सामाजिक सुरक्षा भत्ताले ज्येष्ठ नागरिक खुसी
०१ फागुन २०७७
•
२ मिनेट पाठ
सामाजिक सुरक्षा भत्ताले ज्येष्ठ नागरिक खुसी
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिकाका सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिक खुसी भएका छन्। कोरोना कहरले समस्या भएको भन्दै ज्येष्ठ नागरिकलाई घरैमा भत्ता दिनु भन्ने गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाको निर्देशनपछि गाउँपालिकाका सबै वडा कार्यालयले अहिले घरैमा सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालेपछि उनीहरू खुसी भएका हुन्। 




गाउँपालिकाको छवटै वडाका ज्येष्ठ नागरिकलाई घरैमा भत्ता दिनु भन्ने निर्देशन दिइएको छ। गाउँपालिकाभर कम्तिमा तीन हजारको सङ्ख्यामा सामाजिक सरक्षा, एकल तथा वृद्ध भत्ता पाउने नागरिक छन्। वृद्ध उमेर तथा कोरोना कहरले घरबाट बाहिर निस्किन नसकेका तथा वडा कार्यालयमा आउँदा जाँदा दिनभरी हिड्न बाध्य हुने ज्येष्ठ नागरिकलाई घरैमा भत्ता दिन थालिएपछि यहाँका ज्येष्ठ तथा एकल महिलामा खुशियाली छाएको जोरायल गाउँपालिका–६ निरौलीका स्थानीय चक्रबहादुर बोहराले बताए।  

घरैमा आएर सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालेपछि आफूहरूलाई निकै राहत भएको वडा नं ५ गड्सेराकी ७५ वर्षीया महिला सञ्जा पातलीले बताए। उनी जस्तै सहाराविहीन भएका एकल महिला, वृद्धवृद्धालाई सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता घरैमा पाउन थालेपछि निकै खुसी हुँदै धन्यवादसमेत दिन थालेका छन्। कोरोना जोखिमबाट जोगिन सम्पूर्ण सावधानी अपनाउँदै यहाँका जनप्रतिनिधि, कर्मचारीसहित आफैँ खटिएर भत्ता वितरण गर्दै आएका छन्। 

वडाभरीमा रहेका सामाजिक सुरक्षा भत्ता पाउँदै आएका वडावासीलाई रकम अभावमा समस्या भएको जानकारी आएपछि घरैमा सामाजिक सुरक्षा भत्ता वितरण गरिन थालिएको वडा नं ५ को कार्यालय गड्सेराले जनाएको छ। जिल्लासहित उक्त वडाभरीमा कारोना जोखिम कायमै रहेका उक्त वडाका वृद्धवृद्धा तथा एकल महिलालाई वडा कार्यालयसम्म आएर सामाजिक सुरक्षा भत्ता लिन गाह्रो भएको भन्ने खबर आएपछि आफूहरुले सो कदम चालेको वडाध्यक्ष ध्वजबहादुर देउवाले बताए।  

वडाध्यक्ष देउवाले घरमै आएर वृद्ध तथा एकल महिला भत्ता दिन थालेपछि सो वडाका ज्येष्ठ नागरिकलाई दुःख हट्नुका साथै सहयोगसमेत मिलेको र वडाध्यक्ष देउवालाई धन्यवादसमेत दिन थालेको स्थानीयवासी तथा महेन्द्र आधारभूत निमाविका शिक्षक प्रकाश रावलले बताए। उक्त वडामा मात्रै कम्तीमा पनि ८०० जनाको हाराहारीमा सामाजिक सुरक्षा भत्ता लिने व्यक्ति रहेको बताइएको छ। रासस
अर्को समाचार
राक्सिराङमा ज्येष्ठ नागरिकलाई घरमै उपचार सेवा
१४ वैशाख २०८१
•
२ मिनेट पाठ
राक्सिराङमा ज्येष्ठ नागरिकलाई घरमै उपचार सेवा
ज्येष्ठ नागरिक जितबहादुर मोक्तानको उपचार गर्दै स्वास्थ्यकर्मी। तस्बिर: नागरिक
मकवानपुरको राक्सिराङ गाउँपालिका-२ सुनारीका ७१ वर्षीय जितबहादुर मोक्तान घरमै स्वास्थ्य उपचार पाएपछि खुसी छन्। अत्यधिक खोकी र ज्वरोले एक हप्तादेखि थल्लिएर घरमै सुतिरहेको खबर पाएपछि राक्सिराङ गाउँपालिकाको स्वास्थ्यकर्मीको टोली उनको ओछ्यानमै पुगेर उपचार गरेको हो।




राक्सिराङ गाउँपालिकाले सुरु गरेको एकीकृत घुम्ती सेवा शिविरअन्तर्गत स्वास्थ्यकर्मीको टोली असक्त, अपांग र ज्येष्ठ नागरिकको उपचारका लागि घरघरमै पुगेको हो।

चार छोरी विवाह गरेर आफ्नै घर गएपछि सानो घरमा पतिपत्नी मात्रै बस्दै आएका मोक्तानलाई स्वास्थ्यकर्मी टोलीले स्लाइन पानी दिनुका साथै निःशुल्क औषधि समेत वितरण गरेको थियो। सिकिस्त बिरामी भएर सुतिरहेको अवस्थामा घरमै आएर उपचार गरिदिएकोमा उनले पालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई धन्यवाद व्यक्त गरे।

‘दम बढेर हो कि के भो, ६/७ दिनदेखि निकै गाह्रो बनायो। एक्कासि डाक्टरको टोली ओछ्यानमै आइपुग्दा सुरुमा त अचम्म लाग्यो,’ मोक्तानले भने, ‘यसरी घरघरमै आएर उपचार गरिदिएकोमा खुसी लागेको छ। मजस्तै सबैले उपचार पाउन सकून्।’

यस्तै उच्च रक्तचापको समस्याका कारण केही दिनदेखि घरमै थला परिरेकी राक्सिराङ–१ की ८७ वर्षीया राममाया बल स्वास्थ्यकर्मीको सल्लाह र निःशुल्क औषधि पाएपछि खुसी देखिन्थिन्। उनले स्वास्थ्यकर्मीको सल्लाह बमोजिम औषधि खाने प्रतिबद्धता जनाउँदै घरमै आएर उपचार गरेकोमा खुसी लागेको प्रतिक्रिया दिइन्।

‘राक्सिराङ डाँडापाखा छ। बजारसम्म औषधिमुलो गर्न जान पनि सकसै छ,’ बलले भनिन्, ‘कम्तीमा महिनाको एक पटक गाउँपालिकाको डाक्टरको टोली यसरी घरघरमा आयो भने हामीलाई धेरै राहत हुन्थ्यो।’ शिविरको पहिलो दिन मोक्तान र बलजस्तै घरमै थलिएर बसेका राक्सिराङ–१ र २ का ६ जनालाई घरमै पुगेर उपचार गरिएको छ।

स्वास्थ्यकर्मी पुगेको घरघरमा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष वनस्तम थिङ, प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलासहित सम्बन्धित वडा अध्यक्ष पोसिलो खानेकुरा बोकेर पुगेका थिए। गाउँपालिकाका अध्यक्ष मल्लले शिविर र घरदैलोका क्रममा जटिल समस्या देखा परेकाहरूको थप उपचारमा गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए।

‘ज्येष्ठ नागरिक हाम्रा अमूल्य सम्पत्ति हुन्। आर्थिक अभाव र विभिन्न कारणले घरमा थला परेर बसेकाहरूको घरघरमै पुगेर उपचार गराउने क्रम जारी छ। यो अभियानलाई अझ प्रभावकारी तवरले कसरी सञ्चालन गर्न सकिन्छ भन्ने सोचिरहेका छौं,’ अध्यक्ष मल्लले भने। यस विषयमा आगामी दिनमा छलफल गरेर अघि बढ्ने उनले बताए।

आर्थिक अभाव र भौगोलिक विकटताका कारण राक्सिराङका धेरै अशक्त र ज्येष्ठ नागरिक रहेकाले उनीहरूका लागि थप योजनाबद्ध काम गर्नुपर्ने अवस्था रहेको पालिका उपाध्यक्ष वनस्तम थिङको भनाइ छ। पालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरले धेरै हदसम्म राहत मिलेको उनको विश्वास थियो।
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २४ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock २ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस