माटाका भाँडा फुटाएर मनाइयो पर्व
१६ माघ २०७७
•
१ मिनेट पाठ
माटाका भाँडा फुटाएर मनाइयो पर्व
फाइल तस्बिर
घरघरमा भएका माटाका पुराना भाँडाकुँडा बाटाचौबाटामा लगेर फुटाउन लाने भनेको सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ। तर बिहीबार भक्तपुरमा यस्तै गरेर एउटा विशेष पर्व मनाइयो। यस पर्वलाई स्थानीय नेपाल भाषामा छ्याला पुन्ही (पूर्णिमा)वा मिला पुन्ही (पूर्णिमा) भनिन्छ। प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमाको दिन यो पर्व मनाइन्छ। यस दिन घरघरबाट स्थानीयले नजिकको चोकमा पुराना काम नलाग्ने चर्किएका फुटेका माटाका भाँडा फुटाउन लाने चलन छ।  




पर्वका कुनै अरू जात्रापर्वमा जस्तै कुनै भोजभतेर चल्दैन। सामान्य दिनमा जस्तै बिहानबेलुकी दालभात नै खाने गरिन्छ। जात्राप्रेमी कृष्ण प्रजापति अरू सबै पर्वमा भोज खाने, बाजागाजा बजाएर रमाइलो गर्ने परम्परा रहे पनि यो पर्वमा बिहानै चोकचोकमा घरमा रहेका माटाका भाडाकुँडा फाल्न लानेबाहेक केही नहुने बताउँछन्।

पर्वका दिन भोजभतेर केही पनि गर्ने चलन नरहेको उनको भनाइ छ। परम्पराअनुसार एकाबिहानै विशेष गरेर महिलाहरूले घरमा काम नलाग्ने घ्याप्पो, घैंटो, फिल्टर, कप, बाटा,तपेसलगायत माटाका पुराना भाँडाकुँडा घरनजिकैको चोकमा लगेर फुटाउन लगिन्छ।  स्थानीयका अनुसार भक्तपुरमा मनाइने पर्व दुईथरीका हुन्छन्।

एउटा भोज खाने र अर्को नखाने। उनीहरूका अनुसार छ्याला पुन्हीको दिन कुनै पनि घरमा भोजको परिकार पाक्दैन र खाँंदैनन् पनि। मात्रै भाँडा फुटाउन लगेर पर्व मनाइन्छ। कला संस्कृति भजन महागुथीका संस्थापक अध्यक्ष संस्कृतिविद् डा.इन्दुल केसीका अनुसार विशेष गरी नेवार समुदाय माटाका भाँडा वर्षमा एकपटक फाल्न लाने र एकपटक भित्र्याउने परम्परा छ।
अर्को समाचार
माटाका भाँंडा फुटाएर मनाइयो पूर्णिमा
२६ पौष २०७६
•
३ मिनेट पाठ
माटाका भाँंडा फुटाएर मनाइयो पूर्णिमा
छ्याला पुन्हीको दिन शुक्रबार भक्तपुरको एउटा चोकमा फुटाइएका माटाका भाँडाकुँंडा। तस्बिर : कृष्ण किसी/नागरिक
भक्तपुर – भक्तपुर नगरका चोकचोकमा माटाका पुराना भाँडा फुटाएर शुक्रबार छ्याला पुन्ही (पूर्णिमा) मनाइएको छ। यसलाई स्थानीयले मिला पुन्ही (पूर्णिमा) पनि भन्ने गरेका छन्। यो पर्व हरेक वर्ष पौष शुक्ल पूर्णिमाको दिन मनाइन्छ।




यस दिनमा स्थानीयले नजिकको चोकमा लगेर आफ्नो घरमा भएका काम नलाग्ने माटाका भाँडा फुटाउने चलन छ। स्थानीय रामप्यारी सुवाल अरू सवै पर्वमा भोज खाने, बाजागाजा बजाएर रमाइलो गर्ने परम्परा रहे पनि यो पर्वमा बिहानै चोकचोकमा घरमा रहेका माटाका भाँडाकुँंडा फाल्ने, फुटाउनेबाहेक अरू केही नहुने सुनाउँंछिन्। परम्पराअनुसार एकाबिहानै खासगरी महिलाहरूले घरमा काम नलाग्ने घ्याम्पो, घैंटो, फिल्टर, कप, बाटा, तपेसलगायत माटोबाट बनेका पुराना भाँडाकुँंडा फुटाउने गरिन्छ। स्थानीयका अनुसार भक्तपुरमा  एउटा भोज खाने र अर्काे नखाने दुईथरीका पर्व हुन्छन्। उनीहरूका अनुसार छ्याला पुन्हीका दिन कुनै घरमा भोजभतेरका लागि परिकार पाक्दैन र खाँंदैन पनि।

कला संस्कृति भजन महागुथिका अध्यक्ष संस्कृतिविद् जननीप्रसाद मूलका अनुसार खासगरी नेवार समुदायमा माटाका भाँडा वर्षमा एकपटक फाल्न लाने र एकपटक भित्र्याउने परम्परा छ। उनका अनुसार माटाका भाँडा छ्याला पुन्हीको दिन फाल्ने र दसैंका दिन भित्रयाउने परम्परा रहेको उनी सुनाउँंछन्। पुराना, चर्केका, फुटेका भाँडाकुँडा घरमा राखिराख्दा अशुभ हुने जनविश्वास रहेकाले वर्षमा एकपटक छ्याला पुन्हीको दिन तिनलाई चोकमा फाल्ने चलन चलेको हो। पर्वलाई जीवन्तता दिन सके एकातिर परम्परागत भाडाकुँंडा बनाउने पेसा जगेर्ना हुने र अर्काेतिर संस्कृति जीवन्त हुने उनको विश्वास छ। नेवारी सभ्यताको थालनी भएदेखि नै यो प्रचलनको विकास भएको उनी जनाउँछन्। यस अवसरमा बिहान देवदेवीको पूजा गर्ने, विभिन्न खोलामा मेला लाग्ने, तीर्थ भर्ने र खोलामा गई नुहाउने परम्परा छ।
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस