प्रहरीकै कमजोरीले दोषी चालकलाई उन्मुक्ति
०७ चैत्र २०७७
•
४ मिनेट पाठ
प्रहरीकै कमजोरीले दोषी चालकलाई उन्मुक्ति
मंसिर २० गते दिउँसो करिब १ बजे । सिरहा नगरपालिका–१४ नवटोली नजिक पूर्वबाट पश्चिमतर्फ तीव्र गतिमा आइरहेको स२त ७०३ नम्बरको ट्याक्टरले आफ्नै घरछेउ सडकमा खेलिरहेका चार वर्षीय बालक कार्तिक सदायलाई ठक्कर दियो । टाउको र शरीरका विभिन्न भागमा चोट लागेपछि उनी त्यहीँ ढले । छेउछाउका सबै बचाउन दौडे । फरार चालक नियन्त्रणमा लिए ।




घाइते बालकलाई परिवारले हत्तपत्त अस्पताल पुर्‍याए । सिरहा अस्पतालमा प्राथमिक उपचारपछि उनलाई विराटनगरस्थित विराट नर्सिङ होममा लगियो । सिकिस्त घाइते उनलाई भेन्टिलेटरमा राखेर उपचार सुरु भयो । घटनास्थल पुगेका प्रहरीले ट्याक्टर चालक सिरहा नगरपालिका–१३ मलहनमाका धनवीर सदायलाई पक्राउ गर्‍यो । दुर्घटनामा परेको ट्याक्टर प्रहरी कार्यालयमा राखियो ।

उपचार खर्च बेहोर्ने भनेपछि व्यक्ति अंगभंग हुनेगरी भएको दुर्घटनामा संलग्न चालक धनवीर सदालाई अभद्र मुद्दा चलाइयो । बालक उपचारमै रहँदा प्रहरीले दुर्घटनामा संलग्न ट्याक्टर छाडिदिए । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) पनि नभएका चालक जिल्ला प्रशासन कार्यालय सिरहाबाट धरौटीमा छुटिसकेका छन् । सिरहा प्रहरी प्रमुख एसपी सुदीपराज भण्डारीले नागरिकसँग भने, ‘पीडित पक्ष र सवारी धनी पक्ष मिलापत्र गरेपछि मैले के गर्ने ? उनीहरू मिलेपछि मैले मुद्दा चलाउने कुरा हुँदैन ।’ तपाईंकै कार्यकक्षमा मिलापत्र भएको हो भन्ने जिज्ञासामा एसपी भण्डारीले भने, ‘हो रेडक्रस सामाजिक र राजनीतिक व्याक्तिहरूसमेत बसेर यहीँ मिलापत्रको कागज तयार भएको हो ।’

अस्पताल प्रशासनका अनुसार बालकको उपचारबापत अस्पतालको ७ लाख १९ हजार ८ सय २८ रुपैयाँको बिल छ । जसमा घाइते पक्षले ३ लाख ५१ हजार मात्र तिरेको अस्पताल पक्षको भनाइ छ । ३ लाख ६८ हजार ८ सय २८ रुपैयाँ तिर्न बाँकी छ । औषधिको ८८ हजार र होटलमा खाना र नास्ताको ६० हजार रुपैयाँ पनि तिर्न बाँकी नै छ । बालकका आमा गेनादेवी सदाका अनुसार ट्याक्टर धनी सचेन्द्र भन्ने वकिलदेव साहबाट ५ लाख १० रुपैयाँ पाइएको छ । उनका अनुसार त्यो रकमले अस्पताल, औषधि र होटललाई तिर्न पुगेन । ‘सवारी धनीले खर्च रकम दिन मान्दैनन्,’ उनले भनिन्, ‘हामी प्रहरी, प्रशासन गुहार्दागुहार्दा थाकिसक्यौं ।’

गेनादेवीले दुर्घटना भएको पर्सिपल्टै जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीसमेत अहिले ‘गायब’ पारिएको आरोप लगाइन् । ‘प्रहरी न खर्च रकम तिरिदिन पहल गर्छ न कारबाही नै गर्न तयार हुन्छ । हामी गरिब, अनपढलाई झुक्याएर औंठाछाप लगाउनेबाहेक कहीँबाट कुनै सहयोग पाइएको छैन,’ उनले भनिन्, ‘चालक पनि गायब छ । अनपढ मेरा पतिलाई सहयोग गर्नुको साटो सबै मिलेर मिलपत्रको कागजमा छाप लगाइसकेको छ ।’ उनले छोराले (दायाँ आँखा) धमिलो देख्ने बताइन् । पहिलाकै क्षतिपूर्ति नपाउँदा आँखाको उपचारको कल्पना नै नगरेको उनले बताइन् ।

गम्भीर रूपमा घाइते कार्तिक सदायलाई झन्डै दुई महिनासम्म भेन्टिलेटर, आईसियु हुँदै बच्चा वार्डमा राखेर उपचार गरिएको थियो । अस्पतालले उनलाई माघ १६ गते नै डिस्चार्ज गरिदियो । तर उपचारबापतको सबै पैसा नतिरेकालेउनलाई डेढ महिना अस्पतालमै बन्धक बनायो । छोरा रुँगेर बसेका बाबुआमा उनलाई लिएरै गत सोमबार दिउँसो अस्पतालबाट भागेका छन् । दुर्घटनामा कसैको शरीरको अंगमा क्षति पुगे वा गुमे अंगभंग मुद्दामा कारबाही गर्नुपर्ने कानुनी व्यवस्था छ । 

क्षतिपूर्ति एवं उपचार खर्च दुर्घटना गराउनेले बेहोर्नुपर्छ । तर प्रहरीले सवारी दुर्घटनामा कारबाही नै चलाएको पाइँदैन । सवारी दुर्घटनाको घटनालाई नै मोडिदिएको देखिन्छ । प्रहरीले नियमानुसार कारबाही नचलाएको र घाइतेको सम्पूर्ण उपचार खर्च पनि नतिराएको पाइएको छ । बिना अनुमतिपत्र सवारी चलाएर दुर्घटना गराए कारबाही बढी हुने कानुनी व्यवस्था छ । एसपी भण्डारीले आफ्नो कार्यकालको दुर्घटना नभएकाले जिम्मेवारी लिन नसकिने बताए । पीडित पक्षबाट जाहेरी नै नआएकाले दुर्घटनामा कारबाही नचलाइएको उनको दाबी छ ।

आर्थिक अवस्था कमजोर भएका बच्चाका बाबुआमा ज्यालामजदुरी गरेर जीविका चलाउँदै आएका छन । बुबा जगवीर ट्याक्टरमा मजदुरी गर्छन् । आमा गेनादेवी दैनिक ज्यालादारीको काम गर्छिन् । अस्पतालमा बन्धक छोरालाई रुँगेर बस्दा भोकभोकै पर्न थालेपछि आफूहरू बच्चा लिएर अस्पतालबाटै भाग्न बाध्य भएको उनले बताइन् । माया मारेको छोरो जेनतेन बाँचे पनि प्रहरीले घटनामा असहयोग गरिदिँदा न्याय पाउन नसकेको उनको गुनासो छ ।

ट्याक्टर धनी वकिलदेवले भने, ‘एसपी साबकै कार्यकक्षमा बसेर घाइते बालकका बुबासँग सहमति (मिलापत्र) कागज बनाएको छु । उपचारबापतको रकम बुझेको कागजमा बालकका बाबु जगदीशले छाप लगाएका छन् । त्यो कागज प्रमाण मसँग सुरक्षित छ ।’ साहले उनीहरूसँग कुनै लेनादेना नभएको बताए । एसपीकै रोहवरमा सहमतिपत्र तयार भएको हो । उपचारबापत ५ लाख ७५ हजार रुपैयाँ दिइसकेको छु । अब मैले दिनुपर्ने केही बाँकी छैन ।’
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
४९ मिनेट अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३३ सेकेन्ड अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock २ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस