हामीले नबोले कसले बोल्छ ?
०१ फागुन २०७७
•
३ मिनेट पाठ
हामीले नबोले कसले बोल्छ ?
‘बलात्कारी खुलेआम बलात्कृत गुमनाम, बलात्कारको घटना दिनदिनै बढ्दैछ तर गृहमन्त्री भन्छ नेपालमा कम छ । ए हजुर एउटा प्रश्न गर्न पाइन्छ हामीलाई सास फेर्न कसको अनुमति चाहिन्छ ?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर कलेजका छात्राले महिला हिंसा र विभेदविरुद्धको आन्दोलनअन्तर्गत शुक्रबार राजधानीमा प्रदर्शन गरेका छन् ।




प्रदर्शनका लागि उनीहरू वसन्तपुरमा कालो पहिरनमा भेला भएका थिए । सबैका हातमा महिला हिंसा र विभेदविरुद्ध लेखिएका प्लेकार्ड थिए । उनीहरूको आँखामा कालोपट्टी र मुखमा कालो मास्क थियो । अनुहार पनि मलिन थियो । प्रदर्शनमा सहभागी पूजा साहले नेपालमा बलात्कारका घटना बढिरहे पनि सरकारले बलात्कारीलाई कारबाही गर्न नसकेको भन्दै दुःख व्यक्त गरिन् । उनी सिए अध्ययन गर्छिन् । तर उनलाई कतै आफू पनि हिंसामा परिने हो कि भन्ने डर छ ।  

देशमा महिलामाथि हुने शोषण, हिंसा, बलात्कारका घटना बढेका छन् । शासकहरूको बोली, शब्द र संकेतसमेत बलात्कारलगायतका हिंसाको कारक रहेको तर्क उनले गरिन् ।  

तर बलात्कारीलाई कारबाही गर्नुको साटो गृहमन्त्रीले नेपालमा बलात्कारका घटना कम छन् भन्दा हामीलाई पीडा हुन्छ,’ हातमा ‘बलात्कारको घटना दिनदिनै बढ्दैछ तर गृहमन्त्री भन्छ नेपालमा कम छ’ भन्ने लेखिएको प्लेकार्ड बोकेकी उनले भनिन्, ‘कहिलेसम्म हामी शोषणमा बस्ने ? हामीलाई सास फेर्न पनि मुस्किल छ । देशमा हालसम्म ११ हजार रेप केस भएकोमा आजीवन कारावासको सजाय ७ जनालाई मात्र भएको छ । दण्ड र अपराधका घटनाको अनुपात आकाश जमिनको फरक छ ।’

भक्तपुरकी प्रार्थना थापा काठमाडौं स्कुल अफ लकी चौथो वर्षकी छात्रा हुन् । उनलाई सरकारले ४० वर्षमुनिका महिलालाई भिजिट भिसामा विदेश जाँदा घरपरिवार, वडा तथा स्थानीय सरकारको सिफारिस लिनुपर्ने व्यवस्था गर्न लागेको विषयले पोलेको छ । उनी महिलामाथि अंकुश लगाउने पड्यन्त्रका रुपमा यस्तो व्यवस्था गर्न लागिएको बताउँछिन् । यसैकारण आफू सांकेतिक प्रदर्शनमा सहभागी भएको उनले बताइन् । कालो रङको पहिरन लगाएकी उनको हातमा ‘बलात्कारी खुलेआम बलात्कृत गुमनाम’ लेखिएको प्लेकार्ड थियो । ‘महिलाले कति दबिएर बस्नुपर्ने अझै, कति अन्याय अझै हामीले सहनुपर्ने,’ २३ वर्षकी प्रार्थनाले प्रश्न गरिन्, ‘हामीले नबोले अब कसले बोल्छ । हामी महिलामाथि हुनै सबै किसिमका हिंसा र विभेदविरुद्धको आन्दोलनमा सहभागी हुन आएका हौं । सरकारले महिला हिंसा र लैंगिक विभेद रोक्न कडा कानुन बनाउनुपर्छ, दोषीलाई कारबाही गर्नुपर्छ । राज्यले नै महिला र पुरुषबीच असमान कानुन ल्याउने प्रस्तावको विरोधमा हामी एकजुट भएका हौं ।’  

झापाकी रचना खरेल पेसाले शिक्षिका हुन् । हाल गल्फुटार बस्दै आएकी उनी पनि प्रदर्शनमा कालो पहिरनमा थिइन् । उनले हातमा बोकेको प्लेकार्डमा ‘ए हजुर एउट प्रश्न गर्न पाइन्छ हामीलाई श्वास फेर्न कसको अनुमति चाहिन्छ’ भन्ने नारा लेखिएको थियो । ‘बलात्कारीलाई सरकारले उमेरकैद सजाय तोक्नुपर्छ । नेताको बलमै छुट्ने गलत कामको अन्त्य हुनुपर्छ,’ उनले भनिन्, ‘म त शिक्षिका हुँ । विद्यार्थीलाई मैले महिला हिंसाविरुद्ध आवाज उठाउनुपर्ने शिक्षा दिन्छु । म आन्दोलनमा नआएर कसरी चुप लागेर बस्न सक्छु र ?’ महिलाले पनि देशमा समान रुपमा अधिकार पाउनुपर्छ, स्वतन्त्र रुपमा बाँच्न पाउनुपर्छ । विभेदकारी नीति अन्त्य हुनुपर्छ भन्ने भन्ने माग हाम्रो छ ।’

विभिन्न कलेजका छात्राहरू महिला हिंसा र विभेदविरुद्ध नारा लेखिएका प्लेकार्ड बोकेर वसन्तपुरदेखि गर्दै सिंहदरबारसम्म पुगेका थिए । सिंहदरबार अघि पुगेर उनीहले केहीबेर नाराबाजी गर्दै सरकारालाई खबरदारी गरेका थिए ।
अर्को समाचार
बलात्कारीलाई सात वर्ष कैद फैसला
२६ चैत्र २०७७
•
१ मिनेट पाठ
बलात्कारीलाई सात वर्ष कैद फैसला
उन्नाइस वर्षीया युवतीलाई बलात्कार गर्ने युवालाई जिल्ला अदालत बागलुङले सात वर्ष कैद सजाय फैसला गरेको छ। बागलुङको ताराखोला गाउँपालिका–२ का २१ वर्षीय रेशम वनलाई जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको बुधबारको इजालासले बलात्कार कसुर ठहर गर्दै सात वर्ष कैद सजाय फैसला गरेको हो। 




कैदसँगै वनले पीडित युवतीलाई ८० हजार रकम क्षतिपूर्तिसमेत दिनुपर्ने फैसला गरेको जिल्ला अदालत बागलुङका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले जानकारी दिए। विसं २०७७ असार १७ गते ती युवतीलाई बलात्कार गरेको अरोपमा वनलाई प्रहरीले असार १८ गते पक्राउ गरेको थियो। 

प्रहरीले अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिलको कार्यालयमार्फत साउन ११ गते जिल्ला अदालत बागलुङमा जबर्जस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरेको थियो। वन जिल्ला अदालत बागलुङको साउन १२ गतेको आदेशले हालसम्म जिल्ला कारागार बागलुङमा पुर्पक्षका लागि थुनामा रहेका थिए। रासस
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २८ सेकेन्ड अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस