हिटर बालेर सुतेका शिवनाथ गाउँपालिका–३ पुडिलका ३५ वर्षीय राजसिंह साउँदको मत्यु भएको छ। उनकै २० वर्षीया भतिजी सरिता बेहोस भएको प्रहरीले जनाएको छ। कुखुराको चल्लालाई तातो बनाउन बन्द कोठाभित्रै हिटर बालेर सुतेका दुवैजना बुधबार बिहान बेहोस अवस्थामा फेला परेका मृतकका दाइ चन्द्रले जानकारी दिए। राजसिंहको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि डडेल्धुरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
सरितालाई भने उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ। मृतक राजसिंहको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनाएको छ। राजसिंहले मंगलबार मात्रै धनगढीबाट कुखुराका चल्ला ल्याएका र खोर बन्न बाँकी रहेकाले कोठाभित्रै राखेका थिए।