वर्षौंदेखि कैलालीमै छ बाघ
१३ फागुन २०७७
•
५ मिनेट पाठ
वर्षौंदेखि कैलालीमै छ बाघ
अण्डैया क्षेत्रमा देखिएको बाघ । तस्बिर सौजन्य : गोविन्द शर्मा
फागुन २ गते गौरीगंगा नगरपालिका–५, अण्डैयाकी २५ वर्षीया कला धामीको पाटेबाघका कारण मृत्यु भएपछि साँच्चै यो बाघ कहाँबाट आयो भन्ने कौतुहलता जाग्न थालेको छ । धेरैले पाटेबाघ भारतको दुधुवा नेसनल पार्कबाट आएको हुनसक्ने अनुमान लगाउन थालेका छन् भने एकथरीले वर्षौदेखि कैलालीकै राष्ट्रिय तथा सामुदायिक वनमा पनि बाघ रहँदै आएको दावी गर्न थालेका छन् । तर, यसैबीच कैलालीमा पुस्तौदेखि बाघ रहँदै आएको संरक्षणकर्मीहरुले बताएका छन् ।




‘गौरीगंगाको अण्डैयामा बाघको आक्रमणबाट मानिसको मृत्यु भएपछि भने बाघ कहाँबाट आएको होला भन्ने सबैले आ–आफ्नो तर्क गर्न थालेका छन्,’ सामुदायिक वन समन्वय समिति मसुरियाका अध्यक्ष ओमप्रकाश सापकोटा भन्छन्,‘तर, बाहिरबाट आएको नभई कैलालीमै वर्षौदेखि बस्दै आएको बाघ घुम्दै सिकारको खोजीमा पुस्तौनी बाटोमै फर्केको हो ।’ आहाराको खोजीमा रहेको बाघ बसन्ता जैविक मार्गबाट सहायक मार्गहुँदै अण्डैया–तालबन्द–कान्द्रा राजघाट क्षेत्रमा आइपुगेको उनी बताउँछन् । ‘हामीकहाँ आइपुगेको बाघ भारतबाट नभई यहीँको जंगलमा वर्षौदेखि बस्दै आएको स्थानीय बाघ हो,’ उनले भने,‘बाघ जंगलमै रहने र आफ्नै एरियामा बस्ने भएकाले हामीले देखेका थिएनौ, तर यसपटक भने सिकारको खोजीमा पुस्तौनी बाटो भएर हिँड्दै गर्दा मान्छे मारेपछि भने बाहिरबाट आएको होला भन्ने अनुमान गरियो ।’ कैलालीको वसन्ता, राजघाट, अण्डैया, तालबन्द, डुडेझारी, बारावन र फलिया विसौनीमा बाघ पुस्तौदेखि बस्दै आएको उनी बताउँछन् । ‘यो क्षेत्र बाघको बासस्थान हो,’ उनले भने,‘तर यहाँ मानिसले नदेखेका कारण बाहिरबाट आएको हुनसक्ने अनुमान लगाए, त्यसो होइन ।’ बाघ कैलालीकै राष्ट्रिय र सामुदायिक वनमा वर्षौदेखि बस्दै आएको उनी ठोकुवा गर्छन् ।

पछिल्लो समयमा बाघ बस्ती नजिक देखिन थालेपछि भारतको दुधुवा नेसनल पार्कबाटै आएको हुनसक्ने आँकलन गरिन थालेपछि पुस्तौदेखि कैलालीकै जंगलमा बाघ बस्दै आएको संरक्षणकर्मीहरु जिकिर गर्छन् ।  
पछिल्लो समयमा बाघ बस्ती नजिकमा देखिन थालेपछि भारतको दुधुवा नेसनल पार्कबाटै आएको हुनसक्ने आँकलन गरिए पनि पुस्तौदेखि कैलालीकै जंगलमा रहेको राष्ट्रिय प्रकृति संरक्षण पुरस्कारबाट पुरस्कृत अर्का संरक्षणकर्मी विजय श्रेष्ठ बताउँछन् । ‘यो बाघ बाहिरबाट आएको नभई कैलालीकै बसन्ता क्षेत्रको बाघ हो,’ उनले भने,‘सिकारको खोजीमा कहिले अण्डैया, तालबन्द पुग्ने बाघ यसपालि भने मानिसमाथि आक्रमण गरेपछि बाहिरबाट आएको भन्ने आशंका स्थानीयले पालेका हुन्, त्यो होइन ।’ राष्ट्रिय निकुञ्ज र भारतको दुधुवा नेसनल पार्कमा मात्रै पाटेबाघ छन् भन्ने प्रमाण फेल भएको बताउँदै उनले भने,‘हामीले त वर्षौदेखि कैलालीमा बाघ छ भन्दै आएका थियौँ, तर कसैले पनि पत्याएका थिएनन्, अहिले प्रष्ट भएको छ ।’  राष्ट्रिय निकुञ्जबाहेक कैलाली जिल्लाको राष्ट्रिय तथा सामुदायिक वनमा वर्षौदेखि बाघ बस्दै आएको उनले दावी गरे । ‘बसन्ता क्षेत्रका स्थानीयले वर्षौदेखि वनमा बाघ रहेको देखेका थिए,’ उनले भने,‘तर, तराई भूपरिधी कार्यक्रमले आफ्नो क्यामेरा ट्रयापिङमा बाघ नदेखेपछि भने पत्याएको थिएन ।’ अहिले अण्डैया क्षेत्रमा बाघको फोटो कैद गर्न क्यामेरा थापिएको भए पनि बाघ राजघाट क्षेत्रमा पुगिसकेको बताउँदै सापकोटाले भने,‘हामीले पुरानै क्षेत्रमा क्यामेरा ट्रयापिङ गरेका छौँ, तर, बाघ भने आज राजघाट क्षेत्रमा पुगिसकेको खबर पायौँ, तसर्थ बाघको फोटो अहिलेसम्म कैद हुन सकेको छैन ।’  

पछिल्लो समयमा चोरी सिकारी नियन्त्रण हुनु, वनको अवस्थामा सुधार हुनु र बाघका लागि खुर प्रजातिका वन्यजन्तुमा वृद्धि हुँदा बाघको ‘मुभमेन्ट’ बढेको संरक्षणकर्मी श्रेष्ठ बताउँछन् । ‘बाघलाई मनपर्ने आहारा खुर प्रजातिका (मृग, चित्तल, बँदेल, निलगाई) जस्ता वन्यजन्तु बढेकाले सिकारका लागि डुल्दै गर्दा मानिसले देखेपछि बाघ यहाँ रहेको पत्यार लागेको छ,’ उनले भने,‘तर यो बाघ बाहिरबाट आएको नभई यसै क्षेत्रको हो ।’  

चोरी सिकारी नियन्त्रण, वनको अवस्थामा सुधार आएसँगै पछिल्ला वर्षहरुमा बाघको संख्या पनि वृद्धि भएको उनी बताउँछन् । ‘चोरी सिकारी नियन्त्रण हुनु र वनमा आहारा प्रजातिका लागि प्रसस्त वन्यजन्तु बढ्नु नै बाघको संख्यामा वृद्धि हुनु हो,’ उनले भने,‘तसर्थ पनि बाघ आफ्नो एरिया बनाउन अर्को ठाउँमा बसाइँ सरेको हुनसक्छ ।’  नयाँ वयस्क बाघहरु स्थानको खोजी गर्दै कैलालीकै एक वनबाट अर्को वनमा स्तान्तरण गरिरहेको हुनसक्ने उनी बताउँछन् । ‘बाघको पुख्र्यौली बासस्थान कैलालीको वसन्ता करिडोरसँगै जोडिएको सहायक जैविक मार्ग मोहनपुर–अण्डैया–तालबन्द–राजघाट क्षेत्र भएकाले यो क्षेत्रमा बाघ बसोबासका लागि पनि आएको हुनसक्छ,’ उनले भने, ‘यो क्षेत्रमा बाघ पहिल्यै थियो, बीचमा बाहिर गएको बाघ पुनः घना जंगल र आहारामा वृद्धि भएपछि स्थायी बासस्थान खोज्दै फर्केको छ ।’ गत माघ ३० गते कैलारी गाउँपालिकाको दुधियामा देखिएको बाघ दोस्रो दिन मसुरियाको बढैपुर जंगल हुँदै अण्डैया पुगेको थियो । बाघको पुस्तौनी बाटो र सिकार क्षेत्र रहेकाले विचरण गर्दै यहाँ आइपुगेको बाघ केही दिनदेखि यतै बसिरहेको बताउँदै डिभिजन वन कार्यालय कैलालीका डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलले भने,‘यो क्षेत्र बाघको पुस्तौदेखि बस्दै आएको ठाउँ हो, त्यही भएर पनि बाघ यहाँ घुमिरहन्छ ।’  

सुदूरपश्चिममा १९ बाघ !

सुदूरपश्चिम प्रदेशमा १९ वटा पाटेबाघ रहेको गणनाले देखाएको छ । बाघ गणना–२०१८ अनुसार सुदूरपश्चिम प्रदेशको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका जंगल (लालझाडी, वसन्ता करिडोर) क्षेत्रमा १९ वटा पाटेबाघ रहेका छन् । ‘बाघ गणनाअनुसार सुदूरपश्चिम प्रदेशमा १९ वटा पाटेबाघ रहेका छन्,’ विश्व वन्यजन्तु कोष (डब्लू डब्लू एफ) का संरक्षण कार्यक्रम प्रमुख शिवराज भट्टले भने,‘तिनै बाघ कहिले यता त कहिले उता आहाराको खोजीमा निस्केका हुनसक्छन् ।’ अण्डैया–तालबन्द–राजघाट क्षेत्र बाघको बासस्थानका लागि पुरानै ठाउँ भएका कारण पनि त्यहाँ बाघको ‘मुभमेन्ट’ हुनु नौलो कुरा नभएको उनी बताउँछन् ।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
५६ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस