सुधारिँदै मालपोत सेवा
०४ माघ २०७७
•
४ मिनेट पाठ
सुधारिँदै मालपोत सेवा
मालपोत भन्नेबित्तिकै ‘घुसको अखडा’ सम्झिने आममानसिकतालाई व्यवहारमै सुधार्न सदरमुकामस्थित मालपोत कार्यालय केही महिनायता सक्रिय छ। मालपोतको सेवामा हुनेगरेको अवैध लेनदेन र ढिलासुस्ती शून्य बनाउन कार्यालयको भौतिक संरचनादेखि सेवाप्रणालीसम्म सुधार गरिँदै छ। सेवाग्राहीलाई बिनाझन्झट छिटो, छरितो र विश्वसनीय सेवा दिन कार्यालयले प्राविधिक र कार्यालयीय व्यवस्थापन सुधारेको छ। कार्यालयको आँगनमा पुग्नेबित्तिकै सेवाग्राही तानातान गर्ने लेखापढी व्यवसायीलाई त्यहाँबाट हटाइएको छ। कार्यालयले भू–सेवाकेन्द्र बाहेक लेखापढी व्यवसायीलाई लक्षित गरी सूचना नै गरेर हटाएको हो। ‘कार्यालय हाताभित्र स्वयं सेवाग्राही मात्र आउने हुन्, अन्य अनधिकृत व्यक्ति प्रवेश नगर्न र नगराउनुहुन यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा उल्लेख छ।




यसअघिसम्म कुन सेवाको कति शुल्क लिने भन्ने निश्चित नै नगरी बसेका लेखापढी व्यवसायीले सेवाग्राहीलाई कार्यालय पुग्नेबित्तिकै पन्जामा पार्थे। र, यो वा त्यो बहाना गर्दै सेवाग्राहीलाई १ दिन, २ दिन, ७ दिन, महिना गर्दै लामो समय झुलाउँथे। त्यति गर्दा पनि नभए सेवाग्राहीबाट अवैध रकम लिएर ‘तपाईको काम हुने त थिएन तापनि मैले गरिदिएँ,’ भन्दै बिदा दिन्थे। सेवाग्राहीलाई हैरान बनाउनमा लेखापढी व्यवसायी मात्र होइन, कार्यालयका केही कर्मचारीसमेत मिलेमतोमा रहेको आरोप लाग्ने गरेको थियो। तर, अब कोही अनधिकृत व्यक्तिले कार्यालयको हातामा प्रवेश नै नपाउने कार्यालय प्रमुख यादव राउत बताउँछन्। ‘वास्तवमा भू–सेवाकेन्द्र सञ्चालन भएका मालपोतमा अरू लेखापढी व्यवसायीको प्रवेश नै नहुनुपर्ने थियो,’ उनले भने, ‘पटक–पटक मौखिक अनुरोध गर्दा पनि नभएपछि सूचना नै निकालेर उहाँहरूलाई प्रवेश निषेध गरिएको हो।’ भू–सेवाकेन्द्रको सेवा शुल्कमा एकरूपता ल्याउन सबै केन्द्रको शुल्क निश्चित गर्न पनि कार्यालयले प्रयास गरिरहेको छ।  

प्रमुख राउतले लेखापढी व्यवसायी मात्र होइन ‘म काम गरिदिन्छु’ भन्दै सोझासीधा सेवाग्राहीलाई लिएर आउने र ‘काम गरिदिएबापत’ अवैध शुल्क लिनेलाई समेत प्रवेश नदिइने बताए। ‘अब स्वयं सेवाग्राही र सम्बन्धित व्यक्तिबाहेक गलतनियत राखेर आउनेलाई प्रवेश दिइने छैन,’ उनले भने, ‘कार्यालयले गर्ने सामान्य काममा समेत विभिन्न बहाना गरेर सेवाग्राहीलाई झुलाउने प्रवृत्ति अन्त्य गर्न लागिएको हो।’  

यसअघि कार्यालयमा कर्मचारी बस्ने बेग्लाबेग्लै कोठालाई एउटै ठूलो बनाएर सबैलाई सँगै राख्न थालिएको छ। यसो गर्दा सेवाग्राहीले फाइल बोकेर यो र त्यो कोठा चहार्नुपरेको छैन। कर्मचारीले पनि सेवाग्राहीलाई ‘तपाईको फाइल अर्काे कोठामा अड्किएको’ भनेर उम्किन पाउने छैनन्। दर्तावालदेखि हाकिमसम्म एउटै कोठामा भएपछि कुन फाइल कुन टेबुलमा छ भन्ने सबैले देख्न पाउँछन्। कोठाकोठामा १३ वटा इन्टरनेट प्रोटोकल (आइपी) क्यामेरा जडान गरिएको छ। आइपी क्यामेराले कर्मचारी र सेवाग्राहीबीचको कुराकानी आवाजसहित भिडियो रेकर्ड गर्नसक्छ।

कार्यालयले भू–सेवाकेन्द्र सञ्चालन गरेपछि सबै काम पहिले नै कम्प्युटर सफ्टवेयरमा अपलोड हुने भएकाले हातले लेखेर गर्ने काम निकै कम भएको छ। अहिले कार्यालयपरिसरमा ८ वटा र विभिन्न स्थानीय तहमा ५ भू–सेवाकेन्द्र सञ्चालनमा छन्। मालपोतमा आउने करिब ९० प्रतिशत काममा वडाको सिफारिस अनिवार्य भएकाले पनि अवैध काम हुन नपाएको प्रमुख राउतको दाबी छ। ‘यो कार्यालयले दिनमा ६२ वटासम्म फाइलको काम गरेको छ,’ उनले भने, ‘सबै कागजात मिलेर आएको छ भने निकै भीड भएका बेला पनि एक सेवाग्राहीको काम ४ देखि ५ घण्टामा सकिन्छ।’ कार्यालयको आन्तरिक कम्प्युटर नेटवर्क सुधारिएको छ भने कार्यालयका सबैजसो सूचना सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्न थालिएको छ।  

माइजोगमाई गाउँपालिकाबाट जग्गासम्बन्धी काम गर्न आएका दिनेश तामाङले भने, ‘मालपोत कार्यालय पहिलाभन्दा निकै छिटो भएछ, सबै काम कम्प्युटरमा गर्न थालेकाले अब घुससुस पनि चल्दैन कि भन्न सकिने रहेछ।’ यसअघिसम्म कुनै सेवाग्राहीको कुनै कागजातमा त्रुटि भए वा उसले बोकेर आउन बिर्सिएको भए कि उसलाई परैबाट फर्काइन्थ्यो कि ‘चिया खर्च’ तिरेपछि काम हुने गरेको सेवाग्राहीको गुनासो थियो। तर, अहिले त्यसरी सामान्य कागजातले काम अड्किने अवस्था आए जुन कार्यालयबाट सिफारिस गरिएको कागज हो, त्यही कार्यालयमा भएको प्रमाण सोझै इमेल गर्न लगाएर पनि सेवा दिन थालिएको छ।  

मालपोतको काम अझ व्यवस्थित गर्न वडा–वडामै भू–सेवाकेन्द्रको सुविधा पु¥याउनु आवश्यक रहेको प्रमुख राउतको भनाइ छ। ‘वडामै भू–सेवाकेन्द्रको काम हुने हो भने सेवाग्राहीले ज्यादै सहज ढंगले सुविधा पाउँछन्,’ उनले भने, ‘मालपोतमा धेरै समय अडिनु नै पर्दैन।’ भू–सेवाकेन्द्र सञ्चालन भएका कारण कार्यालयको काम ज्यादै सजिलो र छिटो हुने गरेको उनले बताए। ‘देशभर एकैपटक एउटै सफ्टवेयर चल्ने भएकाले कहिलेकाहीँ सर्भर निकै स्लो हुने समस्या चाहिँ छ,’ प्रमुख राउतले भने, ‘तर म आफू पनि कम्प्युटर प्राविधिक भएकाले कतिपय समस्या आफैं समाधान गर्न सकिन्छ।’ उनले मालपोतबारे प्रायः सर्वसाधारणले गुनासो गर्नेगरेको अनियमितता अब भोग्नुनपर्ने प्रतिबद्धतासमेत जनाए।
अर्को समाचार
सुधारिँदै मालपोतको सेवा
१६ पौष २०७७
•
४ मिनेट पाठ
सुधारिँदै मालपोतको सेवा
इलाम सदरमुकामस्थित मालपोत कार्यालय । तस्बिर : नागरिक
मालपोत भन्नेबित्तिकै ‘घुसको अखडा’ सम्झिने आममानसिकतालाई व्यवहारमै सुधार्न सदरमुकामस्थित मालपोत कार्यालय केही महिनायता सक्रिय छ। मालपोतको सेवामा हुनेगरेको अवैध लेनदेख र ढिलासुस्ती शून्य बनाउन कार्यालयको भौतिक संरचनादेखि सेवा प्रणालीसम्म सुधार गरिँदैछ।




सेवाग्राहीलाई बिना झन्झट छिटो, छरितो र विश्वसनीय सेवा दिन कार्यालयले प्राविधिक र कार्यालयीय व्यवस्थापन सुधारेको छ। कार्यालयको आँगनमा पुग्नेबित्तिकै सेवाग्राही तानातान गर्ने लेखापढी व्यवसायीलाई त्यहाँबाट हटाइएको छ। कार्यालयले भू–सेवा केन्द्रबाहेकका लेखापढी व्यवसायीलाई लक्षित गरी सूचना नै गरेर बिहीबारदेखि हटाउँदैछ। ‘कार्यालय हाताभित्र स्वयं सेवाग्राहीमात्र आउन हुन, अन्य अनाधिकृत व्यक्ति प्रवेश नगर्न र नगराउन हुन यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा उल्लेख छ।

यसअघिसम्म कुन सेवाको कति शुल्क लिने भन्ने निश्चित नै नगरी बसेका लेखापढी व्यवसायीले सेवाग्राहीलाई कार्यालय पुग्नेबित्तिकै पञ्जामा पार्थे। र, यो वा त्यो बहाना गर्दै सेवाग्राहीलाई १ दिन, २ दिन, ७ दिन, महिना गर्दै लामो समय झुलाउँथे। त्यति गर्दा पनि नभए सेवाग्राहीबाट ‘अवैध’ रकम लिएर ‘तपाइँको काम हुने त थिएन तरपनि मैले गरिदिएँ’ भन्दै बिदा दिन्थे। सेवाग्राहीलाई हैरान बनाउनमा लेखापढी व्यवसायी मात्र होइन, कार्यालयका केही कर्मचारीसमेतको मिलेमतोको आरोप लाग्ने गरेको थियो। तर, अब कोही अनाधिकृत व्यक्तिले कार्यालयको हातामा प्रवेश नै नपाउने कार्यालय प्रमुख यादव राउतले बताए। ‘वास्तवमा भू–सेवाकेन्द्र सञ्चालन भएका मालपोतमा अरू लेखापढी व्यवसायीको प्रवेश नै नहुनुपर्ने थियो,’ उनले भने, ‘पटक–पटक मौखिक अनुरोध गर्दा पनि नभएपछि सूचना नै निकालेर उहाँहरूलाई प्रवेश निषेध गरिएको हो।’

प्रमुख राउतले लेखापढी व्यवसायी मात्र होइन, ‘म काम गरिदिन्छु’ भन्दै सोझासीधा सेवाग्राहीलाई लिएर आउने र ‘काम गरिदिएवापत्’ अवैध शुल्क लिनेलाई समेत प्रवेश नदिइने बताए। ‘अब स्वयं सेवाग्राही र सम्बन्धित व्यक्तिबाहेक गलत नियत राखेर आउनेलाई प्रवेश दिइने छैन,’ उनले भने, ‘कार्यालयले गर्ने सामान्य काममा समेत विभिन्न बहाना गरेर सेवाग्राहीलाई झुलाउने प्रवृत्ति अन्त्य गर्न लागिएको हो।’  

यसअघि कार्यालयमा कर्मचारी बस्ने बेग्लाबेग्लै कोठालाई एउटै ठूलो बनाएर सबैलाई सँगै राख्न थालिएको छ। यसो गर्दा सेवाग्राहीले फाइल बोकेर यो र त्यो कोठा चहार्नुपरेको छैन। कर्मचारीले पनि सेवाग्राहीलाई ‘तपाइँको फाइल अर्काे कोठामा अड्किएको’ भनेर उम्किन पाउने छैनन्। दर्तावालदेखि हाकिमसम्म एउटै कोठामा भएपछि कुन फाइल कुन टेबुलमा छ भन्ने सबैले देख्न पाउँछन्। कोठा–कोठामा १३ वटा इन्टरनेट प्रोटोकल (आइपी) क्यामेरा जडान गरिएको छ। आइपी क्यामेराले कर्मचारी र सेवाग्राहीबीचको कुराकानी आवाजसहित भिडियो रेकर्ड गर्नसक्छ।

कार्यालयले भू–सेवाकेन्द्र सञ्चालन गरेपछि सबै काम पहिले नै कम्प्युटर सफ्टवेयरमा अपलोड हुने भएकाले हातले लेखेर गर्ने काम निकै कम भएको छ। अहिले कार्यालय परिसरमा ८ वटा र विभिन्न स्थानीय तहमा ५ भू–सेवाकेन्द्र सञ्चालनमा छन्। मालपोतमा आउने करिब ९० प्रतिशत काममा वडाको सिफारिस अनिवार्य भएकाले पनि अवैध काम हुन नपाएको प्रमुख राउतको दाबी छ। ‘यो कार्यालयले दिनमा ६२ वटासम्म फाइलको काम गरेको छ,’ उनले भने, ‘सबै कागजात मिलेर आएको छ भने निकै भीड भएका बेला पनि एक सेवाग्राहीको काम ४ देखि ५ घण्टामा सकिन्छ।’ कार्यालयको आन्तरिक कम्प्युटर नेटवर्क सुधारिएको छ भने कार्यालयका सबैजसो सूचना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्न थालिएको छ।  

माइजोगमाई गाउँपालिकाबाट जग्गासम्बन्धी काम गर्न आएका दिनेश तामाङले भने, ‘मालपोत कार्यालय पहिलाभन्दा निकै छिटो भएछ, सबै काम कम्प्युटरमा गर्न थालेकाले अब घुससुस पनि चल्दैन कि भन्न सकिनेरहेछ।’ यसअघिसम्म कुनै सेवाग्राहीको कुनै कागजातमा त्रुटि भए वा उसले बोकेर आउन बिर्सिएको भए कि उसलाई परैबाट फर्काइन्थ्यो, कि ‘चिया खर्च’ तिरेपछि काम हुनेगरेको सेवाग्राहीको गुनासो थियो। तर, अहिले त्यसरी सामान्य कागजातले काम अड्किने अवस्था आए जुन कार्यालयबाट सिफारिस गरिएको कागज हो, त्यही कार्यालयमा भएको प्रमाण सोझै इमेल गर्न लगाएर पनि सेवा दिन थालिएको छ।  

मालपोतको काम अझ व्यवस्थित गर्न वडा–वडामै भू–सेवाकेन्द्रको सुविधा पुर्‍याउनु आवश्यक रहेको प्रमुख राउतको भनाइ छ। ‘वडामै भू–सेवाकेन्द्रको काम हुने हो भने सेवाग्राहीले ज्यादै सहज ढंगले सुविधा पाउँछन्,’ उनले भने, ‘मालपोतमा धेरै समय अडिनु नै पर्दैन।’ भू–सेवाकेन्द्र सञ्चालन भएका कारण कार्यालयको काम ज्यादै सजिलो र छिटो हुनेगरेको उनले बताए। ‘देशभर एकैपटक एउटै सफ्टवेयर चल्ने भएकाले कहिलेकाहीं सर्भर निकै स्लो हुने समस्या चाहिँ छ,’ प्रमुख राउतले भने, ‘तर, म आफू पनि कम्प्युटर प्राविधिक भएकाले कतिपय समस्या आफैं समाधान गर्न सकिन्छ।’ उनले मालपोतका बारेमा प्रायः सर्वसाधारणले गुनासो गर्नेगरेको अनियमितता अब भोग्नुनपर्ने प्रतिबद्धतासमेत जनाए।
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस