अभिभावकविहीन बालबालिकाको कारुणिक कथा
१२ चैत्र २०७७
•
४ मिनेट पाठ
अभिभावकविहीन बालबालिकाको कारुणिक कथा
पर्वतको जलजला गाउँपालिका–२ गौराटोलकी ईशा पाख्रिनकी आमा सपनाले सुटुक्क दोस्रो विवाह गरिन्। राति सँगै एउटै बिस्तारामा सुतेकी आमाले छोडेर गएको तीन वर्ष बितिसक्यो। आमाको काखमा गुटमुटिने ईशा जन्मदिने बुबालाई समेत चिन्दिनन्। ज्याला मजदुरीका लागि पूर्वी नेपालबाट आएका बुबाले आमालाई छोड्दा उनी १ वर्षकी थिइन्। काम खोज्न जान्छु भन्दै पति बेपत्ता भएपछि सपनाले समेत चटक्कै छाडेर गएपछि उनी अलपत्र परिन्। आफन्तको घरमा आलोपालो बस्दै आएकी ईशाको मार्मिक कथाले सबैका आँखा रसाउँछन्।  




एकाबिहानै उठ्ने, नियमित घरायसी काम गर्ने, खाना पकाउने, सानोबुबाका छोराछोरीलाई सघाउने र फुर्सदको समयमा पढ्ने गरेकी ईशा विद्यालयमा मेहनती, लगनशील र इमानदार विद्यार्थीको रूपमा चिनिन्छन्। अझै पनि ईशाको आँखामा आँसु टिलपिल–टिलपिल गरिरहन्छ। जन्मदिने आमाबुबाले छाडेर गएका र सानोबुबा कमल बोहोराले आश्रय दिएपछि घरनजिकै रहेको समाज कल्याण आधारभूत विद्यालयको कक्षा ५ मा पढ्छिन् उनी।  

विद्यालयभित्र रहेका करिब १ सय विद्यार्थीमा उनको उपस्थिति फरक छ। नियमित विद्यालय आउने, थकित अवस्थामा पनि पढाइमा सक्रियता देखाउने र साथीसँग हँसिलो अनुहारमा घुलमिल हुने गरेकी ईशा साथीहरूले आमाबुबाको कुरा गर्दा भक्कानिन्छिन्। उमेरले ११ वर्ष टेकेकी ईशाले बल्ल आफू अभिभावकविहीन भएको महसुस गर्न थालेकी छिन्। एउटै घरमा बस्ने भाइबहिनी निजी विद्यालयमा जाँदा उनको मन चसक्क दुख्छ।  

सामुदायिक र निजी विद्यालयको शिक्षाभन्दा पनि आमाबुबा नभएकैले सरकारी विद्यालयमा आएको भन्ने महसुस गर्न थालेकी ईशाले विद्यालयभित्रको मायाले अभिभावक बिर्सिने प्रयास गर्छिन्। विद्यालयमा हुने कार्यक्रममा साथीहरू आमाबुबासँगै आउँदा उनको अनुहारमा कालो बादल मडारिएजस्तै हुन्छ। हरेक दिन अभिभावक विद्यालयमा खाजा पुर्‍याउन आउने गरेको अवस्थामा अभिभावकले पनि उनलाई माया गर्छन्।  

आइतबार विद्यालयमा आयोजित एक कार्यक्रममा उनको आँखामा टिलपिल आँसु भरिएको थियो। आमाबुबाबारे बुझ्न खोज्दा सबैभन्दा पहिलो उनको आँसु झर्छ, लामो समयसम्म रुँदा उनलाई सम्हाल्ने साथी पनि भावुक हुन्छन्। अभिभावकविहीन भएकालाई स्थानीय युवा नवीन जिसीले आफ्नो जन्मदिनको अवसरमा सहयोगको घोषणा गर्दा आँखामा टिलपिल आँसु भए पनि ईशा हाँस्दा आँसु पनि हाँसेरै टल्कियो। ‘ईशा विद्यालयकै नमुना विद्यार्थी हुन्, आमाबुबाले छाडेर गएपछि बिचल्लीमा परेकी छन्,’ प्रअ डम्बरबहादुर घर्ती क्षत्रीले भने। उनले भविष्यमा शिक्षक बन्ने भन्दै कक्षामा समेत अगाडि गएर पढाउने, शिक्षकलाई सघाउने गरेको समेत प्रअ क्षत्रीको भनाइ छ। उनको जन्मदिन शिक्षकले मनाइदिने गरेका छन्। शिक्षकको सहयोगले केही राहत पुगे पनि क्षमताअनुसार पढाइका लागि उचित वातावरण नभएकाले सहयोगी हातको खोजीमा रहेको प्रअ क्षत्रीले बताए। आमाले छोडेपछि बिचल्ली अवस्थामा उद्वार गरिएकी ईशा कक्षा २ मा भर्ना भएकी थिइन्। हाल उनी कक्षामा उत्कृष्ट ५ विद्यार्थीमा पर्ने विद्यालयले जनाएको छ।  

शिक्षादीक्षामा समस्या

पर्वतको जलजला गाउँपालिका–२ गौराटोलमा अवस्थित समाज कल्याण आधारभूत विद्यालयमा कक्षा १ मा पढ्ने आशा परियारकी आमाले दोस्रो विवाह गरिन्। आमाले दोस्रो विवाह गरेपछि घरमा बुबाले अर्की आमा ल्याएसँगै उनले उचित हेरचाह र पढ्ने वातावरण पाइनन्। नौ महिना कोखमा बास गराएर संसार देखाउने आमाले नै साथ छोडेपछि उनले बुबाको पनि माया पाउन सकिनन्।  

अहिले मामाघरमा बसेर विद्यालय जाने गरेकी छन्। आशा जस्तै सोही विद्यालयमा कक्षा ४ मा अध्ययनरत आस्था परियारको समस्या पनि उस्तै छ। आमाबुबाले दोस्रो विवाह गर्दा उनी पनि अर्की मामाको निशानामा परिन् र घर छाडेर आफन्तकोमा बस्न बाध्य भइन्। जलजला–२ रातढुंगाका विवश परियार कक्षा ४ मा अध्ययनरत छन्। विवशका बुबाको मानसिक सन्तुलन गुमेपछि आमाले दोस्रो विवाह गरिन्। बेनी नगरपालिका–५ पुलाचौरकी शनिशा परियारका बुवा सिकिस्त बिरामी छन्। बुबा लगातार बिरामी हुन थालेपछि आमाले दिनुपर्ने साथ र सहयोगको विकल्पमा उनले पनि दोस्रो विवाह रोजिन्। अहिले घरमा बुवा बिरामी छन्। खानेबस्ने र पढ्ने वातावरण नभएपछि उनी ठूली आमाको घरमा बसेर विद्यालय जाने गरेकी छन्। अभिभावकविहीन ५ बालबालिकाको बिजोक रहेको बताए। ‘उनीहरूलाई पढ्न वर्षभरि आवश्यक पर्ने सामग्रीकै अभाव छ, सबै आफन्तको घरमा बसेका छन्, आफन्तको आर्थिक अवस्था पनि निकै नाजुक छ,’ वडाध्यक्ष गोविन्द खत्रीले भने।  

सानै उमेरमा अभिभावक गुमाएका बालबालिकालाई नियमित विद्यालय आउन समस्या हुने गरेको बताए। दलित बस्तीका बालबालिकाको अवस्था नाजुक भएकाले विभिन्न माध्यमबाट सहयोग गरेको बताए। अत्यन्त गरिब परिवारका बालबालिकालाई अभिभावकले छोडेर गएपछि शिक्षादीक्षामा ठूलो संकट परेको छ। शैक्षिक सामग्रीदेखि ओढ्ने–ओच्छ्याउने लुगा, अगेनामा पाक्ने खाद्यान्नसमेत नभएको अवस्थामा भोकभोकै आउन बाध्य विद्यार्थीलाई सहयोग जुटाउने अभियान सुरु भएको स्थानीय युवा नवीन जिसी र रविन जिसीले बताए।
अर्को समाचार
अभिभावकविहीनका अभिभावक मेयर दुर्गा
०९ माघ २०७८
•
५ मिनेट पाठ
अभिभावकविहीनका अभिभावक मेयर दुर्गा
प्रदेश ५ को बर्दिया जिल्लाका बारबर्दिया नगरपालिकाका मेयर दुर्गाबहादुर थारु नगरप्रमुखको कुर्सी सम्हाले लगत्तै अभिभावकविहीन बालबालिकाको अभिभावक बनेका छन्।




गरिबी र अभिभावकविहीनतालाई नजिकबाट नियालेका उनी अभिभावकविहीन भएकै कारण अरु कोही बालबालिकाले गरिबी र अशिक्षाको अवस्थाबाट गुज्रन नपरोस भन्ने उद्देश्यका साथ मेयर थारुले आफ्नो नगरपालिकाभित्र अभिभावकविहीन बालबालिकाहरुको लागि आवास गृहसहितको बाल संरक्षण केन्द्रको व्यवस्था गरेका छन्।

अभिभावकविहीन बालबालिकाको अभिभावक सरकार भन्ने लक्ष्यसहित मेयर थारुले जनतासँग मेयर कार्यक्रम अन्तर्गत बाल संरक्षण केन्द्रको स्थापना गरेका हुन्।  

बारबर्दिया नगरपालिका वडा नम्बर ११ को बेलभारमा स्थापित यस संरक्षण केन्द्रमा अभिभावकविहीन २२ बालबालिका बस्दै आएका छन्।

सानैमा आमा गुमाएका र कक्षा ९ मा पढ्दापढ्दै बाबु गुमाएका मेयर थारुलाई अभिभावकविहीन भएका बालबालिकाहरुको अवस्थाबारे राम्ररी थाहा छ। अवस्था बुझेरै उनले आफू मेयरको सपथ ग्रहण गर्दा पहिलो फाइलनै अभिभावकविहीन बालाबलिकाको लागि बाल संरक्षण केन्द्र स्थापना गर्नेमा हस्ताक्षर गरी कामको थालनी गरेको उनी सुनाउँछन्।  

संरक्षण केन्द्र पुग्दा बालबालिकाहरु निकै खुसी थिए। साँझको समय चिसो मौसममा सबै साथै बसेर आगो तापिरहेका भेटिए। खाना खाँदा पनि एकले अर्कोलाई पुग नपुग ख्याल गर्ने संस्कार बालबालिकामा देखियो।  

केन्द्रमा भेटिएकी संझना चौधरी १४ वर्षकी भइन्। अभिभावकविहीन उनले तीन वर्षअघि यस संरक्षण केन्द्रमा आएपछि बल्ल जिवन अलि सहज बनेको अनुभव सुनाइन्। ‘ममी बुवा हुनुहुन्न। आफन्तका केही दिन बसे एक छाक खान पनि मुस्किल थियो,’ पुलिस बन्ने सपना बोकेकी संझनाले नागरिकसँग भनिन्, ‘बाल संरक्षण केन्द्रमा आएपछि मैले आफूलाई सुरक्षित ठानेकी छु। पढाइ पनि अघि बढाएकी छु। साथीभाईको सहयोग र मेयर सरले दशैं, माघि लगाएतका सबे त्यौहार हामीसँगै मनाउनु हुन्छ। यसले हामीलाई सुरक्षित पारिवारिक वातावरणको अनुभव दिएको छ।’

राजकुमार थारु पनि केही दिन अघि मात्र यस बाल संरक्षण केन्द्रमा आएका हुन्। आमाबुवाविहीन भएका उनी पढाइमा भने अब्बल छन्। अरुको घरमा भाडा माझ्ने काम गर्दा उनलाई मेयर थारुको सहयोगमा संरक्षण केन्द्रमा ल्याइएको हो। १७ वर्षीय राजकुमारको डाक्टर बन्ने सपना छ। ‘डाक्टर बनेर आफूजस्तै गरिब र अभिभावकविहीनहरुको निःशुल्क सेवा गर्ने मेरो लक्ष्य छ’, कक्षा १२ मा विज्ञान विषय अध्ययन गरिहेका उनले नागरिकसँगको भेटमा भने, ‘हामी जस्ता अनाथको यो बाल संरक्षण केन्द्र परिवार बनेको छ। खाना, बस्ने, पढ्ने सबै चिजको राम्रो सुविधा दिएको छ। सरहरुले संरक्षण केन्द्रमै आएर हामीलाई टिउसन पनि पढाइदिनु हुन्छ।’ उनी भावना पोख्छन्, ‘हाम्रो आफन्तकहाँ मैले काम गरेर पनि राम्ररी खान पाएको थिइनँ। पढ्ने कुरै भएन। तर संरक्षण केन्द्रले मुख्य रुपमा हाम्रो भविष्यको बारेमा ख्याल गरेको छ।’

मेयर थारुका अनुसार उनले आफूले पनि सानैमा अभिभावक गुमाएको र पीडा खेपेको अनुभव त छँदै थियो मेयर हुनु अघि पनि बारबर्दियाका होटेलमा चिया पिउँन जाँदा धेरै बालबालिकाहरु स्कुल नगएर होटेलमा भाडा माझ्ने गरेको दृश्यले छोएको थियो।

‘हामी म मेयर हुनु पूर्व धेरै बालबालिकाहरु विद्यालय बाहिर थिए, उनीहरु स्कुल नगएर होटेलमा काम गरिरहेको मैले देखेँ,’ मेयर थारुले नागरिकसँग भने, ‘त्यही बखत मैले म मेयर भएपछि पहिलो काम अभिभावकविहीनहरुका लागि बाल संरक्षण स्थापना गरी यस्ता नानीको स्याहार, आहारदेखि शिक्षा र समाजमा स्थापित गराउनेसम्मको काम गर्ने अठोट लिएँ। त्यही क्रमममा मेयर पनि भएँ।’ उनी थप्छन्, ‘हाम्रो बारबर्दिया नगरपालिकामा अभिभावकविहीनको अभिभावक सरकार बनेको छ। सबै बालबालिकाहरु विद्यालयभित्र छन्। बाल संरक्षण केन्द्रका सबै नानीहरु श्री सिम्हा मावि बर्दियामै पढ्छन्। हाम्रो पालिकाभित्रका सबै बालबालिकाहरु हाल विद्यालयभित्र छन्।’

शिक्षामा अब्बल बारबर्दिया  

बारबर्दिया नगरपालिकाले सबैभन्दा महत्व शिक्षा क्षेत्रलाई दिएको छ। शिक्षामा ३० प्रतिशतमाथि बजेट छ। त्यही भएर मेयर थारुले शिक्षा क्षेत्रको दश वर्षे शिक्षा क्षेत्र योजनानै (सन् २०२१—२०३०) कार्यन्वयनमा ल्याएका छन्। यो शिक्षाको कुनै तहको योजना नभएर शिक्षाको समग्र योजना भएको मेयर थारुले बताए।  

हालको अवस्थामा शैक्षिक अवस्था हेर्दा यहाँ बालविकासमा खुद भर्ना दर ९६.८३ प्रतिशत, कक्षा १ देखि ५ सम्मको खुद भर्नादर ९७.७ प्रतिशत र कक्षा १ देखि ८ सम्मको खुद भर्नादर ९७.१ प्रतिशत रहेको छ। भने कक्षा ९ देखि १२ सम्मको खुद भर्नादर ४७ प्रतिशत छ।  

यसैगरी नगरपालिकाले सार्वजनिक गरेको १० वर्षे शैक्षिक क्षेत्र योजनामा तीन वर्षको कक्षा १ देखि १० सम्मको अनिवार्य विषयहरुमा विद्यार्थीको सिकाइ उपलब्धि क्रमशः बढेको छ। कक्षा १ मा ०७५ मा ६३.९१, ०७६ मा ६६.०६ र ०७७ मा यो थप वृद्धि भएर ७०.२६ प्रतिशत उपलब्धि पुगेको छ। यसैगरी कक्षा ८ को शैक्षिक उपलब्धि ०७५ मा ४७.१७ प्रतिशत थियो भने यो ०७६ मा ५३.७९ प्रतिशतमा कायम भएको थियो। ०७७ मा कक्षा ८ को अनिवार्य विषयको सिकाइ उपलब्धिमा थप वृद्धि भएर ६४.४९ प्रतिशत पुगेको छ।  

कक्षा १० को ०७५ मा अनिवार्य विषयको सिकाइ उपलब्धि २.१३ प्रतिशत थियो भने ०७६ मा २.६५ प्रतिशतमा पुगेको थियो।  

‘बढ्दो विद्यार्थी संख्याको तुलनामा शिक्षक अपर्याप्ततालाई मध्येनजर गर्दै हाम्रो नगरपालिकाले सामान्यीकरण अनुदानबाट प्राथमिक तहमा ३३, निम्न माविमा ४२ र मावि तहमा ३७ शिक्षक थप नियुक्ति गरेको छ।’ उपमेयर अंजु दहितले नागरिकसँगको भेटमा भनिन्, ‘संविधानले व्यवस्था गरेको आधारभूत तहको अनिवार्य र निःशुल्क शिक्षा हाम्रो पालिकामा पूर्णत कायम गरिएको छ।’ उनले थपिन्, ‘कक्षा १ देखि १० सम्मको अनिवार्य विषयहरुको तीन वर्षको शैक्षिक उपलब्धि क्रमशः बढेको छ।’

यस्तै, नगरपालिकाले शिक्षामा ३२.१० प्रतिशत बजेट विनियोजन गरेको उनले बताइन्।
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock २२ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस