जोखिम निम्ताउँदै डोजरले खनेका सडक
०४ माघ २०७७
•
५ मिनेट पाठ
जोखिम निम्ताउँदै डोजरले खनेका सडक
सुर्नया गाउँपालिका–८ मल्लोढोलेमा अघिल्लो वर्ष पहिरोले ६ घर विस्थापित भए। गाउँमाथिबाट आएको पहिरोले अन्य २५ घर जोखिममा परे। डोजरले खनेको सडकले पहिरो खस्दा गाउँ नै जोखिममा पर्‍यो। ढोल्यामोडबाट वडा कार्यालयसम्म काटिएको सडककै कारण गाउँ नै जोखिममा परेको हो।




‘सडक आउनुभन्दा पहिले पहिरोको कुनै संभावना थिएन,’ स्थानीय प्रेमबहादुर बोहराले भने, ‘डोजरले खनेपछि सडकमाथिबाट ठूलो पहिरो खसेको छ।’ भिरालो जमिन भएकाले स्थानीयले अन्यत्रबाट सडक लैजान आग्रह गरे पनि गाउँ नै जोखिममा पर्ने गरेर डोजरले सडक काट्दा विस्थापित हुनु परेको स्थानीय अम्मरसिंह बोहराले बताए। दोगडाकेदार गाउँपालिकाको–१ रिममा खनिएको सडकले पनि स्थानीय बासिन्दाका घर जोखिममा परेका छन्। खोचलेक–मल्लाढिक–सित्तड–रिम सडकले स्थानीय बासिन्दाका घर जोखिममा परेका हुन्।

गाउँगाउँ सडक पुर्‍याउने भन्दै जिल्लामा ३/४ वर्ष यता सडक खन्ने प्रतिस्पर्धा नै चलेको छ। स्काभेटर, डोजरले खनिएका सडककै कारण पहिरोको जोखिम बढ्दै गएको छ। हरेक ग्रामीण सडकमा मेसिनको प्रयोग भइरहेको रेडक्रस बैतडीका सभापति भीमदत्त पाण्डेयले बताए। छिटो सडक खन्ने भन्दै वातावरणीय प्रभाव मूल्यांकन नगरी खनिएका सडकले जोखिम निम्तिाएको हो। एउटै गाउँ पुग्न तीनचार सडक खनिएको उनी बताउँछन्।

बिना स्टमेट जथाभावी डोजरले खनिएका सडककै कारण बर्खामा समस्या बढेको हो। विगतमा काटिएका सडक बर्खासँगै खोल्सामा परिणत भएका स्थानीय बताउँछन्। सडक काट्ने प्रतिस्पर्धा चलेपछि सबै स्थानीय तहले डाँडाकाँडा चिराचिरा पारेका छन्।  

गोकुलेश्वर–डिलासैनी सडकले पनि थलालगाउँ, ओखलबाटा, सेटीगाउँ, सौगाउँ लगायतका ठाउँमा पहिरोको जोखिम बढेको छ। ६ वर्ष अघिबाट सडक काट्न सुरु गरेदेखि नै घर पहिरोको जोखिममा परेको स्थानीय हरिदत्त जोशीले बताए। जथाभावी खनिएका कच्ची सडकले खेतियोग्य जमिन र बस्तीमा प्रभाव पर्न थालेको पाटन नगरपालिका–६ का हरिश बिष्टले बताए। ‘विकासका नाममा विनास भएको छ,’ उनले भने।

वातावरणीय प्रभावको विश्लेषण नगरी डोजर लगाएर सडक खन्ने काम तीव्र रूपमा भइरहेका कारण पहिरोको खतरा बढेको हो। कमजोर भौगर्भिक अवस्था भएको पहाडी जिल्लामा जथाभावी डोजर चलाएका कारण पहिरोको खतरा दिन प्रतिदिन बढदै गएको रेडक्रस बैतडीमा विपद्को क्षेत्रमा काम गर्दे आएका कार्यक्रम अधिकृत तेजप्रसाद पाण्डेले बताए। पहिरोकै कारण बर्सेनि मानवीय क्षति गर्नुका साथै खेतीयोग्य जमिनसमेत बगाउने गरेको छ।

जिल्लाका अधिकांश स्थानीय तहले सडकलाई प्राथमिकतामा राखेर गाउँगाउँमा सडक खनेका छन्। तर ती सडक मापदण्ड बिना खनिएकाले वर्षातको समयमा खोल्सामा परिणत हुन्छन्। प्रत्येक वर्ष सडक खनिन्छन्। वर्षातको भेलले सडकलाई खोल्सा बनाउँछ अनि हिउँद सुरु हुने वित्तिकै तीनै सडक मर्मतको नाममा पैसा खर्च हुने गरेको पञ्चेश्वर गाउँपालिका–२ मोहनबहादुर चन्दले बताए।

जथाभावी खनिएका कच्ची सडकले खेतीयोग्य जमिन र बस्तीमा प्रभाव पर्न थालेको पुर्चौंडीका स्थानीय शिवलाल साउँदले बताए। कच्ची सडकमा खसेको पहिरोका कारण सुर्नया गाउँपालिका–२ स्थित डाँडाबाग आधारभूत विद्यालयमा क्षति पुर्‍याएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयराम लोहारले बताए। यस्तै दशरथचन्द नगरपालिका–३ को हल्लेक माविको विद्यालय भवनसमेत सडककै कारण पहिरोको जोखिममा छ। विद्यालयको दुवैतिर दुर्गाभवानी जाने सडक काटिएकाले विद्यालय जोखिममा भएको स्थानीय मोहन क्षेत्रीले बताए।

सडककै कारण खानेपानीका मुहानसमेत सुक्न थालेका छन्। सुर्नया गाउँपालिका–४ मा सडकले खानेपानीको मुहान भत्काएपछि करिब ३० घर खानेपानीबाट वञ्चित भएका छन्। यस्तै दशरथचन्द नगरपालिका–११ को बठ्ठामा वर्षौ पुरानो पानीको मुहान सुकेको स्थानीय देवबहादुर चन्दले बताए। सिँचाइ कुलो भत्किएपछि करिब ४० रोपनी खेतमा असर परेको उनले बताए। सामान्य वातावरणीय परीक्षण समेत नगरेर खनिएका सडकका कारण खानेपानीका मुहान सुक्ने र सर्ने समस्या देखिन थालिसकेको र आउँदा दिनमा खानेपानीको चरम संकट हुने सम्भावना भएको खानेपानी तथा सरसफाई डिभिजन बैतडीका प्रमुख कृष्णबहादुर बोगटीले बताए। 

जथाभावी सडक विस्तार कार्यले जलाधार क्षेत्रको प्राकृतिक प्रवाहमा फेरबदल भएका कारण बाढीपहिरो जस्ता मानव निर्मित प्रकोपको बढोत्तरी भएका कार्यालय प्रमसख बोगटीको भनाइ छ। सडक निर्माणकै क्रममा वन क्षेत्रको व्यापक विनाश हुँदा जैविक विविधता माथिका चुनौती थपिने क्रममा रहेको र चरन क्षेत्रको विनाश भएका कारण पशुपालनमा आश्रित ठूलो जनसंख्याको जीविका संकटमा पर्न थालेको डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले बताए।

जता वन उतै सडक

जिल्लाका अधिकांश ग्रामीण सडक वन क्षेत्र भएर काटिएका छन्। खेतीयोग्य जमिन भएको ठाउँमा स्थानीयले अवरोध गरेपछि वन क्षेत्रमा डोजर चलाइएको छ। ‘धेरै ठाउँमा वन क्षेत्रमा सडक काटिएको छ,’ डिभिजन वन अधिकृत केशव पराजुलीले भने, ‘हामीले वन क्षेत्रमा सडक नकाट्न सम्बन्धित पक्षलाई धेरै पटक आग्रह गरेका छौं तर वन विनास हुन थालेपछि धेरै ठाउँमा सडक रोकेका पनि छौं।’ डिभिजन वन कार्यालयले मद्दा परेपछि जिल्लाका दर्जन बढी सडक खन्न रोकेको बताइएको छ।

स्थानीय तहका आफ्नै डोजर  

बैतडीका अधिकांश स्थानीय तहले आफै डोजर खरिद गरेका छन्। सडक काट्नको लागि उनीहरुले आफै मेसिन खरिद गरेका हुन्। जिल्लाका १० स्थानीय तहमध्ये ९ वटासँग आफ्नै मेसिन छ। एउटा स्काभेटर खरिद गर्न करिब १ करोडदेखि १ करोड ३० लाख रुपैयाँसम्म स्थानीय तहले खर्च गरेका छन्। सडक, बाटोघाटो विकास निर्माणका काममा स्थानीय नागरिकलाई लगाउनुको सट्टा मेसिनले सडक काट्न थालेपछि रोजीरोटी खोसिएको स्थानीय बताउँछन्। गाउँघरमा रोजगारी नपाएर हजारौ युवा विदेश गइरहेको छन्। मेसिन खरिद गर्नुभन्दा बेरोजगारलाई गाउँमै रोजगारी दिने वातावरण स्थानीय तहले नबनाउँदा बेरोजगारी समस्या बढ्दै गएका नागरिक समाज बैतडीका सचिव करन दयालले बताए।
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
२८ मिनेट अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस