सडकआश्रित मानव व्यवस्थापनमा जुम्लाका स्थानीय तह उदासिन
२० पौष २०७७
•
४ मिनेट पाठ
सडकआश्रित मानव व्यवस्थापनमा जुम्लाका स्थानीय तह उदासिन
सडकआश्रित मानव व्यवस्थापनमा जुम्लाका स्थानीय तह उदासिन देखिएका छन्।कर्णाली प्रदेश सरकारले सडक मानवरहित प्रदेश घोषणा गरे पनि स्थानीय तहले सडक मानव व्यवस्थापनका विषयमा कुनै योजना बनाएका छैनन्।यहाँका १ नगरपालिकासहित ७ वटा गाउँपालिकामा न सडक मानवको तथ्यांक छ, न त सडकआश्रित मानव व्यवस्थापनमा ध्यानकेन्द्रित नै।स्थानीय नवराज शाहीले भने, ‘स्थानीय तह सडक खन्नुलाई नै विकास ठान्छन्।यहाँका दिनदुःखीको मनमा मलहम लगाउन चाहँदैनन्।सडकआश्रित मानव त निकै परको विषय भयो।आफ्नै घरगाउँमा भएका विपन्न परिवारलाई सम्झँदैनन् ।’




‘कर्णाली प्रदेशमा सडकआश्रित मानव व्यवस्थापन निकै चुनौतीको विषय हो,’ उनले थपे, ‘सडकआश्रित मानवको उचित व्यवस्थापनले मात्र यो प्रदेश समृद्ध हुनसक्छ।कोही सडकमा, कोही घरमा रहने अवस्थाले कर्णालीवासीको आत्माले शान्ति पाउँदैन।सबै मिलौं, सडकआश्रित मानवको व्यवस्थापनमा जुटौं।हाम्रो अपिल हो यो ।’ गत असारमा जिल्ला प्रशासन कार्यालय जुम्लाले सडक मानवको तथ्यांक संकलनका लागि सामाजिक विकास कार्यालय जुम्लालाई जिम्मेवारी सुम्पियो।

असार २२ गते सामाजिक विकास कार्यालयले जिल्लाका सबै स्थानीय तहलाई पत्र पठायो, सडकआश्रित मानवको तथ्यांक तत्काल पठाइदिनू भनेर।तर स्थानीय तहले सामाजिक विकास कार्यालयको पत्रको वास्तै गरेनन्।पटकपटक फोन गरेर पत्रबारे सम्झाइबुझाइ पनि भयो तर न सडकआश्रित मानवको तथ्यांक दिए।न त जिम्मेवार रूपमा प्रस्तुत नै भए, सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख बलवीर सुनाले स्थानीय तहको गैरजिम्मेवारपनका कारण सडकआश्रित मानवको एकिन तथ्यांक आउन नसकेको प्रतिक्रिया दिए।उनले भने, ‘स्थानीय सरकारको गैरजिम्मेवारीका कारण काम गर्न असहज भइरहेको छ।न स्थानीय सरकारले सडक मानवको व्यवस्थापन गर्छन्, न त तथ्यांक दिन्छन्।यो राम्रो विषय भएन् ।’

स्थानीय तहले अटेर गरेर तथ्यांक दिन नसकेपछि जिल्ला प्रशासन कार्यालय जुम्लाले पुनः एक साताभित्र सडकआश्रित मानवको तथ्यांक संकलनका लागि निर्देशन दिएको छ।एक साताभित्र तथ्यांक संकलन गरेर उचित व्यवस्थापन गर्नुपर्ने भएकाले सडक मानवका विषयमा गम्भीर रूपमा अघि बढ्न निर्देशन दिएको हो।प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले सडकआश्रित मानवका विषयमा सबै चनाखो र जिम्मेवार हुनुपर्ने बेला आएको बताए।

एक साताभित्र तथ्यांक आउनेबित्तिकै सडकआश्रित मानवको व्यवस्थापनका विषयमा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयसँग समन्वय गर्नुपर्ने देखिन्छ, ‘प्रजिअ थापाले भने, ‘स्थानीय तहलाई तथ्यांक पठाउन जिल्ला प्रशासन कार्यालयदेखि फोन पनि गर्छौं।स्थानीय तह जिम्मेवार नहुँदा समन्वयमा अभाव खड्किरहेको छ।यो राम्रो विषय होइन ।’

सामाजिक विकास कार्यालय जुम्लाले फोन गरेर टिपोट गरेको तथ्यांकलाई आधार मान्दा हाल २२ जना सडकआश्रित मानव छन्।तर यो विश्वसनीय तथ्यांक होइन।स्थानीय तहले हचुवाका भरमा दिएको तथ्यांक भएकाले तत्काल विश्वास गर्ने अवस्था छैन।एक नगरपालिका र ७ गाउँपालिकाका ६० वटै वडामा पुगेर सडकआश्रित मानवको तथ्यांक संकलन गर्न लागिएको प्रजिअ थापाले बताए।जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी माधवप्रसाद काफ्लेले गाउँका प्रहरी चौकीमा पनि खबर गर्ने प्रतिक्रिया दिए।उनले भने, ‘स्थानीय तहले समन्वय गरेको खण्डमा चौकीको जनशक्ति पनि परिचालन गर्न सकिने अवस्था रहन्छ ।’

पछिल्लो समयमा अत्यधिक चिसो बढेकाले जिल्ला प्रशासन कार्यालय जुम्लाले हिमपात योजना बनाएको छ।यो योजनाअन्तर्गत सडकआश्रित मानवलाई प्राथमिकतामा राखिएको छ।प्रजिअ थापा आफैं सडकमा पुगेर सडक मानवको खोजी गर्दा १० जना सडक मानव भेटिएका थिए।उनीहरूलाई आवश्यक न्यानोे कपडा र खाद्यान्नसमेत प्रजिअ थापाले वितरण गरेका थिए।

सडक मानवको प्रकृति हेरेर पुनःस्थापनाका लागि पहल गरिने उनले जानकारी दिए।बेवारिसे अवस्थामा रहेका व्यक्तिलाई तत्काल उद्धार गरी पुनःस्थापना गर्नका लागि सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशसँग आग्रह गर्ने तयारी भइरहेको छ।कर्णाली प्रदेश सरकार सडक मानवको पुनःस्थापनाका लागि सकारात्मक रूपमा प्रस्तुत भइरहेको छ।उनले भने, ‘मानव सेवा आश्रमसम्म पु¥याउन चन्दननाथ नगरपालिकालाई आग्रह गरिनेछ ।’ सडकआश्रित मानवलाई दीर्घकालीन रूपमा जिल्लाभित्र व्यवस्थापन गर्न अपांग पुनःस्थापना केन्द्र जुम्लाको निर्माणाधीन भवनलाई मानव सेवा आश्रमका रूपमा सञ्चालन गर्न आवश्यक बजेट कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयमा माग गर्ने निर्णय भइसकेको छ।

स्थानीय तहलाई सडकआश्रित मानवको व्यवस्थापनका लागि बजेट व्यवस्था गर्नका लागि आगामी वर्षमा समन्वय गरिने जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ।तत्काल उपचार खर्च, बास र काउन्सिलिङकोे आवश्यकता छ।स्थानीय तह जिम्मेवार हुँदा यो ठूलो समस्या होइन।प्रजिअ थापाले भने, ‘हामी लोकतन्त्र र लोकल्याणकारी राज्यको कुरा गर्छौं, लोकतन्त्र र गणतन्त्रका कुरा गर्छौं।सडक मानव आधारभूत आवश्यकता पूर्ति गर्दैनौं।यो लाजमर्दो विषय होइन र रु’ त्यसैले राज्यको संरक्षणको दायित्वभित्र प्रवेश गराउन पहल गरौं।अभिभावकीय दायित्व पूरा गर्नतर्फ अग्रसर बनौं ।’ स्थानीय सरकार गाउँको सिंहदरबार हो।करोडौंको बजेट बाँडफाँट हुन्छ।तर सडक मानवको व्यवस्थापनमा ध्यान पुग्दैन।

नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महत स्थानीय तह सडक मानवको कुशल अभिभावक बन्नुपर्ने बताउँछन्।उनले भने, ‘स्थानीय तह अभिभावक त के सामान्य सहयोगीसमेत बन्न सकेनन्।यो सरकारको सरासर गैरजिम्मेवारीपन हो ।’ सामान्य उठबस मात्र गर्दा हजारौं रूपैयाँ खर्च गर्ने स्थानीय सरकारका प्रतिनिधिको ध्यान अब सडक मानव व्यवस्थापनतिर जानुपर्ने आवश्यक छ।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
१ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस