बालअधिकार हननको घटनामा वृद्धि
१४ पौष २०७७
•
३ मिनेट पाठ
बालअधिकार हननको घटनामा वृद्धि
सप्तरीमा बालअधिकार हननको घटनामा वृद्धि हुँदै गएपछि सरोकारवाला चिन्तित भएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सप्तरीले सोमबार सार्वजनिक गरेको सन् २०२० को प्रतिवेदनमा अभिलेख गरिएको १३० घटनामा बालअधिकार हननको मात्रै ५० वटा घटना सार्वजनिक भएपछि सरोकारवालाले चिन्ता व्यक्त गरेका हुन्।




जिल्ला न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठले सबैले आ–आफ्नो भूमिका प्रभावकारी बनाउन आवश्यक रहेको बताए। राजविराज नगरपालिकाका उपप्रमुख साधना झाले नागरिकमा चेतना बढे मात्र बालअधिकार हनन्को घटनामा कमी आउने उल्लेख गर्दै मानवअधिकार र विकासले स्थायित्व लिन कर्मचारीको भूमिका महत्वपूर्ण रहने बताए।  

जिल्ला अदालतका श्रेस्तेदार कुमार मास्केले बालबालिका हनन्का घटना न्यूनीकरणका लागि महिला सञ्जाल र आमा समूहलाई सशक्त बनाउनुपर्ने उल्लेख गर्दै उनीहरु सुरक्षित र स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारबाट वञ्चित हुनु परेकोमा स्थानीय तहको ध्यानाकर्षण गराए।  

नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले जनप्रतिनिधि, प्रहरी र अगुवा नै गैरजिम्मेवार भएकाले बालअधिकार हननको घटना बढेको बताए। सन् २०२० को अवधिमा बालक हत्याको तीन उजूरी परेकोमा एक घटनामा एक जना पूर्पक्षका लागि थुनामा र दुई बालक जमानीमा रिहा भएका छन्। अन्य दुई घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए।  

प्रतिवेदन सार्वजनिक गर्दै इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले एक वर्षको अवधिमा बढी चर्चामा रहेका घटनामा सामूहिक बलात्कारको घटना उजूरी गर्न डाक्नेश्वरी नगरपालिका– ७ ललितपुरका पञ्चहरूले रोक लगाएपछि सोही ठाउँकी १७ वर्षीया बालिकाले भदौ ३० गते गरेको आत्महत्या घटना रह्यो। सो घटनामा पक्राउ परेका दुई बालक असोज २७ गते पूर्पक्षका लागि बालसुधार गृह वीरगञ्जमा छन्। आत्महत्या दुरुत्साहन समेतको सो घटनामा पञ्च जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डललाई जनही एक लाख १० हजार रुपैयाँ धरौटी राखेर असोज २७ गते र मुख्य पञ्च शत्रुधन मण्डलले पुस ८ गते दुई लाख धरौटी राखी पूर्पक्षका लागि रिहा भएका छन्।  

सो अवधिमा बालिका बलात्कारको २६ घटनामा चारदेखि १७ वर्षीया २६ जना बालिका पीडित भएका छन्। पीडितमध्ये तीन अपाङ्गता भएकी बालिका रहेका छन्। आरोपित सात वर्षदेखि ४५ वर्षका ३४ जना छन्। आरोपितमध्ये १६ जना पूर्पक्षका लागि थुनामा र एक बालक बालसुधार गृहमा छन् भने ७ र ८ वर्षीय दुई बालकमाथि मुद्दा चल्न नसकेर अभिभावकको जिम्मा लगाइएको छ।  

एक जना धरौटीमा रिहा भएका छन्। आरोपितमध्ये एक जना अपरिचित र एक जना बालिकाका बुबासमेत १४ जना पक्राउ परेका छन्। बाल यौन र्दुव्यवहारका ११ घटनामा सातदेखि १७ वर्षीया १२ बालिका पीडित भएका छन्। आरोपितमा १८ देखि ७६ वर्षीय २१ जना रहेका छन्। तीमध्ये दुई जना पूर्पक्षका लागि थुनामा छन् भने सात जना धरौटीमा रिहा भएका छन्। दुई जना हालै पक्राउ परेका छन् भने १० जना फरार छन्।  

यो अवधिमा पाँच वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेका आरोपमा २० वर्षीय बालक पक्राउ परेका छन्। बालविवाहका पाँच घटना जनप्रतिनिधि, प्रहरी, इन्सेक, बाल सञ्जाल र गाउँलेको पहलमा रोकिएको छ भने एउटा बाल तथा बहुविवाहको आरोपित दुई जना फरार छन्।

बालिका बेचविखनका दुई घटनामा १५, १४ र १३ वर्षीया बालिका पीडित भएका छन्। आरोपितमध्ये ४२ वर्षीया पूर्पक्षका लागि थुनामा र १६ वर्षीय बालसुधार गृहमा छन् । अन्य ४५, १९ र १८ वर्षीय पुरुष हालसम्म पक्राउ परेका छैनन्। पाँच बालकलाई कूटपिट गरेको एक घटनाका आरोपित विद्यालयका निर्देशकमाथि कुनै कारवाही भएको छैन्।इन्सेकको तथ्याङ्कमा एक वर्षको अवधिमा १३० मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटना सङ्कलन गरिएको छ।

जिल्ला बार इकाई सप्तरीका अध्यक्ष डोमन साहको अध्यक्षता एवं प्रेस स्वतन्त्रता सेनानी र इन्सेक सदस्य वैद्यनाथ झाले स्वागत गरेको कार्यक्रममा वक्ताहरूले हिंसा नियन्त्रणका लागि समन्वय र सहकार्यका साथै राज्यले सक्रियता बढाउनुपर्ने र अन्यले आफ्नो भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। रासस
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस