जन्मदिन या अन्य शुभकार्यमा उपहार दिन होस् या घर सजावटमै किन नहोस् हिजोआज गुडियाको बजारमा माग बढ्दो छ । धनगढीका बजारमा देखिने यिनै गुडिया बनाउँदै आएकी छिन् विशालनगरकी धर्मा सिंहले । उनले विगत तीन वर्षदेखि आफ्नै घरमा सिलाई मेसिन प्रयोग गरेर गुडिया बनाउन थालेकी हुन् । १२ वर्ष किराना पसल र दुई वर्ष कस्मेटिक पसल चलाएर गुजारा चलाउन मुस्किल भएपछि उनले व्यापारको तरिका फेरिन् ।
गुडिया किनेर खोलखाल पारिन् र पुनः त्यसलाई सिलाइन् । त्यहीबाटै उनलाई गुडिया बनाउने ‘आइडिया’ फुर्यो । एकपछि अर्को गर्दै गुडिया बनाउन थालिन् । अहिले उनले आधिकारिक रुपमै घरेलु कार्यालयमै दर्ता गरेर घरमै गुडिया बनाउने व्यवसाय सुरु गरिसकेकी छिन् । गायत्री गुडिया कुसन गिफ्ट उद्योगका नाममा अहिले उनी दैनिक ३ सय बढी डल बनाउँदै आएकी छिन् । ‘म सुदूरपश्चिम महोत्सवलाई लक्षित गर्दै हिजोआज दैनिक ३ सय बढी डल तयार पारिरहेकी छु,’ उनले भनिन् । उनले गुडिया बनाउने उद्योगमा स्थानीय एक महिलालाई पनि रोजगारी दिएकी छिन् । गुडियाको बजार राम्रो भएको र आफूले सामान ल्याउन बाहिर जानुपर्ने भएकाले एक जनालाई नियमितरुपमा मासिक तलब दिनेगरी रोजगारी पनि दिएको उनले बताइन् । ‘म आफूलाई गुडिया बनाउन भ्याइनभ्याई छ,’ उनले भनिन्,‘त्यसमा पनि गुडियाका सामान ल्याउन कहिले काठमाडौं जानुपर्ने भएकाले पनि यहाँ नियमित गुडिया बनाउन एक जना बहिनीलाई रोजगारी दिएकी छु ।’
गुडिया बनाएरै उनले अहिले छोरा र छोरी दुवैलाई स्नातकमा अध्ययन गराइरहेकी छिन् । ‘अहिले घरखर्च तथा छोराछोरीको पढाइ खर्च यही गुडिया भएको छ,’ उनले भनिन्,‘मेरो उत्पादन ग्राहकको रोजाइमा परेकाले पनि धनगढीमा सोचेभन्दा राम्रो बजार पाइएको छ ।’ उनले घरको एक कुनामा सिलाई कटाई गर्ने मेसिन, छेउमा विभिन्न प्रकारका गुडिया तथा कुसनले भरिएका थिए । बस्ने कोठा पनि गुडिया तथा कुसनले सजाइएका थिए । कुनामा विभिन्न रंगका कपडाको फर, गुडिया बनाउन आवश्यक पर्ने नमुना कागज पनि राखिएका थिए । ८० हजार रुपैयाँको लगानीमा सुरु गरेको उद्योगबाट अहिलेसम्म दुई लाख बढीको व्यवसाय छ उनको। धर्माले अहिले गुडियामा कुकुर, बाघ, जरायो, ठूलो तथा सानो पाण्डालगायतका गरी १५ प्रकारका गुडिया, लभ कुसन, गोलो कुसन, चार कुने कुसनलगायतका कुसनहरु बनाउने गरेको बताइन् । उनले चार कुने तथा लभ कुसन सोफा तथा बस्ने कुर्चीमा र गोलो कुसन मानिसले सुत्दा प्रयोग गर्न सकिने बताइन् । उनले कुसन तथा गुडिया बनाउन आवश्यक पर्ने फर, कपडा, बनोट तथा नमुनाहरु काठमाडौंबाट मगाउने गरेको बताइन् । उनको उद्योगमा न्यूनतम दुई सय रुपैया“देखि पा“च हजार रुपैयाँसम्म पर्ने गुडिया तथा कुसनहरु उत्पादन गरिएका छन् ।