कीर्तिपुर नगरपालिका ६ टौदहस्थित बागमती नदीको किनारामा रहेको पानी पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालककाे मृत्यु भएकाे छ। मृत्यु हुनेमा काठमाडौंको दक्षिणकाली नगरपालिका १ बस्ने ८ वर्षीय कृष्ण मगर र ११ वर्षीय प्रशान्त सुनुवार रहेका छन्।
सो घटनाबारे जानाकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २८ निलबाराही गणबाट सशस्त्र प्रहरी निरीक्षक जनकजंग भण्डारीको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त एपीएफ टोलीले उनीहरुको शव उक्त पोखरीबाट बाहिर निकालेको हो।