पर्वतको जलजला गाउँपालिका–२, गौराटोली इशा पाख्रिनकी आमा सपनाले केही समय अघि सुटुक्क दोस्रो विहे गरिन् । राती एउटै बिस्तारामा सुतेकी आमाले छाडेर गएको तीनवर्ष भयो । आमाको काखमा गुटमुटिने इशाले बुबालाई समेत चिन्दैनिन् ।
ज्यालामजदुरीका लागि पूर्वी नेपालबाट आएका बुबाले आमालाई छाड्दा उनी एक वर्षकी थिईन् । काम खोज्न जान्छु भन्दै श्रीमान बेपत्ता भएका थिए । त्यसपछि सपनाले समेत चटक्कै छाडेर गएपछि इशा अलपत्र परिन् । आफन्तको घरमा आलोपालो बस्दै आएकी इशाको मार्मिक कथाले सबैका आँखा रसाउँछ । उनलाई आफन्तले पनि ‘बिरालोले बच्चा सारे झैं’ कहिले कता त कहिले सार्न थालेपछि उनलाई अप्ठेरो छ । तरपछि आफन्तको शरणमा नबसी उनलाई सुखै छैन ।
एकाविहानै उठ्ने, नियमित घरायसी काम गर्ने, खाना पकाउने, सानो बुबाका छोराछोरीलाई सघाउने र फुर्सदको समयमा पढ्ने गरेकी इशा विद्यालयमा मेहनती, लगनशिल र इमान्दार विद्यार्थीको रुपमा चिनिन्छन् । आमा सम्झँदा अझैपनि इशाको आँखामा आँसु टिलपिल–टिलपिल गरिरहन्छन । जन्मदिने आमाबुबाले छाडेर गएपछि सानो बुबा कमल बोहोराले आश्रय दिएर घर नजिकैको समाज कल्याण आधारभुत विद्यालयमा कक्षा ५ मा उनी पढ्छिन् ।
इशा पाख्रिनविद्यालयभित्र रहेका करिब एकसय जना विद्यार्थीमध्ये उनको उपस्थिती फरक छ । नियमित विद्यालयमा आउने, थकित अवस्थामा पनि पढाईमा सक्रियता देखाउने र साथीहरुसँग हँसिलो अनुहारमा घुलमिल हुने गरेकी इशा साथीहरुले आमाबुबाको कुरा गर्दा भक्कानिन्छिन् । उमेरले ११ वर्षमा टेकेकी इशाले बल्ल आफु अभिभावकविहीन भएको महसुस गर्न थालेकी छन् । एउटै घरमा बस्ने भाईबहिनी निजी विद्यालयमा जाँदा उनको मन चसक्क दुख्छ ।
सामुदायिक र निजी विद्यालयको शिक्षाभन्दा पनि आमाबुबा नभएकै कारणले सरकारी विद्यालयमा आएको भन्ने महसुस गर्न थालेकी इशाले विद्यालय भित्रको मायाले अभिभावक बिर्सिने प्रयास गर्छिन् । विद्यालयमा हुने कार्यक्रममा साथीहरु आमाबुबासँगै आउँदा उनको अनुहार मलिन भएर कालो बादल मडारिएजस्तै हुन्छ । हरेक दिन अभिभावक विद्यालयमा खाजा बनाउन आउने गरेको अवस्थामा उनलाई पनि माया गर्छन् ।
आइतबार विद्यालयमा आयोजित एक कार्यक्रममा उनको आँखामा आशु टिलपिल गरिरहेका थिए । आमाबुबाका बारेमा बुझ्न खोज्दा सबैभन्दा पहिलो उनको आँसु झर्छ, लामो समयसम्म रुँदा उनलाई सम्हाल्ने साथीहरु पनि भावुक हुन्छन् ।
अभिभावकविहीन भएकालाई स्थानीय यूवा नविन जिसीले जन्मदिनको अवसरमा सहयोगको घोषणा गर्दा आँखामा टिलपिल आँसु बग्दापनि पनि इशा हाँस्दै थिइन । उनको आँसु पनि हाँसेरै टल्किने गरेको थियो । ‘इशा विद्यालयकै नमुना विद्यार्थी हुन्, आमाबुबाले छोडेर गएपछि विचल्लीमा परेकी छन्,’ विद्यालयका प्रधानाध्यापक डम्बरबहादुर घर्ती क्षत्रीले भने । उनले भविश्यमा शिक्षक बन्ने भन्दै कक्षामा समेत अगाडी गएर पढाउने, शिक्षकलाई सघाउने गरेको समेत प्रअ क्षत्रीको भनाई छ । उनको जन्मदिन विद्यालयकै शिक्षकले मनाइदिने गरेका छन् ।
विद्यालयका शिक्षकहरुको सहयोगले समेत केही राहत पुगेपनि क्षमता अनुसारको पढाईका लागि उचित वातावरण नभएकाले सहयोगी हातको खोजीमा रहेको प्रअ क्षत्रीले बताए । आमाले छोडेपछि विचल्ली अवस्थामा उद्धार गरिएकी इशा कक्षा २ मा भर्ना भएकी थिईन् हाल । उनी कक्षामा उत्कृष्ट ५ विद्यार्थीमा पर्ने विद्यालयले जनाएको छ ।
अभिभावक हराउँदा बालबालिकाको विचल्ली
पर्वतको जलजला गाउँपालिका–२, गौराटोलमा अवस्थित समाज कल्याण आधारभुत विद्यालयमा कक्षा १ पढ्ने आशा परियारकी आमाले दोस्रो विवाह गरिन् । आमाले दोस्रो विवाह गरेपछि घरमा बुबाले अर्की आमा ल्याएसँगै उनले उचित हेरचाह र पढ्ने वातावरण पाइनन् । नौमहिना कोखमा बास गराएर संसार देखाउने आमाले नै साथ छोडेपछि पनि उनले बुबाको माया पाउन सकिनन् । अहिले मामाघरमा बस्न बसेर विद्यालयमा जाने गरेकी छन् । आशा जस्तै सोही विद्यालयमा कक्षा ४ मा अध्ययनरत आस्था परियारको समस्या पनि उस्तै छ । आमा र बुबाले दोस्रो विवाह गर्दा उनी पनि अर्की मामाको निशानामा परिन् ।
अर्काको कोखबाट जन्मिएको सन्तानलाई आफ्नो स्वीकार गर्न नसक्दा उनी घर छोडेर आफन्तकोमा बस्न बाध्य भईन् । जलजला–२ रातढुंगाका विवश परियार कक्षा ४ मा अध्ययनरत छन् । बिवशका बुबाको मानसिक सन्तुलन गुमेपछि आमाले दोस्रो विवाह गरिन् । बेनी नगरपालिका–५ पुलाचौरकी शनिशा परियारको बुबा सिकिस्त विरामी छन् । बुबा लगातार विरामी हुन थालेपछि आमाले दिनुपर्ने साथ र सहयोगको विकल्पमा दोस्रो विवाह रोजिन् । अहिले घरमा बुबा बिरामी छन्, खानाबस्ने र पढ्ने वातावरण नभएपछि ठूली आमाको घरमा बसेर विद्यालयमा जाने गरेकी छन् । अभिभावकविहिन ५ बालबालिकाको अवस्था नाजुक रहेको बताए ।
‘उनीहरुलाई पढ्न वर्षभरी आवश्यक पर्ने सामाग्रीकै अभाव छ, सबै आफन्तको घरमा बसेका छन्, आफन्तको आर्थिक अवस्था पनि निकै नाजुक छ,’ वडा अध्यक्ष गोविन्द खत्रीले भने ।
सानै उमेरमा अभिभावक गुमाएका बालबालिकालाई नियमित विद्यालय आउन समस्या हुने गरेको उनले बताए । दलित बस्तीका बालबालिकाको अवस्था नाजुक भएकाले विभिन्न माध्यमबाट सहयोग गरेको बताए । अत्यन्त गरिब परिवारका बालबालिकालाई अभिभावकले छोडेर गएपछि शिक्षादीक्षामा संकट परेको छ । शैक्षिक सामाग्रीदेखि बिस्तार र लगाउने लुगा तथा अगेनामा पाक्ने खाद्यान्नसमेत नभएको अवस्थामा भोकभोकै आउन बाध्य विद्यार्थीलाई सहयोग जुटाउने अभियान सुरु भएको स्थानीय यूवा नविन जिसीले बताए ।
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
गुठीचौर गाउँपालिका-१,मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।
उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...