राजापुर नगरपालिका प्रमुखको निर्देशनमा नगरपालिका कार्यालयको कामकाज तीन दिनदेखि ठप्प भएको छ । आफूअनुकूल प्रमुख प्रशासकीय अधिकृत सरुवा नगरेको झोँकमा नगरप्रमुख शिवप्रसाद थारूले काठमाडौंमा बसेर कार्यालयमा काम नगर्न कर्मचारीलाई निर्देशन दिएको खुलेको हो ।
नगरप्रमुखको निर्देशन पालना गर्दै नगरपालिकाअन्तर्गत शाखाप्रमुख कार्यालयमा उपस्थित भएका छैनन् । प्रशासनप्रमुख खड्गबहादुर वली र लेखाप्रमुख वसन्त मल्ललाई साथ लिएर नगरप्रमुख थारुले अन्य कर्मचारीलाई कार्यालयमा हाजिर गर्न नदिएको कर्मचारीहरू बताउँछन् । कार्यालयको कामकाज तीन दिनदेखि ठप्प हुँदा सेवाग्राहीलाई मर्का परेको भन्दै स्थानीयले गुनासो गरे । हाजिरीपुस्तिका लिएर लेखाप्रमुख र प्रशासनप्रमुख अनुगमनको बहानामा नेपालगञ्जतिर घुमफिर गरिरहेको स्रोतको दाबी छ । नगरपालिकाभित्रका आधा दर्जन शाखाप्रमुख अधिकतर कार्यालय नआएको तीन दिन भएको एक कर्मचारीले बताए ।
नेकपा नेपाल–दाहाल समूहको आन्दोलनलाई समर्थन गर्न काठमाडौं गएका राजापुर नगरपालिकाप्रमुख शिवप्रसाद थारुले कार्यालय नआएर कर्मचारीलाई काम नगर्न दबाब दिएका हुन् । उता नेपाल–दाहाल समूहको आन्दोलनलाई सशक्त बनाउन कार्यालयको स्रोतसाधन दुरुपयोग गरेको भन्दै नगरप्रमुख थारू र उपप्रमुख मनकला चौधरीको विरोधमा प्रतिपक्षका जनप्रतिनिधिले आन्दोलनको तयारी गरिरहेको स्रोतले जानकारी दिएको छ ।
यतिबेला आफूअनुकूल प्रमुख प्रशासकीय अधिकृत नहुँदा यसअघि भएका गलत काम सार्वजनिक हुने हुन् कि भन्ने मनोत्रासमा नगरप्रमुख थारू रहेको एक वडाध्यक्षले बताए । नेकपाभित्र भएको फुटपछि नगरप्रमुख थारू र उपप्रमुख चौधरीलाई नेपाल–दाहाल समूहको आन्दोलन सशक्त बनाउन नगरपालिकाको स्रोतसाधन दुरुपयोग गरेको आरोप लागेको छ ।
जिल्लाभित्र हुने आन्दोलनका लागि नगरपालिकाको स्रोतसाधन प्रयोग गरेकाले नगरपालिकाले आर्थिक भार व्योहोर्न परेको भन्दै कांग्रेसका समर्थक पनि नगरप्रमुख र उपप्रमुखदेखि रुष्ट छन् । नगरप्रमुख र उपप्रमुखको धम्की र मानसिक यातनापछि कर्मचारी आतंकित भएको उनीहरूको भनाइ छ । दुई वर्षअघि देखि कार्यरत प्रमुख प्रशासकीय अधिकृतले खुलेर माओवादी समर्थक अभिव्यक्ति दिँदासमेत विरोध नजनाएको राजापुर नगरपालिका–४ का अध्यक्ष रमन रेग्मीले बताए । ‘२० जना कार्यपालिकामा कांग्रेसका १५ जना छन्,’ वडाध्यक्ष रेग्मीले भने, ‘तत्कालीन हाकिम वसन्तराज अधिकारी माओवादी हुँ भन्दा हामी चुप लाग्यौं, विरोध गर्दा सेवाग्राही मर्कामा पर्छन् भनेर विरोध भएन, मन्त्रालयले सिनियर शाखा अधिकृत पठाउँदा हाजिर हुन नदिने धम्की दिने नगरप्रमुखको कस्तो रवैया हो ?’
स्रोतका अनुसार नेपाल–दाहाल पक्षधर नगरप्रमुख थारूले आन्दोलनको नाममा लाखौं रुपैयाँ खर्च गरेको र बिल भर्पाई मिलाउन असहज हुने भएपछि नगरप्रमुख थारू र उपप्रमुख चौधरीको मिलेमतोमा कार्यालयको कामकाज ठप्प पार्न उर्दी गरेको स्रोतको दाबी छ । राजापुर नगरपालिकाको अनियमिततामा नगप्रमुख, उपप्रमुख, लेखा अधिकृत मल्ल र प्रशासन प्रमुख वलीको मिलेमतोमा कागजी विकास भएको देखाएर नीतिगत भ्रष्टाचार गरेको आरोप छ । ‘कार्यालय प्रमुख हाजिर हुन नदिने गरी सर्कुलर गर्नुको नियत के हो ?’ अर्का वडाध्यक्षले भने, ‘विकासप्रेमी परिचित अधिकृतले काम गर्न सरुवाको चलखेल गर्नु कस्तो विडम्बना हो ।’ उनका अनुसार राष्ट्रसेवक कर्मचारीको नैतिक आँच आउने काम गर्ने नगरप्रमुखले कि आफैं प्रमुख प्रशासकीय अधिकृत नियुक्त गर्नुपर्ने हो । खर्च सार्वजनिक हुने हो कि भन्ने मनोत्रास रहेकाले नगरप्रमुख र उपप्रमुख नयाँ प्रमुख प्रशासकीय अधिकृतविरुद्ध खनिएका वडाध्यक्षको आरोप छ ।
कर्मचारीका अनुसार पहिलेका प्रमुख प्रशासकीय अधिकृत चिरिञ्जीवी गिरी र लालबहादुर योगीलाईसमेत नगरप्रमुख थारूले पटकपटक मानसिक दबाब दिँदै आएका कारण सरुवा मागेर गएको आरोप नगरप्रमुख थारुलाई लागेको अर्को आरोप हो । सो नगरपालिकामा १० वटा वडा छन् । त्यसमध्ये ७ वटा कांग्रेसका प्रतिनिधिले जितेका छन् ।
कार्यपालिकामा २० जनामा १५ जना कार्यपालिका सदस्य कांग्रेसका जनप्रतिनिधि छन् । बहुमत कार्यपालिका नयाँ प्रमुख प्रशासकिय अधिकृत पक्षमा देखिएका छन् भने नगरप्रमुख र उपप्रमुख नयाँ प्रमुख प्रशासकीय अधिकृतको विरोधमा छन् ।