नदी किनारका सडकः जामको विकल्प कोरिडोर
२८ माघ २०७७
•
५ मिनेट पाठ
नदी किनारका सडकः जामको विकल्प कोरिडोर
वागमती कोरिडोरअन्तर्गत तीनकुने खण्डमा गुडिरहेका सवारीसाधन । तस्बिर : हिमाल/नागरिक
श्याम चित्रकारलाई केही वर्षअघिसम्म मोटरसाइकलमा बुढानिलकण्ठको कामीडाँडाबाट लगनखेलस्थित कार्यालय पुग्न डेढ घण्टाभन्दा धेरै समय खर्चिनुपथ्र्याे। उनी चाबहिल, गौशाला, एयरपोर्ट, कोटेश्वर र ग्वार्काेको जाम छिचोल्दै कार्यालय पुग्थे। यही कारण उनी कहिल्यै भनेको समयमा कार्यालय पुग्न सक्दैनथे। सरकारले धोवीखोला र वाग्मती कोरिडोर बनाएसँगै श्यामको यात्रा एक घण्टाले छोटिएको छ। पहिला डेढ घण्टा लाग्ने यात्रा अहिले आधा घण्टामै सकिन्छ। अचेल उनी समयमै कार्यालय पुग्छन्।




‘धोवीखोलामा सडक नबन्दासम्म चक्रपथकै बाटो हिँडिन्थ्यो। त्यो बेला कार्यालय पुग्न कम्तीमा पनि डेढ घण्टा लाग्थ्यो,’ श्यामले नागरिकसँग भने, ‘अहिले धोवीखोला सडक बनेसँगै भित्री बाटो हुँदै आधा घण्टामै कार्यालय पुग्ने वातावरण बनेको छ।’

कोरिडोर निर्माणले श्यामजस्ता हजारौं राजधानीवासी छोटो समयमै गन्तव्यमा पुग्ने गरेका छन्। सरकारले पछिल्लो समय उपत्यकाका नदीनालाका दुवैतर्फ सडक बनाउनुका साथै पुलमुनिबाटै साना सवारीसाधन क्रस गर्न सक्ने व्यवस्था मिलाएसँगै सर्वसाधारणलाई यात्रा सहज बनेको छ।

सरकारले तीन दशकअघि नै धोवीखोला कोरिडोर निर्माण गर्ने योजना बनाएको हो। त्यति बेला उपत्यकामा जनघनत्व बढ्दै थियो। सर्वसाधारणसँगै सवारीसाधन थपिने क्रम चलिरह्यो। त्यो बेलामा फराकिलो मानिने चक्रपथमा पनि क्रमशः ट्राफिक जाम देखिन थाल्यो। यसको विकल्पमा सरकारले धोवीखोला कोरिडोर सडक बनाउने योजना ल्याएको हो। यसको उद्देश्य सवारी जाम कम गर्ने मात्र नभएर धोवीखोलालाई व्यवस्थित गर्दै नदीकिनारका दुवैतिर सडक बनाएर सहरलाई व्यवस्थित गर्ने पनि थियो।

जापानी सहयोग नियोग (जाइका) ले सन् १९९३ मा धोवीखोला कोरिडोर सुधार आयोजनाको प्रतिवेदन तयार पारेको थियो। सोही प्रतिवेदनलाई आधार मान्दै सरकारले धोवीखोला कोरिडोर निर्माण २०६६/६७ सालमा सुरु गर्‍यो। हाल बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ कामीडाँडादेखि वाग्मती दोभानसम्म धोवीखोला किनारमा दुवैतर्फ १२/१२ किलोमिटर लामा सडक बनिसकेका छन्। यो कोरिडोरको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भइसकेको छ। धोवीखोला कोरिडोर सुधार आयोजनाका प्रमुख दिनेश पोचे श्रेष्ठले बुढानिलकण्ठदेखि वाग्मती नदी दोभानसम्म गरी १७ किलोमिटर सडक कालोपत्रे भइसकेको बताए। ‘चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य छ,’ उनले भने।

धोवीखोला कोरिडोरमा बिजुलीबजार बाहेक अन्यत्रका सबै पुलमुनिबाट सवारीसाधन वारपार गर्दै आएको आयोजनाले जनाएको छ। आयोजनाका इन्जिनियर सञ्जन कुँवर निलोपुल क्षेत्रमा दुई सय मिटर र कामीडाँडा क्षेत्रमा करिब ४५० मिटरको भौगोलिक अध्ययन गर्नुपर्ने भएकाले काम हुन नसकेको बताउँछन्। बाँकी क्षेत्रमा आयोजना ट्र्याक खोल्ने, फुटपाथ, रेलिङ बनाउने, साइड ड्रेन बनाएर वातावरण सुधार गर्ने तथा खोलामा लन्चिङलगायतका काम गरिरहेको छ। हालसम्म धोवीखोला कोरिडोरमा ३ अर्बभन्दा धेरै खर्च भइसकेको छ। यो कोरिडोर नदीको दुवैतर्फ ९/९ मिटर चाक्लो रहेको छ। धोवीखोलामात्रै होइन, अहिले वाग्मती कोरिडोर सडक पनि तयार भइसकेको छ। अहिले पिकआवरमा अधिकांश साना सवारीसाधन चक्रपथभन्दा पनि भित्री सडक भएर गुड्छन्।

यस्तै विष्णुमती कोरिडोरअन्तर्गत पनि काम जारी छ। अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी कमल अर्यालले विष्णुमती कोरिडोरअन्तर्गत नयाँबसपार्क क्षेत्रमा पुलमुनिबाट यातायात सञ्चालन भइरहेको बताए। ‘नयाँबसपार्क क्षेत्रमा पुलपुनिबाट अन्डरपास यातायात सञ्चालन गरेसँगै धेरै हदसम्म जामको समस्याबाट मुक्ति मिलेको छ’, उनले भने। समितिले विष्णुमती कोरिडोरअन्तर्गत शोभाभगवती र डल्लुखोलामा पुलमुनि सडक खोल्ने काम थालेको छ। विष्णुमती कोरिडोरअन्तर्गत दुवै किनारमा ६/६ किलोेमिटर चौडा सडक छन्। यो कोरिडोरअन्तर्गत साङ्लाखोलादेखि कुपन्डोलसम्मको सडक खण्ड पर्छ।

समितिका अनुसार २८ किलोमिटरको वाग्मती कोरिडोरमध्ये १७ किलोमिटर कालोपत्रे भइसकेको छ। मुआब्जा र क्षतिपूर्ति विवादका कारणले यो कोरिडोरको सुन्दरीजलदेखि गोकर्णसम्मको करिब ८ किलोमिटरमा सडक निर्माण हुन सकेको छैन। त्यसैगरी तिलगंगा–तिनकुने खण्डमा पनि एकतर्र्फी ३ किलोमिटरजति सडक सुकुमबासीको समस्याका कारणविस्तार गर्न नसकेको समितिले जनाएको छ।

पछिल्लो समय नरेफाँटदेखि–बालकुमारी पुलतर्फ र ललितपुरबाट भक्तपुरतर्फ जाने सवारीसाधन कोटेश्वर र जडीबुटीको जामको सामना नगरीकनै गन्तव्यमा गइरहेका छन्। यो सडक खण्ड हालसालै निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइएको हो। डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपालीले मनहरा करिडोर निर्माण सम्पन्न भएसँगै कोटेश्वर–जडीबुटी सडकखण्डको चाप केही हदसम्म कम हुने बताए। यो सडकखण्ड १९ करोड १६ लाख लागतमा निर्माण गरिएको हो।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले उपत्यकामा रहेका अधिकांश नदीकिनारमा कोरिडोर निर्माणको कामलाई निरन्तरता दिँदै आएको छ। समितिले जडीबुटी–कोटेश्वरको जाम कम गर्ने उद्देश्यले हनुमन्ते कोरिडोर निर्माणको काम अघि सारेको छ। समितिले हनुमन्ते करिडोरलाई तीन खण्डमा टुक्राएर ठेक्का अघि बढाएको छ। मुआब्जा, स्थानीयको अवरोध, एकीकृत जग्गा विकास कार्यक्रम अघि बढ्न नसक्दा आयोजनाले अपेक्षित गति लिन भने सकेको छैन। समितिका सूचना अधिकारी अर्यालले केही समयअघि एक खण्डको विवाद अन्त्य भएर निर्माण कार्य अघि बढेको बताए। हनुमन्ते खोलाको दुवैतर्फ १२–१२ मिटर चौडा सडक निर्माण गरिनेछ। त्यहाँ हरियाली र नदीको बहाव क्षेत्र १३ मिटर कायम गरिएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराई सबै कोरिडोर निर्माण सम्पन्न भएसँगै ट्राफिक व्यवस्थापनमा अझै सहज हुने बताउँछन्। ‘अहिले जति कोरिडोर सञ्चालमा आएका छन्। यसले केही हदसम्म भए पनि मुख्य सडकको ट्राफिक जाम व्यवस्थापनमा सहज गराएको छ। तर यो नै पर्याप्त भइसकेको छैन,’ उनले भने, ‘उपत्यकाका कोरिडोरको निर्माण सम्पन्न गरेर पूर्ण रूपमा सञ्चालनमा ल्याउन सक्ने हो भने जाम धेरै कम गर्न सकिन्छ।’ ट्राफिक इन्जिनियर आशिष गजुरेल भने कोरिडोर तथा पुलमुनिबाट सवारीसाधन सञ्चालन गर्नु अस्थायी व्यवस्थापनमात्रै हुने बताउँछन्। ‘दीर्घकालीन समाधान भनेको मेट्रो रेल सञ्चालन नै हो’, उनले भने।
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
३९ मिनेट अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस