सरकारको स्वीकृतिबिनै नेपाली युवा कतार प्रहरीमा
१३ माघ २०७७
•
४ मिनेट पाठ
सरकारको स्वीकृतिबिनै नेपाली युवा कतार प्रहरीमा
फाइल तस्बिर
नेपालसँग कुनै किसिमको सम्झौता नगरी कतार सरकारले नेपाली युवालाई प्रहरीमा भर्ना गरेको छ। कुनै पनि मुलुकले अर्को मुलुकका नागरिकलाई आफ्नो सुरक्षा निकायमा भर्ना गर्दा सम्झौता हुनुपर्ने सर्वव्यापी मान्यता हो। कतारसँग नेपालको श्रम सम्झौता भए पनि नेपाली युवालाई सुरक्षा निकायमा भर्ना गर्ने किसिमको कुनै सम्झौता भएको छैन।




अहिलेसम्म नेपालले मलेसिया, सिंगापुर र भारतसँग मात्र नेपाली युवालाई सुरक्षा निकायमा भर्ना हुन दिनेगरी सहमति दिएको छ। नेपाल र यी तीन मुलुकबीच यसबारे सम्झौता पनि भएका छन्। तर कतारसँग अहिलेसम्म यस्तो कुनै सम्झौता भएको छैन।

कतारले नेपाली युवालाई प्रहरीमा भर्ना गर्न चाहेपछि नेपालले यसबारेमा चासो देखाइसकेको छ। कतारस्थित नेपाली राजदूतावासले नेपाली युवालाई कतार प्रहरीमा भर्ना गर्ने हो भने दुई देशका सरकारी निकायबीच सहमति र निर्णय भई संस्थागत रूपमा काम सुरु गर्नुपर्ने धारणा कतार सरकारसमक्ष राखेको छ। तर कतारले वास्ता नगरी अवैध रूपमा नेपाली युवालाई प्रहरीमा भर्ना गरिरहेको छ। नेपालका केही मेनपावर कम्पनी र व्यक्तिहरूले कतारलाई सहयोग गरिरहेका छन्।

‘कतार प्रहरीमा नेपाली युवालाई भर्ना गरेको थाहा पाएपछि नेपाल र कतारको श्रम मन्त्रालयले ठोस निर्णय गर्न आवश्यक देखिएको बेहोरा कतार सरकारलाई केही महिनाअघि नै दिइसकेका छौं,’ कतारका लागि नेपाल राजदूत नारद भारद्वाजले नागरिकसँग टेलिफोनमा भने, ‘तर कतार सरकारले अहिलेसम्म कुनै जवाफ दिएको छैन। अर्कोतिर प्रहरीमा भर्ना गर्ने काम पनि रोकिएको छैन।’

कुनै पनि मुलुकको सुरक्षाकर्मीमा भर्ना हुनु विशिष्ट काम भएकाले एमओसी (मेमोरेन्डम अफ कर्पोरेसन) गर्नुपर्ने धारणा नेपाल सरकारका तर्फबाट राखिएको उनले जानकारी दिए। ‘तर कतार सरकारले यसमा खासै चासो देखाएको छैन’, उनले थपे। उनले अहिलेसम्म आधिकारिक रूपमा कतार प्रहरीमा एक सय ८० नेपाली युवा भर्ना भएको जानकारी दिए।

उच्च स्रोतले भने अवैध रूपमा भर्ना गर्ने क्रम जारी रहेकाले ठूलो संख्यामा नेपाली युवा कतारी प्रहरीमा भर्ना भइसकेको बतायो।

श्रम कानुनका जानकार अधिवक्ता सोम लुइटेलले दुई मुलुकबीच सम्झौताबिना सुरक्षा निकाय (सेना र प्रहरी) मा भर्ना गर्न नपाइने बताए। उनका अनुसार नेपाली युवालाई लैजाने हो भने दुई सरकारबीच सम्झौता भएर त्यसमा राखिएका प्रावधानअनुसार लैजानुपर्छ।अधिवक्ता लुइटेलले नेपालसँग सम्झौता गरेर मात्र मलेसिया, सिंगापुर र भारतले नेपाली युवालाई आफ्नो सुरक्षा निकायमा भर्ना गरेको जानकारी दिए।  

श्रम विज्ञ गणेश गुरुङले पनि सरकारको स्वीकृतिबिना कतारले नेपाली युवालाई प्रहरीमा भर्ना गर्न नपाउने स्पष्ट पारे। ‘दुई मुलुकबीचको सम्झौताबिना सुरक्षा निकायजस्तो संवेदनशील क्षेत्रमा अर्काको नागरिकलाई भर्ना गर्न मिल्दैन’, उनले भने, ‘नेपालले विगतमा सहमतिमै नेपाली सेनालाई आवुधावीमा पठाएको उदाहरण छ।’

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहाल अवैध रूपमा नेपाली युवालाई कतारी प्रहरीमा भर्ना गर्ने काममा कतार सरकारकै संलग्नता देखिएको बताउँछन्। ‘अवैध रूपमा मेनपावरले छनोट गरेका युवालाई कतारले फटाफट भिसा दिनुको अर्थ मिलेमतो छ भन्ने हो,’ उनले भने, ‘हामीले कतार प्रहरीमा भर्ना रोक्नु भन्दा पनि सम्झौता गरी संस्थागत तरिकाबाट गर्दा समस्या नहुने ठानेका छौं।’

उच्च स्रोतका अनुसार कतारले नेपाली युवालाई प्रहरीमा भर्ना गर्न संस्थागत निर्णय गर्न चासो नदेखाई अवैध तरिका अपनाएको छ। सम्झौताबिना नेपाली युवालाई भिसा दिइरहेको छ। यही मौकाको फाइदा उठाउँदै नेपालका केही व्यक्ति र केही मेनपावर कम्पनीले कतारी प्रहरीमा भर्ना गर्ने भन्दै बेरोजगार युवासँग १५ लाख रूपैयाँसम्म असुल गरिरहेका छन्।

सरकारी अधिकारीहरूले जथाभावी भइरहेको भर्ना प्रक्रिया रोक्न आग्रह गर्दै आए पनि राजनीतिक नेतृत्वका कारण अवैध धन्दा रोक्न नसकिएको सम्बद्ध अधिकारी बताउँछन्। यो धन्दामा आरोपित तीन मेनपावर कम्पनीलाई गत मंसिर ८ मा विभागले कारबाही गर्दै कारोबार रोक्का गरेकामा श्रममन्त्री गौरीशंकर चौधरीले सोमबार कारबाही फुकुवा गरिदिएका छन्। यसले श्रममन्त्री शंकाको घेरामा तानिएका छन्। विभागले अवैध ढंगले नेपाली युवालाई कतार प्रहरीमा पठाउने एसओएस, डिडी ह्युमन रिसोर्स र होप इन्टरनेसनललाई कारबाही गरेको थियो।

मन्त्री चौधरीले तीन कम्पनीको कारबाही फुकुवा गरे पनि विभागले सोमबार फेरि अर्को कम्पनी कल्याण सेक्युरिटीमा छापा मारेको छ। कतार प्रहरीमा लैजान युवा छनोट गरिरहेको आशंकामा विभागले सिनामंगलमा रहेको कल्याण सेक्युरिटी सर्भिस प्रालिमा छापा मारेको हो। कतार प्रहरीमा पठाउने भन्दै युवाको अन्तर्वार्ता लिएको सूचनाका आधारमा छापा मारेको महानिर्देशक दाहालले बताए। विभागले अन्तर्वार्ता दिइरहेका २२ जनाको शंकास्पद फारम बरामद गरेको छ। वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठ मेनपावर कम्पनीले भन्दा पनि अन्य व्यक्तिले नेपाली युवालाई कतार पठाएको हुनसक्ने बताउँछन्।

वैदेशिक रोजगार ऐन २०६४ ले सुरक्षा निकायबाहेक सामान्य रोजगारीमा जानुअघि पनि सुरुमा गन्तव्य मुलुकबाट मागपत्र प्रमाणीकरण गर्नुपर्ने व्यवस्था गरेको छ। मागपत्र प्रमाणीकरण गरी सार्वजनिक रूपमा सूचना प्रकाशित गरेर योग्यलाई मात्र सम्बन्धित काममा छनोट गर्नुपर्ने कानुनी व्यवस्था छ। यसरी छनोट भएका व्यक्तिसँग १० हजार रूपैयाँभन्दा बढी लिन पाइँदैन।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस