‘संविधानमा सबै जातजाति र भाषीको अधिकार सुनिश्चित छ’
०७ फागुन २०७७
•
३ मिनेट पाठ
‘संविधानमा सबै जातजाति र भाषीको अधिकार सुनिश्चित छ’
‘बिहीबार लुंगालाई च्याब्रुङम नचाइन्छ,’ बरबोटेका अगुवा समाजसेवी मनराज जबेगुको साथीभाइसँगको जोस कम थिएन। उसो त लिम्बू समुदायका एक हुल पुरुष बिब्ल्याँटे बजाारमा बिहानैदेखि तागामा ठाँटिएर च्याब्रुङ घन्काउँदैथिए भने मेख्लीमा चिरिच्याट्ट महिला शिरबन्दी, कण्ठा र रेजीमा लय मिलाइरहेका थिए।  




उनीहरूको प्रतीक्षा थियो–आफ्नै निर्वाचन क्षेत्रबाट पटक–पटक निर्वाचित भएर राष्ट्रिय राजनीतिमा छवि बनाइसकेका संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङको। नेम्बाङलाई समेत च्याब्रुङमा नचाउन समाजसेवी जबेगु तारतम्य मिलाउँदै थिए। यतिबेला प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटनको कदममा नेम्बाङसमेत चर्चाको केन्द्र बिन्दुमा छन्। तर, इलाम नगरपालिका–५, बरबोटेमा बिहीबार नेम्बाङ सहभागी हुँदा न कुनै दलीय राजनीतिको गन्ध थियो न कुनै राजनीतिक कार्यक्रम नै। थियो त केबल, नेम्बाङकै पहलमा बनेको स्थानीयको साझा सम्पत्ति चुम्लुङ हिम (भवन)को उद्घाटनको उद्धेश्य।  

किरात याक्थुङ चुम्लुङमा आबद्ध सदस्यहरू आफ्नो संस्थाका संस्थापकमध्येका एक नेम्बाङलाई गाउँमा स्वागत गर्न बिहानैदेखि पर्खिरहेका देखिन्थे। जब नेम्बाङ कार्यक्रमस्थलभन्दा करिब ५ सय मिटर पर बिब्ल्याँटे बजारमा ओर्लिए, स्थानीयले आफ्नो सांस्कृतिक परम्पराअनुसारको संस्कृतिमा सजिएर च्याब्रुङ बजाउँदै नेम्बाङलाई कार्यक्रमस्थलतर्फ लगे।

कार्यक्रमस्थल पुगेपछि नेम्बाङले च्याब्रुङ बजाएरै चुम्लुङ हिम उद्घाटन गरे। नेम्बाङ लिम्बु समुदायकै व्यक्ति भएपनि उनको बोलीमा प्रायः मातृभाषाको लबज मिसिएको सुनिँदैन। र त, धेरैले अनुमान गर्छन्, उनी लिम्बू भाषा धेरै बोल्दैनन्, बुझ्दैनन्। तर, नेम्बाङले करिब ३५ वर्षअघि किरात याक्थुङ चुम्लुङ स्थापना गर्दाताकाको परिवेश स्मरण गरे।  

‘त्यतिबेला देशका विविध जातजाति, भाषाभाषीको संरक्षण गर्नुपर्छ भनेर चुम्लुङ स्थापना गर्दा पक्राउ परेको झल्झली याद छ,’ नेम्बाङले सम्झिए, ‘काठमाडौं सहरभन्दा अलिमाथिको डाँडामा बसेर हामी पूर्वका केही साथीहरूले यो संस्था स्थापनाको खाका बनाएका थियौं, त्यतिबेला हामीलाई साम्प्रदायिक विचलनको आरोपमा पक्राउ गरिएको थियो।’ नेम्बाङले अहिले नेपाली समाज सबै जातजाति, भाषाभाषीले अपनत्व अनुभूत गर्ने अवस्थामा आइसकेको बताए। ‘मैले नै नेतृत्व गरेको संविधानसभाले निर्माण गरेको संविधानले सबै जातजाति र भाषाभाषीको अधिकार संरक्षण सुनिश्चित गरेको छ,’ उनले भने, ‘लामो समयदेखिको लडाइँ ऐतिहासिक उपलब्धिका रूपमा आएको छ।’ नेम्बाङले बरबोटेमा निर्माण भएको यही साझा चुम्लुङ हिम पनि सांस्कृतिक सहिष्णुताको नमुना भएको बताए। स्थानीय समाजसेवी गोविन्द पौडेलले गाउँमा निर्माण भएको चुम्लुङ हिम सबैको साझा भएको बताए। ‘यो भवन किरात याक्थुङ चुम्लुङको अगुवाइमा बनाएकाले उसकै मात्र सम्पत्ति हो भन्ने हामीले बुझ्नुपर्दैन,’ पौडेलले भने, ‘यो हामी सबैको सहकार्यमा बनेको साझा सम्पत्ति हो। सबै मिलेर यसको उपयोग गर्नुपर्छ। निर्माणकर्ताको मुख्य ध्येय पनि त्यही छ। यसले सांस्कृतिक सहिष्णुता अझ बलियो बनाएको छ।’  

संघीय सरकारको ३० लाख तथा इलाम नगरपालिकामार्फत् १ नम्बर प्रदेश सरकार, मेची पर्यटन प्रवद्र्धन तथा विकास समितिको १०/१० लाख र सुपरमाई जलविद्युत् आयोजनाको २० लाख रूपैयाँ सहयोगमा चुम्लुङ हिम निर्माण भएको निर्माण समिति संयोजक सटेन्द्रकुमार लिम्बूले जानकारी दिए। ‘बरबोटेबासीको साझा सम्पत्तिका रूपमा भवन प्रयोेग गरिनेछ,’ उनले भने, ‘स्थानीयले दान दिएकोसहित १ रोपनी जमिनमा बनेको भवन विभिन्न सभा–समारोह आयोजना गर्न उपयोगी बन्नेछ।’
अर्को समाचार
११ जातिका घर एउटै गाउँमा
०६ चैत्र २०८०
•
२ मिनेट पाठ
११ जातिका घर एउटै गाउँमा
चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा विभिन्न जातजातिका घर  अवलोकन गर्न पाइने भएको छ। यहीँ चैत ९ देखि १८ गतेसम्म हुने प्रथम आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारी महोत्सवमा विभिन्न ११ जातजातिका घरहरुको अवलोकन गर्न पाइने भएको हो।  




नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् चितवनले आयोजना गर्न लागेको महोत्सव स्थलमा यतिखेर धमाधम अस्थायी संरचना निर्माणको काम भइरहेको छ। महोत्सवमा आदिवासी जनजातिको पहिचानलाई स्थापित गराउन महोत्सवस्थलभित्रै गाउँ निर्माण गरिएको सांस्कृतिक घर निर्माण उपसमितिका संयोजक सञ्जय कुमालले जानकारी दिए।  

उनका अनुसार  सबै आदिवासी जनजातिलाई समेटेर सांस्कृतिक एवं परम्परागत घरमार्फत पहिचान दिलाउने गरी गाउँ निर्माण गरिएको हो। हालसम्म चितवनमा १७ जनजाति समुदाय सङ्गठित भएर जनजाति महासङ्घमा आबद्ध छन्। तिनैमध्ये कम्तीमा ११ जातजातिका घर महोत्सवस्थलमा निर्माण हुने आयोजकले जनाएको छ।

महोत्सव मूल समारोह समितिका संयोजक महेन्द्र दुराका अनुसार आदिवासी जनजाति समुदायको विषयमा अध्ययन तथा अनुसन्धान गर्ने अनुसन्धातालाई सघाउ पुग्ने गरी महोत्सवस्थलमा आदिवासी जनजातिका घर निर्माण गरिएको हो। महोत्सवस्थलमा निर्मित आदिवासी जनजाति समुदायको गाउँले पुरानो पुस्तालाई भन्दा पनि नयाँ पुस्तालाई आकर्षित गर्ने विश्वास लिइएको छ।  

परिवर्तित समयसँगै आदिवासी जनजाति समुदायका मौलिक परम्परा हराउँदै गएको अवस्थामा नयाँ पुस्तालाई आफ्नो जाति र समुदायबारे परिचित गराउन पनि आदिवासी जनजातिका गाउँले फरक अनुभूति दिलाउने भरतपुर महानगरपालिका–११ नौरङ्गेकी नुरमायाँ कुमाल बताए।

नुरमायाले भने, ‘आदिवासी जनजाति समुदायकोे मौलिक परम्परा हराउँदै गएको अवस्था छ, पुरानाभन्दा पनि नयाँ पुस्तालाई आफ्नो समुदायबारे परिचित गराउन आवश्यक छ, महोत्सवस्थलमा बनेका विभिन्न जातजातिका घरले समुदायको पहिचानसँगै फरक अनुभूति  दिलाउनेछ।’

महोत्सवमा निर्मित घर देख्दै गर्दा आधुनिक संरचनालाई पनि मौलिकता झल्किने गरी निर्माण गर्न सकिने महसुस गराएको उनको भनाइ छ। जनजाति परिसरकै कारण चितवनमा हुँदै आएका अन्य मेला महोत्सवभन्दा बिल्कुलै फरक हुने आयोजकको भनाइ छ।  

चितवनमा थारू, चेपाङ, तामाङ, गुरुङ, मगर, नेवार, कुमाल, दरै, दुरा, थकाली, ह्योल्मो, राई, लिम्बू तथा भुजेलसहित १७ आदिवासी जनजाति समुदाय बसोबास गर्दछन्। ती सबैलाई एकै ठाउँमा समेटिने गरी महोत्सव आयोजना गर्न लागिएको हो। यसबाहेक जिल्लामा उत्पादन भएका वस्तुको बजारीकरणमा समेत टेवा पुग्नेगरी महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३१ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
यो पनि पढौँ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस