बैतडीको दोगडाकेदार गाउँपालिका–७ का वडाध्यक्ष भरतबहादुर महरा खोचलेकको एक होटलबाट महिलासँग शंकास्पद रुपमा प्रहरीले नियन्त्रणमा लिएको छ । महरा र महिलालाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
दुवैजनालाई बिहीबार राति ३ बजे होटलबाट नियन्त्रणमा लिएको प्रहरी डिएसपी अधिकारीले बताए । उनीहरु एउटै कोठामा रहेको भन्ने वडाध्यक्षकी श्रीमतीले प्रहरीलाई खबर गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । शंकास्पद रुपमा भेटिएका दुवैजनालाई सदरमुकाम ल्याइन लागिएको छ । ‘दुवैजनालाई एउटै कोठाबाट नियन्त्रणमा लिएका हौं,’ डिएसपी अधिकारीले भने, ‘जिल्ला ल्याएँदै छौं, थप बुझ्छौ ।
अहिले नै सबै कुरा भन्न सकिने अवस्था छैन । पार्टीको काम भएकाले सँगै कोठामा बसेको भन्ने छ ।’ वडाअध्यक्ष महरा नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनमा निर्वाचित हुन् ।