सात दिन सम्म अस्पतालमै शव
२८ माघ २०७७
•
३ मिनेट पाठ
सात दिन सम्म अस्पतालमै शव
बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलत्कार पछि हत्या भएको ७ दिन भएको छ । बलात्कारपछि हत्या गरिएकी उनको शव अझै जिल्ला अस्पतालको शव गृहमा राखिएको छ । घटनाका दोषी पत्ता नलागेसम्म शव नबुझ्ने परिवारजनको अडानका कारण हत्या भएकोसात दिन भैसक्दा पनि उनको अन्त्यष्टी हुन सकेको छैन ।  सोमबार पोष्टमार्टम रिपोर्ट आएपछि प्रहरीले भट्टको शव बुझ्न परिवारजनसँग आग्रह गरेको थियो । तर मृतकका आफन्तले भने शव बुझ्न अस्वीकार गरेका छन् । घट्नाको ७ दिनबित्दा पनि हत्यारा पक्राउ नपरेकाले न्याय नपाउँदासम्म शव नबुझ्ने भागरथीका काका शंकर भट्टले बताए । दाहसंस्कार गरिए अपराधी उम्किन्छन् कि भन्ने आशंकाले शव उठाउन नसकिएको मृतकका काका शंकर भट्टले बताए ।‘निर्मलाको जस्तै अपराधी उम्किने चिन्ताले अपराधी पत्ता नलागेसम्म शव नबुझ्ने भनेका हौं’उनले भने ।




शवलाई काठको बाकसभित्र आइसमा राख्ने तयारी जिल्ला अस्पतालले गरेको छ । शव बिग्रने  भएकाले सुरक्षित राख्न तयारी थालिएको अस्पताल प्रमुख डा. वसन्तराज जोशीले बताए । आफन्तलाई शव बुझ्न आग्रह गरेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । घटनाको छानबिनको लागि आवश्यक रिपोर्ट चिकित्सकले लिइसकेकाले शव बुझ्न आग्रह गरेको प्रजिअ जोशीले बताए । आफन्तले शव बुझ्न नमानेपछि प्रमुख जिल्ला अधिकारीले जिल्लास्थिति राजनीतिक दलहरुसँग समन्वय गरिदिन आग्रह समेत गरेका छन् ।

बलत्कार र हत्या भएको दिनहरु बढ्दैजादाँ निर्मला पन्त जस्तै भागरथीको हत्या पनि रहस्यमै रहने अपराधीले उन्मुक्ती पाउने कुरामा आफन्त र स्थानिय निराश बनेका छन । छिट्टै दोषीलाई कानुनी दायरामा ल्याउने बिश्वासमा रहेका आफन्त भागरथीको बलात्कारपछि हत्यामा संलग्न दोषी पक्राउ नपर्दा निरास भएका छन । कञ्चनपुरकी निर्मला पन्तकै अवस्था दोहोरिने चिन्ता आफन्तले गरेका छन् । ‘अनुसन्धान टोलीको संक्रियता हेर्दा छिट्टै छोरीको हत्यारा पत्ता लाग्ने विश्वास थियो,’ भागरथीका काका शिवराज भट्टले भने । छोरीको हत्यारा पत्ता नलाग्दा भागरथीकी आमा द्रोपति सवैभन्दा बढी चिन्तामा छिन् । वीभत्स तरिकाले छोरीको हत्या गर्नेलाई कानुनी कारबाही भएको हेर्ने इच्छा उनको छ । दुई महिना अघि पति बियोगमा परेकी उनी झन छोरीको यो अवस्थाले  अर्धचेतमा छिन् ।‘छोरीको हत्यारा पत्ता नलागेसम्म मलाई पनि शान्ती हुदैन, मेरो छोरीको आत्माले पनि शान्ती पाउदैन ।’ प्रहरीले अनुसन्धान सकरात्मक तर्फ अघि बढेको बताएपनि अहिले सम्म हत्यारा पत्ता लगाउने ठोस प्रमाण प्रहरीले पाउन सकेको छैन । नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशका प्रबक्ता वरिष्ठ प्रहरी उपरिक्षक मुकेश सिंहले अनुसन्धान सकरात्मक रुपमा अघि बढीरहेको बताए । घटनास्थलमा फेला परेका सवै प्रमाणहरुको बिश्लेष्ण भैरहेको उनले बताए ।

गत बुधवार २ बजे बिद्यालयको पढाई सकेर घर फर्कने वेला उनी वेपत्ता भएकी थिइन् । दोश्रो दिन साँझ बिद्यलाय र घरको बिचमा वाटोवाट करिव ५० मिटर तल लवलेक सामुदायिक वनको बलत्कार गरि हत्या गरेको अवस्थामा उनको शव फेला परेको थियो । बिद्यालय नजिकैको बजार खोचलेक बजारमा उनलाई २ बजे स्थानियले देखेका थिए । बिहिवार साँझ बिद्यालय वाट घर फर्कने वेला चडेपानीका ३ बिद्यार्थीले बाटो छेउ तल मृत अवस्थामा भागरथी देखेका थिए । तल्लो शरिर निर्वश्त्र, यौनांगमा रगत बगेको, हात काटिएको, शरिरभरी निलडाम भएको, घाँटीमा चोट लागेको अवस्थामा शव फेला परेको थियो ।  
अर्को समाचार
एमाले अध्यक्ष ओली केही दिन अस्पतालमै रहने
२६ चैत्र २०८२
•
१ मिनेट पाठ
एमाले अध्यक्ष ओली केही दिन अस्पतालमै रहने
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्योपचारका लागि केही दिन अस्पतालमै रहने भएका छन् ।  




जेनजी आन्दोलन घटनाको छानबिन गर्न गठित उच्चस्तरीय आयोगको प्रतिवेदनका आधारमा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका ओली आज रिहा भएका हुन् । उनी पक्राउ परेदेखि नै अस्पतालमा उपचाररत छन् ।  

अध्यक्ष ओलीले सरकारले आफूलाई पूर्वाग्रह र प्रतिशोधपूर्णरूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः आफू रिहा भएको उल्लेख गरे ।  

सर्वोच्च अदालतको परमादेश बमोजिम रिहा भएपछि सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले  आफ्नो रिहाइका लागि आवाज उठाउने सबैमा धन्यवाद दिएका छन् ।  

आयोगको  प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयका आधारमा प्रहरीले अध्यक्ष ओलीलाई भक्तपुरको गुण्डुबाट यही चैत १४ गते नियन्त्रणमा लिएको थियो ।  
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४८ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस