मंगलबारदेखि सम्पर्कविहीन महोत्तरीको भंगहा नगरपालिका–८ धर्मपुरको पासवान टोलका सात जना किशोरीहरु भारतको सिमावर्ती जिल्ला सीतामढीमा भेटिएका छन्। रेल्वे स्टेसनबाट उनीहरूलाई त्यहाँको रेल्वे प्रहरीले उद्वार गरेको बताइएको छ।
रेल्वे स्टेसनमा किशोरीहरुले भारतीय प्रहरीलाई आफूहरु गायक ‘सिंगर’ बन्न भारत आएको बयान दिएका छन्। सीतामढी प्रहरीसँग किशोरीहरुले आफूहरु सिंगर बन्न आएको बयान दिएको महोत्तरी प्रहरीले जनाएको छ।
महोत्तरीबाट प्रहरीको टोली सीतामढी पुगेर आवश्यक प्रक्रिया पूरा गरी किशोरीहरुलाई ल्याउँदैछ महोत्तरी प्रहरी प्रमुख दिनेश आचार्यले भने,‘किशोरीहरुसँग सोधपुछ गरी तथ्या खोतल्ने प्रयास गर्छौ। किशोरीहरुको वयानकै आधारमा अनुसन्धान प्रक्रिया अघि बढ्छ। उनीहरूलाई त्यहाँको रेल्वे प्रहरीले नियन्त्रणमा राखेको बुझिएको छ। सातैजना किशोरीहरु चौरी क्षेत्रमा घाँस काट्न गएको र मंगलबार अबेर रातीसम्म घर नफर्केपछि परिवारजनले प्रहरीलाई जानकारी गराएका थिए। मंगलबार राती किशोरीहरुको परिवारबाट जानकारी पाएपछि खोजीमा प्रहरी परिचालन गरिएको थियो।
किशोरीहरु जलेश्वरबाट ४० किलोमिटरको दूरीमा रहेको भारतीय सहर सीतामढी कसरी पुगे? उनीहरुलाई सिंगर बनाई दिन्छु भनेर कसले भारत पुर्र्याए? यी विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ। हामीले दुई कोणबाट घटना अनुसन्धान गरिरहेका छौं। एउटा त उनीहरु आफैं कतै गए कि भन्ने छ। अर्को उनीहरुलाई बलजफ्ती वा ललाइफकाई कसैले लग्यो एसपी आचार्यले भने।
भेटिएका किशोरीहरु भंगहा नगरपालिका–८ पासवान टोलकै बद्री पासमानकी १८ वर्षीया छोरी अस्मिता पासमान, विष्णु पासमानकी १३ वर्षीया छोरी ज्योती पासमान, अरविन्द पासमानकी १२ वर्षीया छोरी अर्चना पासमान, विजय पासमानकी १४ वर्षीया छोरी रंजना पासमान, ज्ञानकुमार पासमानकी १५ वर्षीया छोरी रिया पासमान, कृष्ण पासमानकी १८ वर्षीया छोरी नगिना पासमान र देवनन्दन पासमानकी १० वर्षीया छोरी सिमा पासमान रहेका छन्।