राष्ट्रिय जनगणना २०७८ वैशाख २६ गतेदेखि
१३ चैत्र २०७७
•
२ मिनेट पाठ
राष्ट्रिय जनगणना २०७८ वैशाख २६ गतेदेखि
कार्यक्रममा बोल्दै केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक डिल्लीराज जोशी ।
प्रत्येक दस-दस वर्षमा हुने राष्ट्रिय जनगणना आगामी वैशाख २०७८ बैशाख २६ गतेदेखि सुरु हुने भएको छ। यो पटक दुई चरणमा जनगणना हुने केन्द्रीय तथ्यांक विभागले जनाएको छ।  




राष्ट्रिय जनगणना २०७८ मा तथ्यांक संकलनको कार्य पहिलो चरण २०७८ वैशाख २६ गतेदेखि जेठ १४ सम्म जम्मा २० दिन र दोश्रो चरण २०७८ जेठ २५ गतेदेखि असार ८ गतेसम्म जम्मा १५ दिन हुने केन्द्रीय तथ्यांक विभागले जानकारी गराएको छ।  

केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक डिल्लीराज जोशीले तथ्यांक संकलनको क्रममा सुपरिवेक्षकहरुबाट प्रत्येक व्यक्तिको घरदैलोमा पुगी घर तथा घरपरिवार सूचीकरण फाराममार्फत् घर र घरसम्बन्धी विवरण, परिवारमा अक्सर बसोबास गरेको परिवारका सदस्य संख्या, परिवारको कृषि सम्बन्धी, ऋण, बैंक खाता, सरकारी अनुदान घर निर्माण, व्यवसायिक तालिम सम्बन्धी विवरण संकलन गर्ने जनाए। 

साथै गणकहरुबाट प्रत्येक घरपरिवारमा पुगी मुख्य प्रश्नावली फारममार्फत् घरपरिवार तथा व्यक्तिको जनसांख्यिक तथा अन्य विवरणहरु संकलन गरिने उपमहानिर्देशक जोशीले जनाए। साथै सुपरिवेक्षणबाट वडास्तरीय सामुदायिक प्रश्नावलीमार्फत् वडाको आधारभूत श्रोत, साधन, क्षमता र पूर्वाधार सम्बन्धी विवरणहरु संकलन गरिने उपमहानिर्देशक जोशीले जनाए। कोही नछुटून्, कोही नदोहोरिउँन् भन्ने मुख्य आशय जनगणनाको रहेको उनले बताए। उनले तीनवटा छुटाछुटै प्रश्नावलीको फारमसहित पहिलो पटक देशभरका सात सय ५३ वटा स्थानीय निकायसहित देशभरको जनगणना हुन लागेको जनाए।  

जिल्ला जनगणना कार्यालय भक्तपुरले राष्ट्रिय जनगणना २०७८ विषयमा पत्रकारहरुसँंग गरेको अन्तरक्रिया कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला जनगणना समन्वय समितिका संयोजक प्रेमप्रसाद भटराईले संघीय संरचनापछिको पहिलो राष्ट्रिय जनगणना ऐतिहासिक हुने बताए। जिल्ला जनगणना कार्यायल भक्तपुरका प्रमुख पृथ्विजयराज सिजापतिले घरपरिवारमा गई विवरण संकलन गर्ने कार्य दुई चरणमा गर्ने कार्यक्रम रहेकोमा पहिलो चरणमा घरपरिवारको सूचीकरण कार्य गर्न देशभरि आठ हजार जना सुपरिवेक्षक कर्मचारी २०७८ वैशाख २६ गतेदेखि जेठ १४ सम्म २० कार्यदिनको लागि खटाउने कार्यक्रममा भक्तपुर जिल्लामा करिव एक सय जना सुपरिवेक्षक घरपरिवार सूचीकरण कार्यमा खटाइने जनाए।  

जनसंख्या व्यवस्थापनका लागि आवश्यक आवश्यक आवधिक जनसांख्यिक तथ्यांक उपलब्ध गराउने, जनसंख्याको प्रबृति र विशेषताहरुको बारेमा जानकारी गराउने तथा लोककल्याणको लागि नीति योजना तथा कार्यक्रम तर्जुमा गर्न जनसांख्यिक तथ्यांक तथा सूचक उपलव्ध गराउने उद्देश्यका साथ प्रत्येक दस-दस वर्षमा एकचोटी राष्ट्रिय जनगणना गर्ने व्यवस्था छ।  

नेपालमा विक्रम संवत १९६८ देखि जनगणना गर्ने काम सुरु भएको हो। विक्रम संवत २०७८ को राष्ट्रिय जनगणना नेपालको १२ औं र विक्रम संवत २०७२ मा जारी भएको नेपालको संविधान बमोजिमको संघीय प्रणालीको पहिलो जनगणना हो।
अर्को समाचार
जनगणना वैशाख २६ गतेदेखि
१४ चैत्र २०७७
•
१ मिनेट पाठ
जनगणना वैशाख २६ गतेदेखि
प्रत्येक १० वर्षमा गरिने राष्ट्रिय जनगणना २०७८ वैशाख २६ गतेदेखि सुरु हुने भएको छ। यो पटक दुई चरणमा जनगणना हुने केन्द्रीय तथ्यांक विभागले जनाएको छ। जनगणनामा तथ्याक संकलनको कार्य पहिलो चरण २०७८ वैशाख २६ गतेदेखि जेठ १४ सम्म जम्मा २० दिन र दोस्रो चरण जेठ २५ देखि असार ८ गतेसम्म जम्मा १५ दिन हुने विभागले जानकारी गराएको हो।




विभागका उपमहानिर्देशक डिल्लीराज जोशीले तथ्यांक संकलनको क्रममा सुपरिवेक्षकबाट प्रत्येक व्यक्तिको घरदैलोमा पुगी घर तथा घरपरिवार सूचीकरण फाराममार्फत घर र घरसम्बन्धी विवरण, परिवारमा अक्सर बसोबास गरेको परिवारका सदस्य संख्या, परिवारको कृषिसम्बन्धी, ऋण, बैंक खाता, सरकारी अनुदानमा घर निर्माण र व्यावसायिक तालिमसम्बन्धी विवरण संकलन गर्ने जनाए। साथै गणकहरूबाट प्रत्येक घरपरिवारमा पुगी मुख्य प्रश्नावली फाराममार्फत घरपरिवार तथा व्यक्तिको जनसांख्यिक तथा अन्य विवरण संकलन गरिने उपमहानिर्देशक जोशीले जनाए। 

साथै सुपरिवेक्षणबाट वडास्तरीय सामुदायिक प्रश्नावलीमार्फत वडाको आधारभूत स्रोत, साधन, क्षमता र पूर्वाधारसम्बन्धी विवरण संकलन गरिने उपमहानिर्देशक जोशीले जनाए। कोही नछुटून्, कोही नदोहोरिऊन् भन्ने मुख्य आशय जनगणनाको रहेको उनले बताए। उनले तीनवटा छुट्टाछुट्टै प्रश्नावलीको फारामसहित पहिलो पटक देशभरका ७ सय ५३ वटा स्थानीय तहसहित देशभरको जनगणना हुन लागेको जनाए।

जनसंख्या व्यवस्थापनका लागि आवश्यक आवधिक जनसांख्यिक तथ्यांक उपलब्ध गराउने, जनसंख्याको प्रवृत्ति र विशेषताबारे जानकारी गराउने तथा लोककल्याणका लागि नीतियोजना तथा कार्यक्रम तर्जुमा गर्न जनसांख्यिक तथ्यांक तथा सूचक उपलब्ध गराउने उद्देश्यका साथ प्रत्येक १०/१० वर्षमा एकचोटि राष्ट्रिय जनगणना गर्ने व्यवस्था छ।

नेपालमा १९६८ सालदेखि जनगणना गर्ने काम सुरु भएको हो। २०७८ सालको राष्ट्रिय जनगणना नेपालको १२औं र २०७२ सालमा जारी भएको नेपालको संविधानबमोजिम संघीय प्रणालीको पहिलो जनगणना हो।
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २९ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस