मुख्यमन्त्री रोजगार कार्यक्रम: योजना सम्झौंतादेखि भुक्तानी सदरमुकाममै
०६ चैत्र २०७७
•
४ मिनेट पाठ
मुख्यमन्त्री रोजगार कार्यक्रम: योजना सम्झौंतादेखि भुक्तानी सदरमुकाममै
गतवर्ष मुख्यमन्त्री रोजगार कार्यक्रमको अख्तियारी सिधैँ स्थानीय तहमा आयो । स्थानीय तहका प्राविधिक खटिए । समयमै सम्झौता भएर गाउँमा रोजगारीको अनुभूति गरायो । तर यो वर्ष जुम्लामा मुख्यमन्त्री रोजगार कार्यक्रम कार्यन्वयनमा अन्यौलता देखिएको छ । यो पटक रोजगार कार्यक्रमको बजेट तथा अख्तियारी जिल्ला सदरमुकाममा रहेका बिषयगत कार्यालयमा आइपुगेको छ ।  




रोजगार कार्यक्रम अन्तर्गत आएको योजना सम्झौता गर्न सदरमुकाम आउनुपर्छ । भुक्तानीका लागि पनि सदरमुकाममै बास बस्नु पर्ने भएको छ । गाउँमा सिंहदरवार आएको छ । तर केन्द्रिकृत व्यवस्था जस्तो सदरमुकाममा बास बसेर योजना सम्झौता र भुक्तानी लिनु पर्ने बाध्यता भएको छ ।  

जुम्ला सिँजा गाउँपालिका अध्यक्ष देवलसिंह रावल गाउँमा मुख्यमन्त्री रोजगार कार्यक्रमको चहलपहल शुरु नभइसकेको बताए । उनले भने,“बजेट जिल्लामा पुगेको छ भन्ने सुनेका छौँ । तर स्थानीयतहलाई कुनै अवगत छैन । ”

सबै स्थानीय तहमा काम भइरहेकोमा रोजगार कार्यक्रमको लागि सदरमुकाम धाउनु पर्ने बाध्यताले स्थानीयमा नराम्रो प्रभाव परेको छ । मुख्यमन्त्री रोजगारको रकम पठाउने बिषयमा समेत निकै सबैको एक खाले धारणा छैन । यहाँको तातोपानी र गुठिचौर गाउँपालिकामा मुख्यमन्त्री रोजगार कार्यक्रमको बजेट आएको छ । बाँकी ६ पालिकाको बजेट बिषयगत कार्यालयमा पठाइएको छ ।  

अध्यक्ष रावलले भने,“योजना सम्झौता र भुक्तानी गर्न खलंगा जानुको विकल्प भएन । यसले गाउँमा सिंहदरवार आइपुगेको अनुभूति गराएन । यो कार्यक्रम प्राविधिक रुपमा निकै असहज आउने देखिन्छ । ”

योजना कार्यन्वयनमा हरेक हिसावले समस्या छ । विगतमा गाउँपालिकाले निगरानी राख्थे । काम गुणस्तरीय हुन्थ्यो । अब जुम्ला जाउआउ बस खाउ भन्छन् । काम नै हुँदैन । बजेट फ्रिज हुने देखिन्छ । सांसदको इसारामा आउने या कार्यक्रम प्रभावकारी हुन सक्दैन ।  

जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा स्थानीय तहमा आउनु पर्ने बजेट जिल्लामा आउन थालेपछि समस्या हुने बताउँछन् । उनले भने,“यो कार्यले देश कानुनमा नचलेको प्रष्ट भएको छ । नियतमै खोट देखिन्छ । ”

नेपालको संविधान अनुसार संघीय सरकार र प्रदेश सरकारको कार्यक्रम कार्यन्वयन थलो स्थानीय तह हो । अनुगमन र प्राविधिक सहयोगका लागि समन्वय समिति र बिषयगत कार्यालाई जिम्मेवारी दिदा उपयुक्त हुनेछ । तर जिल्लामै बजेट तथा कार्यक्रम आउदा कार्यन्वयनमा समस्या छ । यो कार्य विधि विधान बाहिरको हो । कि सबै बजेट तथा कार्यक्रम बिषयगत कार्यालयमा आउनु पथ्र्यो,उपप्रमुख बुढाले भने,“हैन भने सबै स्थानीय तहमै जानु पथ्र्यो । कतै स्थानीय तहमा पठाउने त कतै जिल्लामै पठाउने कार्यले राम्रो हुदैन । ”

रोजगार कार्यक्रमका नाममा जनतालाई सास्ती दिने काम भयो । सांसदले मनपरी गर्दा मुख्यमन्त्री रोजगार कार्यक्रमको बजेट तथा योजनाको प्रभावकारी कार्यन्वयन हुनै सक्दैन ।  

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय कर्णाली प्रदेशका मुख्यमन्त्री रोजगार कार्यक्रम हेर्ने सर्वदल शाही हरेक क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदको नेतृत्वमा रहेको सिफारीस तथा समन्वय समितिले सिफारीस गरेको आधारमा बजेट तथा कार्यक्रम पठाएको बताउँछन् । उनले भने,“सबै जिल्लका कुनै स्थानीय तह र कुनैमा जिल्लामा बजेट गएको छ । एकैनासको हुनु पर्ने हो । तर समितिले जसरी सिफारीस गर्यो । त्यसैका आधारमा बजेट पठाउने कार्य भएको हो ।

यो कार्यक्रम सिधैँ गाउँपालिकामा पठाउन पनि सकिन्छ । बिषयगत कार्यालयले स्थानीय तहसंग सम्झौता गरेर बजेट पठाउन पनि सकिने अवस्था रहन्छ । खासमा यो कार्यक्रम कार्यन्वयन गर्ने भनेको स्थानीय तह नै हो ।  

मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत जुम्लामा २४ करोड ७३ लाख १२ हजार रुपैयाँ आएको छ । बजेट सिफारीस समितिले सिफारीस गरेका स्थानीय तह तथा बिषयगत कार्यालयमा पठाइसकिएको छ  ।

जुम्ला प्रदेश क्षेत्र (ख)का सांसद पदमबहादुर रोकायाले आफूले बजेट स्थानीय तहमा पठाउन खोजेको बताए । उनले भने,”तर गत बर्ष केही स्थानीय तहले काम नगर्दा बजेट फ्रिज हुने अवस्था आएकोले यो बर्ष मेरो क्षेत्रको बजेट जिल्लामै पठाउन सिफारीस गरिएको हो । ” मैले कुनै स्थानीय तहमा योजना र बजेट पठाउने र कुनैमा नपठाउने विवादित निर्णय गर्न सकिन । सबै बजेट बिषयगत कार्यालयमा पठाउन सिफारीस गरियो ।  

भौतिक पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रुपक रावलले बिषयगत कार्यालयमा अख्तियारी आउने हल्ला भएपनि आधिकारीक रुपमा आइनसकेको बताए । उनले भने,“मुख्यमन्त्री रोजगार कार्यक्रम गर्न गाह्रो छ । प्राविधिक जनशक्ति छैन । यो स्थानीय तहको समस्या पनि त्यही हो ।” मुख्यमन्त्री रोजगार कार्यक्रम कार्यन्वयनमा देखिएको चुनौतिले काम गर्न निरुत्साहित गर्ने प्रमुख रावल बताउँछन् ।  

जिल्लाका हरेक वडामा ४० देखि ५० लाख रुपैयाँसम्म बजेट छ । भौतिक पूर्वाधार कार्यालयमा मात्र १० देखि ११ करोड रुपैयाँसम्म बजेट छ । यहाँ सडक खन्ने योजना आएको छ । यो कार्यक्रम अन्र्तगत सडक खन्न मेसिनको प्रयोग गर्न मिल्दैन, प्रमुख रावलले भने,“ सडक खन्दा प्राविधिक र जियोग्राफिको आधारमा मेसिन प्रयोग गर्दा सहज हुन्छ । यो कार्यक्रममा मेसिन प्रयोग गर्न श्रम र जनशक्ति परिचालन गर्नु पर्ने भएकोले समस्या छ । प्राविधिक दृष्टिले सडक खन्न हाते औजार प्रयोग गरेर सकिदैन । हातेऔंजारले कसरी काम गर्ने भन्ने चुनौति छ । उनले थपे,“तर यहाँ आउने बजेट तथा कार्यक्रम प्रभावकारी रुपमा गर्न जोड दिन्छौँ । ”

मुख्यमन्त्री रोजगार कार्यक्रमको बजेट विषयगत कार्यालयमा आएपछि काम गर्न निकै झंझट हुने स्थानीय बताउँछन् । उनीहरुले योजना सम्झौता र भुक्तानी लिन खलंगामै पुग्नु पर्ने भएकोले खर्चको भार बढ्नुका साथै समयको बर्वादी हुने बताएका छन्।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
१ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
बिहानको घन्टी
कला/साहित्य
Clock १२ सेकेन्ड अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १० मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३३ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस