चोरीको गाडीको बिगबिगी रहेको भनिएको रौतहटमा एकै नम्बर प्लेटका दुई स्कारपिओ फेला परेका छन्। रौतहटको चन्द्रनिगाहपुरमा एकै नम्बर प्लेटका दुई स्कारपिओ एकै ठाउँमा रोकिएको देखेपछि स्थानीयले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा जानकारी गराएका छन्। इप्रका चन्द्रनिगाहपुरले दुवै गाडीलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ। प्रहरीले नियन्त्रणमा लिएका दुवै गाडीको नम्बर प्लेटमा बा १७ च ९३६५ लेखिएको छ।
दुई वटा गाडीको रङ पनि झन्डै एकै किसिमको रहेको देखिएको छ। दुई वटा गाडीमध्ये एउटासित कागजपत्र रहेको र अर्कोसित कुनै कागजपत्र नरहेको तत्काल बुझिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा प्रमुख डिएसपि हेम शाहीले जानकारी गराएका छन्। कागजपत्र रहेको गाडी सर्लाहीको बागमतीमा रहेको टी–गार्डेन रिसोर्टको नाममा रहेको पाइएको छ।
काम विशेषले सर्लाहीबाट रौतहटको चन्द्रनिगाहपुर आउँदा आफ्नै नम्बर प्लेटको अर्को गाडी फेला परेको रिसोर्टका रोशन लामाले बताएका छन्। अर्को स्कारपिओका सञ्चालकको खोजी भइरहेको छ।
अर्को गाडी भारतबाट चोरीको गाडी ल्याइएको अनुमान गरिएको छ। भारतबाट चोरीको गाडी ल्याई अवैध रुपमा नेपाली नम्बर प्लेट हाली प्रयोग गरेको हुनुपर्ने आशंका रहेको छ। जिल्लामा अन्य चोरीका गाडीहरु पनि भएको हुन सक्ने भएकोले नेपाली तथा भारतीय नम्बर प्लेटका गाडीमा निगरानी बढाउनु पर्ने स्थानीयको भनाइ रहेको छ।