जंगली जनावरभन्दा घरेलुहिंसा डरलाग्दो
१६ चैत्र २०७७
•
३ मिनेट पाठ
जंगली जनावरभन्दा घरेलुहिंसा डरलाग्दो
उनको  घर छ। घरमा श्रीमान छन्। साथमा छोराछोरी छन्। तर उनी खुल्ला आकाशमुनि रुखको ओतमा रात बिताउन बाध्य छिन्। रुकुम पश्चिम घर भएकी सिता(नाम परिवर्तन) लाई जंगली जनावरभन्दा पनि घरेलु हिंसाले बढी सताएँको छ। त्यसैले उनी कलिला सन्तानसंग खुल्ला अकाशमुनि काहालिलाग्दो रात बिताउन बाध्य छिन्।  




घरमा बसे श्रीमानको कुटाईसंगै किशोर अवस्थाकी छोरीको इज्जतसमेत दाउँमा लाग्ने देखेपछि उनी घर छाड्न बाध्य भएकी बताउँछिन्। ‘मेरो लागि घरभन्दा खुल्ला आकास नै सुक्षित लाग्छ ’, उनी भन्छिन्, ‘हरेक दिन रुखलाई घर बनाएर बाहिरै बस्न बाध्य छु।’  

सिताको कथा ग्रामिण भेगमा घट्ने गरेका घरेलुहिंसाको कहालीलाग्दो प्रतिनिधि घटना मात्र हो। यस्ता दर्दनाक पिडा खेपेर अहिले पनि थुप्रै महिला बस्न बाध्य छन्। रुकुम पश्चिम यहि फाल्गुन महिनाको महिला हिंसाको घटनालाई मात्र हेर्ने हो भने पनि स्थिती कति काहालिलाग्दो छ भन्ने प्रष्ट हुन्छ।  

महिलाको क्षेत्रमा काम गर्ने ओरेक रुकुमका जिल्ला संयोजक दिपा धितालले आफ्नो कार्यालयमा अभिलेखिकरण गरेका १ सय २६ तथा विभिन्न राष्ट्रिय पत्रपत्रिकाहरुबाट प्राप्त ४१ गरि जम्मा १६७ वटा लैङ्गिक विभेदमा आधारित हिंसाको तथ्याङ्क रहेको बताउँछिन्। जसमा घरेलु हिंसा, सामाजिक हिंसा, मानवबेचविखन, हत्या लागयतका रहेका छन्। 

ओरेकले अभिलेखीकरण गरेको तथ्याङ्कलाई विश्लेषण गर्दा फागुन महिनामा ७६ वटा (४६ प्रतिशत) घरेलु हिंसाको तथ्याङ्क छ। यसैगरी २९ वटा (१७ प्रतिशत) बलात्कारको घटना छ। जसमध्ये २७ वटा बलात्कार र २ वटा सामूहिक बलात्कारको घटना भएको पाइएको छ। त्यसैगरी २५ वटा (१५ प्रतिशत) सामाजिक हिंसाको घटना, १४ वटा (८ प्रतिशत) यौन दुव्र्यवहारको घटना त्यसैगरी ७ वटा (४ प्रतिशत) हत्याको घटना, ५ वटा (३ प्रतिशत) मानव बेचविखन जस्तो जधन्य अपराधको घटना छन्।  

त्यसैगरी ५ वटा (३ प्रतिशत) मध्ये ३ वटा अलपत्र अवस्थामा फेला परेका घटना र २ वटा विद्युतिय अपराधको घटना छन्। त्यसैगरी ३ वटा (२ प्रतिशत) बलात्कारको प्रयास, २ वटा (१ प्रतिशत) हत्याप्रयास र  १ वटा (१ प्रतिशत) आत्महत्याको तथ्याँक संकलन भएको छ।

त्यस्तै उमेरको आधारमा विश्लेषण गर्दा फागुन महिनामा मात्रै सबैभन्दा धेरै ४६ जना (२८ प्रतिशत) १७ देखि २५ वर्ष उमेर समूहका किशोरी र युवा महिलाहरु बढी हिंसाको जोखिममा रहेको पाइएको छ। त्यसैगरी हिंसामा पर्ने सबै भन्दा बढी ४६ जना (२८ प्रतिशत) २६ देखि ३५ वर्ष उमेर समूहका महिलाहरु रहेका छन्।

यसैगरी ३१ जना (१९ प्रतिशत) १६ वर्षभन्दा कम उमेरका बालिका तथा किशोरीहरु, २५ जना (१५ प्रतिशत) ३६ देखि ४५ वर्ष उमेर समूहका महिलाहरु, त्यस्तै ८ जना (५ प्रतिशत) उमेर समूह थाहा नभएका किशोरी तथा महिलाहरु रहेका छन्। त्यसैगरी ६ जना (४ प्रतिशत) ४६ देखि ५५ उमेर समूहका महिलाहरु प्रभावित रहेका छन् भने ५ जना (३ प्रतिशत) ५६ वर्षभन्दामाथि उमेर समूहका महिलाहरु रहेका छन्।

प्रभावित र आरोपितको सम्बन्धलाई बिश्लेषण गर्दा फागुन महिनामा सबैभन्दा बढी ६४ वटा (३८ प्रतिशत) हिंसा श्रीमानबाट भएको छ भने ३८ वटा (२३ प्रतिशत) हिंसाको घटना छिमेकीबाट भएको छ, २७ वटा (१६ प्रतिशत) परिवारका सदस्यवाट भएको छ। त्यसै गरी १६ वटा (१० प्रतिशत) हिंसा प्रेमिबाट, ९ वटा (५ प्रतिशत) अपरिचित व्यक्तिबाट त्यसैगरी ४ वटा (२ प्रतिशत) साथिबाट, ३ वटा (२ प्रतिशत) सेवा प्रदायकबाट, ३ वटा (२ प्रतिशत) शिक्षकबाट र ३ वटा (२ प्रतिशत) हिंसा अविवाहित तर सँगै बसेका पुरुषबाट भएको पाईएको छ।

यस्तै, हिंसामा संलग्न पुरुषहरुको उमेरको विश्लेषण गर्दा सबैभन्दा धेरै २६ देखि ३५ वर्ष उमेर समुहका ४८ जना (२९ प्रतिशत) युवाहरु रहेका छन्। यसैगरी ३८ जना (२३ प्रतिशत) १७ देखि २५ बर्ष उमेर समुहकायुवाहरु छन। त्यस्तै २७जना (१६ प्रतिशत) उमेर समुह थाहा नभएका युवा तथा पुरुषहरु, २१ जना (१३ प्रतिशत) ३६ देखि ४५ वर्ष उमेर समुहका युवाहरु रहेका छन्, भने १९ जना (११ प्रतिशत) ४६ देखि ५५ वर्ष उमेर समुहका पुरुषहरु, ८ जना (५ प्रतिशत) ५६ वर्ष भन्दा माथिका पुरुषहरु र ६ जना (४ प्रतिशत) १६ वर्ष मुनिका किशोरहरु हिंसामा संलग्नभएको तथ्याङ्क पाइएको छ।

‘जिल्लाको तथ्याङ्ककलाई आधार मान्दा अघिल्लो महिनामाझैं महिलाहरु आफ्नो घरमा नै बढी हिंसाको जोखिममा रहेको पाइएको छ’, ‘ओरेक रुकुमका जिल्ला संयोजक दिपा धिताल  सुनाउछिन्, ‘ यसले समाज परिवर्तनमा लाग्नुपर्ने युवाहरु नै हिंसामा संलग्न भइदिँदा समाज परिवर्तनसंगै देशको विकासमा बाधा पु¥याउने देखिन्छ। ’  

३५ वर्ष भन्दा कम उमेर समुहका बालिका, किशोरी तथा महिलाहरु हिंसाबाट प्रभावित रहेको र १७ देखि ३५ वर्ष उमेर समुहकायुवाहरु हिंसाको प्रमुख जिम्मेबार भएको पाइएको उनी बताउछिन्।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
यो पनि पढौँ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस