यौनहिंसाका घटना बढ्न थालेपछि किशोरीलाई आत्मरक्षा तालिम
२९ माघ २०७७
•
२ मिनेट पाठ
यौनहिंसाका घटना बढ्न थालेपछि किशोरीलाई आत्मरक्षा तालिम
महिला तथा किशोरीको आत्मरक्षाका लागि आठबिस नगरपालिकाले ‘आत्मसुरक्षा तालीम’ सञ्चालन गरेको छ। पछिल्लो समय बलात्कार र यौनहिंसाका घटना बढ्न थालेपछि महिला तथा किशोरीले कठिन परिस्थितिमा आफूलाई कसरी सुरक्षित राखेर प्रतिद्वन्द्वीसँग मुकाबिला गर्ने कलाकौशल तालिममा सिकाइएको नगरपालिकाले जनाएको छ।




नगरपालिकाले १७ सामुदायिक विद्यालयका ६६ बालिका तथा किशोरीलाई आत्मरक्षा तालीम दिएको अभियान्ता सजना सुनारले जानकारी दिए। तालिममा बालिका तथा किशोरीहरुलाई गलत नियतले हात समाते, पछाडिबाट अङ्गालो हाल्न खोजे, कपाल समाते, बलात्कार वा यौनहिंसाको प्रयास गर्न खोजे हिंसाबाट जोगिन सातवटा आत्मसुरक्षाका उपाय सिकाइएको उनले बताए।

यो तालीमबाट एक्लै हिँडडुल गर्दा कसैले जबरर्जस्ती गर्न खोजे त्यसबाट बच्ने उपाय सिकाइएको र यसबाट किशोरीहरुको आत्मबल बढने विश्वास लिएको उनले बताए। नगरपालिकाले स्कुले बालिका तथा किशोरीलाई लक्षित गरेर तालिम सञ्चालन गरिएको थियो। पहिलो चरणमा सामुदायिक विद्यालयका बालिका तथा किशोरीलाई आत्मसुरक्षाको सीप सिकाएको आठबिस नगरपालिकाका उपप्रमुख दीपा बोहराले जानकारी दिईन्।

'बालिका तथा किशोरी आफन्त, छिमेकी तथा नातेदारबाटै असुरक्षित भएकाले आत्मसुरक्षाका लागि तालीम दिएका हौं', उनले भने, 'आत्मरक्षा तालिम लिएका किशोरी विद्यालयका अन्य छात्रालाई पनि सिकाउने छन्।' आत्मविश्वासको कमीले बालिका, किशोरी र महिला बलात्कारको शिकार हुने हुँदा आत्मविश्वास जगाइ आत्मरक्षा गर्ने विधि तालीममा सिकाइएको छ।  

तालीममा सहभागी किशोरीले तालीमपछि आफूहरुमा आत्मविश्वास बढेको र सुरक्षित भएको महसुस गरेको बताएका छन्। 'तालीम अगाडि कसैले हामीलाई बलात्कार वा यौनहिंसा गर्न खोजे के गर्ने होला भनेर चिन्ता लाग्थ्यौं। तालीम लिएपछि आत्मबल बढ्यो। बच्न तरिका पनि सिक्यौं', जनज्योति माविकी छात्रा निशा शाहीले भने।  

यौनहिंसा तथा दुव्र्यवहारको प्रयास गरे प्रतिकार गर्न यो तालिमले आफूलाई एक्लो छैनौं भन्ने विश्वास बढाएको छ। शाही मात्र होइनन्, तालीममा सहभागी किशोरी कमला माझीको पनि उस्तै बुझाइरहेको छ। बलात्कारको प्रयास गर्ने व्यक्तिको आँखामा दबाब दिने, संवेदनशील अङ्गमा प्रहार गर्ने तालीमबाट सिकेका छौ। 'तालीम पश्चात आत्मविश्वास बढेको छ, सुरक्षित महशुस गरेका छौ', उनले भने।  

जिल्लामा ६ महिनायता सात वटा बलात्कार र यौनहिंसाका घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन्।  केही व्यक्तिलाई हिरासतमा राखी अनुसन्धान भइरहेको र केही व्यक्तिलाई पूर्पक्षको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।  

आत्मसुरक्षा सीपसँगै बालिका तथा किशोरीलाई बाल अधिकारका बारेमा समेत जानकारी दिइएको छ। बाल विवाहबारे कानूनी प्रावधान, सानै उमेरमा विवाह गर्दा आइपर्ने समस्या तथा छाउपडी प्रथा, जातीय विभेदबारे कानूनी प्रावधानका बारेमा समेत जानकारी दिइएको नगरपालिकाले जनाएको छ। रासस
अर्को समाचार
हिंसा न्यूनीकरण गर्न किशोरीलाई आत्मरक्षा तालिम
२४ माघ २०८०
•
२ मिनेट पाठ
हिंसा न्यूनीकरण गर्न किशोरीलाई आत्मरक्षा तालिम
आत्मरक्षा तालिम लिँदै किशोरी। तस्बिर : नागरिक
जुम्लाको गुठीचौर गाउँमा महिला हिंसा न्यूनीकरण गर्ने उद्देश्यले ३८ जना किशोरीलाई आत्मरक्षा तालिम प्रदान गरिएको छ।




महिलामाथि हुने बलात्कार, जबर्जस्ती करणी, कुटपिट जस्ता घटना मौलाउँदै गएका बेला जुम्लाको गुठीचौर गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा किशोरीलाई तीनदिने आत्मरक्षा तालिम दिइएको हो।  

आइतबारदेखि सञ्चालन गरिएको किशोरीलाई आत्मरक्षा तालिम मंगलबार सकिएको छ। महिला तथा किशोरीमाथि अझै पनि हाम्रो समाजमा धेरै घटना हुने गरेकाले त्यसको अन्त्यका लागि यो तालिमले धेरै कुरा सिकाएको गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले बताए। उनले भने, ‘बालिका, किशोरीदेखि महिलामाथि हुने दुव्र्यवहार अन्त्य गर्न आफूले सिकेर मात्र होइन, सिकेका कुरालाई अन्य साथीलाई सिकाउन सके राम्रो प्रभाव पर्छ।

आत्मरक्षा तालिममा १ देखि ५ वडाभित्र किशोरीको सहभागिता रहेको महिला तथा बालबालिका शाखा प्रमुख सुस्मिता थापाले बताइन्। उनका अनुसार किशोरीको सुरक्षा र आत्मरक्षा सीप विकासका लागि गाउँपालिकाले पालिकाभित्रका किशोरीलाई आत्मरक्षा तालिम प्रदान गरेको थियो।

महिला हिंसाबाट बच्न, हिंसाको प्रकारबारे सचेतना फैलाउन र आफूमाथि आक्रमण भएमा कसरी प्रतिरक्षा गर्ने भन्ने विषयमा पहिलो चरणमा गाउँपालिकाभित्रका किशोरीलाई शारीरिक तथा सैद्धान्तिक तालिम प्रदान गरिएको गाउँपालिका उपाध्यक्ष शान्तिकुमारी (मल्ल) भण्डारीले बताइन्।

महिला हिंसा हुनुको कारण, कानुनी उपचार र घटना भइहाले कसरी न्यायका लागि लड्न सकिन्छ भन्ने विषयमा बालिका तथा किशोरीलाई शारीरिक तथा मनोवैज्ञानिक परामर्श प्रदान गरिएको हो। तालिममा सहभागी किशोरीमध्ये एक गुठीचौर ५ की विन्दु धितालले भनिन्, ‘अप्ठ्यारो परेका बेला आफ्नो सुरक्षा आफैं कसरी गर्ने भनेर सिक्दै छु। यहाँ सिकेपछि घरवरपरका साथीहरुलाई पनि मैले सिकाउँछु।

तालिममा सहभागीले आफ्नो गाउँबस्तीमा रहेका विद्यालयमा अध्ययनरत सबै किशोरीलाई प्रशिक्षण दिनेछन्। जुम्लामा अर्थिक वर्ष ०८०/८१ मा जम्मा ५३ वटा महिला हिंसाका घटना भएका छन्, जसमध्ये २ पुरुषका वटा घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाको तथ्यांक छ।
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २७ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस