुकेर पानी आउन छाडेकाले छिमेकीको घरमा जडान भएको खानेपानी धाराबाट पानी ल्याएर पिउने गरेका छौं।’

पर्याप्त पानी नभएकाले तीन/चार दिनदेखि नुहाउन नपाएको उनको दुखेसो छ। परिवारका १० सदस्यका लागि दैनिक खाना पकाउने वीरगञ्ज-१४ भिस्वाका सुमित्रादेवीलाई घरमा खानेपानी नहुँदा समस्या भएको छ।

‘खाना पकाउन पानी चाहिन्छ तर ट्युबवलेमा पानी आउँदैन’, सुमित्रादेवीले भनिन्, ‘यस्तो अवस्थामा खाना कसरी बनाउने र भाँडाकुँडा कसरी धुन्ने भन्ने चिन्ताले पिरोलिरहेको छ।’

गर्मी मौसमका समयमा खानेपानीको समस्या बर्सेनि हुने गरे पनि अहिलेको जस्तो खानेपानीको हाहाकार कहिले नदेखिएको स्थानीय ७५ वर्षीय शंकर साह कलवारको भनाइ छ।

यो समस्या वीरगञ्जका लडु, राजेश, समित्रा वा शंकरको मात्र होइन वीरगञ्जका अधिकांशको समस्या हो। वीरगञ्जका अधिकांश क्षेत्रमा अहिले खानेपानीको हाहाकार भएको छ। लामो समयकाे खडेरीले पानीका मुहान सुक्न थालेपछि चापाकल लगायतका धारामा एकाएक पानी आउन छाडेको हो।

लगातार ४० देखि ४५ डिग्रीसम्मको गर्मीले पानीका मुहान सुक्दै जाँदा खानेपानीको समस्या भएको स्थानीयको भनाइ छ। वीरगञ्जको छपकैया, मिनाबजार, भिस्वा, नगवा, मुर्ली, तेजारथ टोल, प्रतिमा चोक, ब्रह्म चोक, भन्सार लगायतका क्षेत्रमा स्थानीयले खानेपानीका लागि आआफ्नो घरमा जडान गरेको चापाकल सुक्दै गएको छ।

बिहानदेखि साँझसम्म नै एकैनासले लागेको चर्को घामका कारण चापाकलको पानी नै सुकेर पानीको समस्या भएको वीरगञ्ज-१५ भिस्वाकी माया लामा बताउँछिन्। मानव जीवनमा पानीविना कुनै काम नै नहुने भन्दै पानीकै अभावले अहिले प्याकप्याक हुन थालेको उनको गुनासो छ।

अहिले टोल, संघ सस्था, विद्यालय, कलकारखानामा पानीको अभाव खड्किएको छ। लामो समयदेखिको खडेरीले पानीका मुहान सुक्न थाल्नुका साथै मोटर जल्ने तथा करेन्ट लाग्ने समेत हुन थालेको छ। महानगरमा खानेपानीको हाहाकार देखिएपछि महानगरपालिकाले वीरगञ्जका विभिन्न स्थानमा खानेपानीका लागि ट्यांकरबाटै पानी वितरण गरेको छ।

जमिनको सतहमुनिबाट पानी तानेर ट्यांकीमा पानी संकलन गरी वडाका बासिन्दालाई ट्यांकरबाटै पानी वितरण गर्दै आएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल बताउँछन्।

‘महानगरले दैनिक ट्यांकरबाटै पानी वितरण गर्दै आएका छौं’, उनी भन्छन्,‘महानगरभित्र खानेपानीको माग धेरै छ, हामीसँग पानी वितरण गर्ने ट्यांकर थोरै छ, भ्याएसम्म वडावडामा ट्यांकर पुगेर पानी बाँड्दै आएको छ।’

यसबाहेक खानेपानीको समस्या समाधानका लागि खानेपानी संस्थान र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयसँग पनि समन्वय भइरहेको प्रमुख प्रशासकीय अधिकृत पौडेलको भनाइ छ।

खानेपानीको समस्या दृष्टिगत गरी महानगरपालिकाले अनधिकृत रूपमा डिप बोरिङ जडान कार्य बन्द गर्न सूचना जारी गरेको छ।

‘पछिल्लो समय स्थानीयले अनधिकृत रूपमा डिपबोरिङ जडान गरिरहेको पाइएको छ’, उनी भन्छन्,‘लामो समयदेखि वर्षा नभएर जमिनमुनि पानीको सतह घट्दै गएको छ, यस्तो अवस्थामा जथाभावी डिप बोरिङ जडान गरिए अझ खानेपानीको समस्या बढ्न सक्छ, त्यसैले यस्तो नगर्न सूचना जारी गरेका छौं।’

अनुमतिविना जथाभावी रूपमा डिपबोरिङ जडान गर्ने कार्य भएको पाइएमा त्यस्तो कार्य गर्ने र गराउने दुवै पक्षलाई कारबाही गरिने उनको भनाइ छ।

नेपाल खानेपानी संस्थानका प्रमुख ई निरन महर्जनले वीरगञ्ज महानगर क्षेत्रभित्र देखिएको खानेपानीको समस्या मध्यनजर गरी महानगरका हरेक वडामा सार्वजनिक धारा जडान गर्ने योजना बनाइएको बताए।

‘हरेक वडामा सार्वजनिक धारा जडानका लागि महानगरपालिकासँग सम्झौता भएको छ’, प्रमुख महर्जनले भने, ‘यो सम्झौता अनुसार वडावडामा सार्वजनिक धारा जडानका लागि उपभोक्ता समिति गठन लगायतका प्रक्रिया सुरु गरिसकेका छौं।’ छिट्टै त्यो कार्य गर्छाैं र खानेपानी पुर्‍याउँछौं’, उनले भने।

वीरगञ्ज र यस आसपासका क्षेत्रमा केही दिन यता चापाकल सुकेर खानेपानीको समस्या भएपछि केही पर्सा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले सरकारको ध्यानाकर्षण गराएका थिए।

जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक समेत रहेका यादवले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमै भेटेर वीरगञ्जमा निम्तिएको खानेपानीको भयावह स्थितिबारे ध्यानाकर्षण गराएका थिए।
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock २ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस