बैतडीका विभिन्न स्थानमा लगाएको हिउँदे बाली र तरकारी जंगली बँदेलले नष्ट गर्न थालेको छ। खडेरीका कारण सप्रिन नपाएको बालीमा जंगली बँदेलले समेत नोक्सान गर्न थालेपछि किसानहरु चिन्तित छन्।
रातीको समयमा झुण्डमा आउने बँदेलको समूहले गहुँबाली सखाप पार्न थालेको सुर्नया गाउँपालिका–६ का किसान नन्दराम अवस्थीले जानकारी दिए। केही वर्ष यता जंगली जनवारले बालीनाली नोक्सान गर्न थालेको हो।
जंगली बँदेलले बालीनालीमा क्षति पुर्याउन थालेपछि लेकाली क्षेत्रमा गरिने आलुखेती समेत किसानहरुले छोडेका छन्। जंगली बँदेलले बारीमा लगाएको सबै आलु खान थालेपछि आलु लगाउन छोडिएको सिगास गाउँपालिका–८ का वीरबहादुर चन्दले बताए। लेकाली क्षेत्रमा फल्ने स्थानीय आलु अहिले पाउनै मुस्किल भएको छ। बर्सेनि लगाएको अन्न जंगली जनावरले सखाप गर्न थालेपछि उत्पादनसमेत घटेको छ। फलाएको अन्न नष्ट हुन थालेकाले केही वर्षयता खेतसमेत बाँझै छोड्न थालेका छन्। जिल्लाका सबै जसो स्थानीय तहमा जंगली बँदेलको आतंक रहेको किसानहरुले बताएका छन्।
बँदेल, बाँदर, दुम्सी, स्याल लगायतका जंगली जनावरले तरकारी, खाद्यबाली मात्रै नभएर फलफूलका बेर्ना समेत उखेल्ने गरेको छ। यसले गर्दा फलफूलका नर्सरी बनाउने किसानहरुलाई समेत समस्या भएको दशरथचन्द नगरपालिका–१ का किसान वीरबहादुर टेरले बताए।
सदरमुकाम आसपासमा बाँदरले अन्नबाली नष्ट गर्न थालेपछि किसानहरुले खेती गर्न छोडेका छन्। बर्सेनि बालीनालीमा क्षति व्यहोरे पनि उनीहरुले क्षतिपूर्ती भने कुनै निकायबाट पाउन सकेका छैनन्। कृषि क्षेत्रमा स्थानीय सरकारले ध्यान नदिएको किसानहरुको गुनासो छ। जिल्लामा जंगली जनावर कै कारण करिब ३० प्रतिशत उत्पादनमा कमी हुने गरेको कृषि ज्ञान केन्द्र बैतडीको तथ्यांकले देखाएको छ।