बेपत्ता आयोगको परिचयपत्रप्रति पीडितकै असन्तुष्टि
०४ चैत्र २०७७
•
३ मिनेट पाठ
बेपत्ता आयोगको परिचयपत्रप्रति पीडितकै असन्तुष्टि
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले वितरण गरिरहेको परिचयपत्रप्रति द्वन्द्वपीडितले नै असन्तुष्टि जनाएका छन् । पीडितले पुरानै कानुनमा टेकेर आयोगले गरिरहेको कार्यबाट आफूहरूले न्याय पाउने आशा नै नभएको गुनासोसमेत गरेका छन् ।




आयोगले अहिले पूर्वका ताप्लेजुङ र पाँचथरसहित इलाममा बेपत्ता पारिएका व्यक्तिको परिवारलाई परिचपयत्र वितरण गर्दैछ । तर, आफूहरूसँग समन्वय, छलफल नै नगरी आयोग अघि बढेको र दिइएको परिचयपत्रले के–कस्तो सहुलियत/सुविधा पाउने भन्ने स्पष्टसमेत नभएको पीडितको भनाइ छ । द्वन्द्वपीडित साझा चौतारीका केन्द्रीय सदस्य तथा १ नम्बर प्रदेश संयोजक दामोदर चापागाईंले आयोगले म्याद सकिन लागेका बेला आफ्नो काम देखाएर आयु लम्ब्याउने परिपञ्चमात्र गरेको बताए । ‘पीडितले के–के सहुलियत/सुविधा पाउँछन् भन्ने यकिन नै नभई परिचयपत्र बाँड्नु सुल्टो बाटो होइन,’ उनले भने, ‘जुन ऐन–कानुनमा टेकेर आयोगले परिचयपत्र बाँडिरहेको छ, त्यो ऐनप्रति नै पीडितको असहमति छ । परिचयपत्र बाँड्न जिल्ला आउँदा पनि हामीसँग छलफल, समन्वय गरिएन ।’  

संयोजक चापागाईंले पीडितले परिपूरणसमेत माग गरेको अवस्थामा आयोग चाहिँ वास्तविक घटनाबारे सत्य थाहा नै नदिई यो र त्यो बहाना गरेर पीडितलाई अल्मल्याउनतिर लागेको आरोप लगाए । ‘बेपत्ता व्यक्तिको अवस्थाबारे छानबिन गर्नभन्दा पीडितले असहमति जनाएको ऐनबमोजिम नै परिचयपत्र बाँड्न चाहिँ किन हतारो हो बुझिएन,’ उनले भने, ‘अहिले परिचयपत्र दिएर फेरि ५–१० वर्ष अल्मल्याउने चालमात्रै हो यो ।’  

सशस्त्र द्वन्द्वका बेला बेपत्ता पारिएका व्यक्तिका परिवारले परिचयपत्र पाउँछन् । तर, पीडितले परिचयपत्र पाएपछि के सुविधा उपभोग गर्न पाउँछन् भन्ने यकिन भइसकेको छैन । आयोगले देशभरका पीडितलाई परिचयपत्र बाँडेपछि सरकारलाई सुझावसहित सिफारिस गर्नेछ । त्यसपछिमात्रै सरकारले पीडितले पाउने सहुलियत/सुविधा तय गर्नेछ ।  

पीडितले आयोगका कतिपय कानुन संशोधन माग गर्दै २०७१ सालमा सर्वाेच्च अदालतमा मुद्दा दायर गरेका थिए । अदालतले कानुन संशोधन गरेरमात्र काम अघि बढाउन फैसला गरिसकेपनि आयोग फैसला नै कार्यान्वयन नगरी अघि बढेको पीडितले जनाएका छन् । ‘यी आयोगहरूले न्याय दिलाउँछन् भन्ने नै विश्वास गर्न गाह्राे भइसक्यो अब,’ संयोजक चापागाईंले भने, ‘कानुनमात्र होइन, अब आयोगकै संरचना परिवर्तन गर्नुपर्छ ।’  

आयोगले पीडितबाट यसअघि लिएका उजुरीमाथि छानबिन गरिरहेको छ । आयोगले विभिन्न जिल्लामा एन्टिमोर्टम र परिपूरण फाराम भराइसकेको छ । प्रारम्भिक छानबिनबाट विस्तृत छानबिन गर्ने उजुरीसमेत छनौट गरिसकेको छ । आयोग सदस्य विश्वप्रकाश भण्डारीले बेपत्ता पारिएका व्यक्तिका परिवारलाई देशभर परिचयपत्र वितरण गरिरहेको जनाए । आयोगले वितरण गरेको परिचयपत्रमा पीडितले असन्तुष्टि जनाउनुपर्ने कुनै कारण नरहेको उनको दाबी छ । ‘परिचयपत्र वितरण गरिएपछि आयोगले सरकारलाई अहिलेसम्मका कामको विवरण पेश गर्दै पीडितले पाउने सहुलियतसमेत सुझावका रूपमा सिफारिस गर्छ,’ सदस्य भण्डारीले नागरिकन्युजसँग भने, ‘सरकारले निर्णय गरेपछि कार्यान्वयनमा जान्छ, अहिले नै परिचयपत्रबाट केही पाइँदैन भन्ने सोच्नुहुँदैन ।’ उनले परेका उजुरीमाथि छानबिन भइरहेको पनि जनाए ।  

बेपत्ता छानबिन आयोगमा देशभरबाट ३ हजार २ सय २३ उजुरी परेका छन् । आयोगका अनुसार प्रारम्भिक छानबिनको चरणमा प्रमाण बुझ्ने तथा तिनको घटनासँग सम्बन्ध केलाउने, घटना स्थापित हुने आधार पत्ता लगाउने कार्य गरेपछि २ हजार ५ सय १० उजुरीमाथि विस्तृत छानबिन गर्नुपर्ने देखिएको थियो । अहिलेसम्म आयोगले ६५ जिल्लाका २ हजार १ सय १ उजुरीमाथि विस्तृत छानबिनको पहिलो चरणको कार्य सम्पन गरेको छ । सरकारले २०५२ फागुन १ देखि २०६३ मंसिर ५ सम्मको सशस्त्र द्वन्द्वकालमा बेपत्ता भएका व्यक्तिको छानबिन गर्न २०७१ माघ २७ मा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गरेको थियो ।
अर्को समाचार
मन्त्री चयनलाई लिएर गठबन्धनभित्र तीव्र असन्तुष्टि
२४ असोज २०७८
•
५ मिनेट पाठ
मन्त्री चयनलाई लिएर गठबन्धनभित्र तीव्र असन्तुष्टि
प्रधानमन्त्रीमा नियुक्त भएको ८८औं दिनमा शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। तर, मन्त्रिपरिषद् विस्तारसँगै सत्तारूढ दलहरूभित्र तीव्र असन्तुष्टि सुरु भएको छ। त्यस्तै, प्रधानमन्त्री देउवाले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत न्यायालयको कोटामा गजेन्द्र हमाललाई मन्त्री बनाएको भन्दै आलोचना भइरहेको छ। 




हमाल कांग्रेस कोटाबाट मन्त्री भएको भन्दै सरकार प्रवक्तादेखि गठबन्धन दलका नेता एवं माओवादी केन्द्रका अध्यक्षले सार्वजनिक रूपमा स्पष्टीकरण दिएका छन्। वाणिज्यमन्त्री बनेका हमाल आफैंले आफू कांग्रेस भएको बताउँदै आएका छन्। हमाल मन्त्री भएको प्रकरणले न्यायालयप्रतिको विश्वास गुमाएको छ भने गठबन्धनका दलहरू आफैंले उठाएका विषय पनि खण्डित गरेको छ।

हमाल कांग्रेसको जिल्ला सभापति भइसकेकाले अनावश्यक चर्चा नगर्न आग्रह गर्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले भने, ‘संसद् विघटनबाटै नेपालमा सेटिङ भन्ने शब्द खुब चर्चामा छ, कसैलाई फेरि यही भन्न मन लाग्यो होला तर त्यस्तो होइन।’

रामचन्द्र र शशांकप्रति सुजाता क्रुद्ध

त्यस्तै, मन्त्रिपरिषद् विस्तारलाई लिएर सत्तारूढ सबै दलमा विवाद र असन्तुष्टि बढेको छ। कांग्रेस नेता रामचन्द्र पौडेलसहित संस्थापनइतर समूहका नेताहरू पार्टी सभापतिसमेत रहेका देउवासँग रुष्ट बनेका छन्। तीन मन्त्रालय मागेको संस्थापन इतरलाई देउवाले दुई मन्त्रालय मात्र दिएपछि उनीहरू असन्तुष्ट छन्। साथै, जनसम्पर्क र विकासबाहेकका मन्त्रालय आफ्नो पक्षलाई दिएको उनीहरूको गुनासो छ। संस्थापनइतर समूहबाट आफूलाई मन्त्री नबनाएको भन्दै नेतृ सुजाता कोइरालाले तीव्र असन्तुष्टि पोखेकी छन्। उनी नेता पौडेलसँग रुष्ट देखिएकी छन्। उनले आगामी महाधिवेशनमा पौडेल र महामन्त्री शशांक कोइरालालाई साथ नदिने पनि बताएकी छन्। उनीहरू दुवैबाट पार्टी चल्न नसक्ने ठोकुवा पनि सुजाताले गरेकी छन्।  

आफूले भनेको नभएपछि प्रकाशमान रुष्ट

कांग्रेस नेता प्रकाशमान सिंह पनि आफूले भनेकालाई मन्त्री नबनाएको भन्दै देउवा र आफ्नै समूहका नेताप्रति असन्तुष्ट देखिएका छन्। काठमाडौंबाट राजन केसीलाई मन्त्री बनाउनुपर्ने पक्षमा सिंह थिए। तर, संस्थापनइतर समूहले दुई मात्र मन्त्रालय पाएपछि केसी सरकारमा सहभागी हुन पाएनन्। मन्त्रिपरिषद् विस्तारलाई लिएर देउवा पक्षमा पनि असन्तुष्टि बढेको छ। कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल मन्त्रीको आकांक्षी थिइन्। मानबहादुर विक, चित्रलेखा यादवसहितका नेता पनि मन्त्रीका आकांक्षी थिए। तर, मन्त्रिपरिषद्मा नअटेपछि उनीहरू पनि असन्तुष्ट छन्। प्रधानमन्त्री देउवाले कांग्रेसमा धेरै योगदान गरेका नेतालाई मन्त्री बनाउन नसकेको स्वीकार गरेका छन्।  

नारायणकाजी बेखुसी

कांग्रेसमा मात्र होइन, सत्तारूढ अर्को घटक माओवादी केन्द्रमा पनि असन्तुष्टि बढेको छ। नेता नारायणकाजी श्रेष्ठले सरकारमा सहभागी हुन चाहेका थिए। तर, उनलाई माओवादी केन्द्रले स्थान दिएन। श्रेष्ठबाहेक अन्य धेरै नेताहरू पनि मन्त्रीको आकांक्षी थिए। मन्त्री बन्न नपाएपछि उनीहरू बेखुसी भएको स्रोतको दाबी छ। संसद्को सुशासन समिति सभापति रहेकी शशी श्रेष्ठलाई भने माओवादीले सरकारमा पठाएको छ।  

नेकपा एसका मेटमणि पनि असन्तुष्ट

सत्ताको अर्को घटक नेकपा (एकीकृत समाजवादी) मा पनि किसान श्रेष्ठ र प्रेम आलेलाई मन्त्री बनाएको विषयमा तीव्र असन्तुष्टि बढेको छ। नयाँ पार्टी गठनदेखि केपी ओलीविरुद्ध आक्रामक नेता मेटमणि चौधरीले सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गरेका छन्।  

अन्यायविरुद्ध संघर्ष गर्छुः प्रदीप यादव

जनता समाजवादी पार्टीमा पनि असन्तुष्टि तीव्र बन्दै गएपछि शनिबार अध्यक्ष उपेन्द्र यादवको पुतला दहन गरिएको छ। मन्त्री बन्ने सूचीमा रहेका पर्साका सांसद प्रदीप यादवको नाम अन्तिममा हटाएको भन्दै अध्यक्ष यादवको पुतला जलाइएको छ। 

पर्साबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका सांसद प्रदीपको नाम मन्त्रीको सूचीबाट हटाइएपछि उनको गृहजिल्लामा अध्यक्ष यादवविरुद्ध प्रदर्शन भएको छ। अध्यक्ष यादवले अन्यायपूर्ण र एकलौटी रूपमा मन्त्री सिफारिस गरेको आरोप सांसद प्रदीपले लगाएका छन्। ‘ममाथि बज्रपात नै भयो। अब अन्यायविरुद्ध संघर्ष गर्छु,’ सांसद प्रदीपले भने, ‘अध्यक्षज्यूले नै मन्त्रीको सूचीमा तपाईं (मेरो) को नाम राखेको छु भन्नुभएको थियो। अध्यक्षले नै भनेपछि म ढुक्क थिएँ। तर उहाँले चाल खेल्नुभयो।’

अध्यक्ष यादवविरुद्ध सर्लाहीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका सांसद प्रमोद साह पनि आक्रोशित भएका छन्। पार्टीबाट मन्त्रीको सूची पठाउँदा अन्तिम समयमा अध्यक्ष यादवले साहको नाम हटाएर महेन्द्र यादवको नाम राखेका थिए। जसपा नेता इस्तियाक राईले सामाजिक सञ्जालमै अन्तिम समयमा साहको नाम हटेको बताएका छन्।

अध्यक्ष यादवले शुक्रबार बिहानसम्म पार्टीबाट मन्त्री हुनेको सूचीमा दुईजना यादव र दुईजना गैरयादव समुदायका सांसदको नाम राखेका थिए। यादव समुदायबाट रेणु यादव र रामसहाय यादव तथा गैरयादव समुदायबाट राजेन्द्र श्रेष्ठ र प्रमोद साहको नाम थियो। तर सूची पठाउँदा साहको नाम हटाइयो। ठाकुर पक्षलाई छाडेर आएका साहलाई अध्यक्ष यादवले पार्टी सरकारमा गएपछि मन्त्री बनाउने आश्वासन दिएका थिए। त्यसैले यसपटक मन्त्री हुनेमा साह ढुक्क थिए।

शुक्रबार बिहानसम्म मन्त्रीको सूचीमा साहको नाम थियो। यहाँसम्म कि जसपाका केही नेता–कार्यकर्ताले फोन गरेर साहलाई बधाईसमेत दिएका थिए। बधाई आइरहेका बेला उनको नाम सूचीबाट हटाइएको थियो। साहको घरमा पूजापाठसमेत गरिएको थियो। साहले भने, ‘मन्त्री छनोट गर्दा पार्टीका निष्ठावान्, इमानदार कार्यकर्तामाथि न्याय गरेको देखिएन।’ 

जसपाबाट प्रदीप यादव, मिर्गेन्द्रसिंह यादव, रामबाबु यादव पनि मन्त्रीका आकांक्षी थिए। ‘अध्यक्षज्यू एउटा घेराबाट उठ्न सक्नुभएन। त्यो घेराबाट उठ्नुहुन्छ भन्ने हाम्रो चाहना थियो’, एक सांसदले गुनासो गरे। नेता मिर्गेन्द्रसिंहले भने, ‘हामीले मन्त्री छान्ने अधिकार पहिले नै अध्यक्षज्यूलाई दिइसकेका थियौं। अध्यक्षलाई अधिकार दिइसकेपछि उहाँले गरेको निर्णयमा प्रश्न उठाउन मिल्दैन।’
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ३ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस