जाग्दै महिला, भाग्दै कुरीति
३० मंसिर २०७७
•
४ मिनेट पाठ
जाग्दै महिला, भाग्दै कुरीति
जुम्ला कनकासुन्दरी गाउँपालिका ६ की एकमाया हमाल बालविवाहविरुद्धको अभियानमा निरन्तर लागेकी छिन्। उनी बालविवाह गर्दा स्वास्थ्यमा हुने हानी र जीवनमा भोग्नु पर्ने समस्याका बारेमा सुझाउँछिन्। महिनामा एक दिन उनी बालविवाह जस्ता समाजमा हुने सबै प्रकारका कुरीति अन्त्य गर्नकै लागि छुट्याउँछिन् । गाउँगाउमा पुगेर भन्छिन्,‘ कुरीतिका कारण समाजमा हिंसा फैलंदो अवस्थामा छ। परिवर्तित समयको वेगसंगै हाम्रो मानसिकतामा पनि परिवर्तन ल्याउन जरुरी छ। रुढिगत समाजले जन्माएका नकरात्मक पाटा पक्ष केलाएर पन्छाउन जरुरी छ।’




एकमाया एक उदाहरण मात्र हुन्। अहिले कनकासुन्दरी गाउँपालिकामा उनी जस्तै महिलाले १ सय ११ समूह बनाएर कुरीतिविरुद्धको अभियान नै चलाएका छन्। पहिले गाउँमा सभा सम्मेलन हुँदा परिचय दिन कठिन हुन्थ्यो, एकमायाले भनिन्,‘अहिले निर्धक्क भएर परिचय दिन्छौँ। समूहमा नियमित बैठक बस्छौँ। अन्यायपूर्ण क्रियाकलापका विरुद्धमा आवाज उठाउन थालेका छौँ। यहाँका महिलाको अहिले साहस बढेको छ।’

गाउँमा महिला सक्रिय हुन थालेपछि गाउँभित्र हुने विकृतिजन्य क्रियाकलाप हट्दै जान थालेका छन्। पहिलो चरणमा साझासवालमा एक हुन सिक्यौँ। सार्वजनिक कार्यक्रममा बोलचाल गर्न थाल्यौँ। एकता नै बल हो भन्ने सन्देश प्रवाह गर्न सफल भइसकेका छौँ, एकमाया भन्छिन्,‘पुरुष प्रधान समाज महिलाको एकताले झस्किदै जान थालेको छ।’

यहाँका महिला पुरुषले महिला माथि गर्ने अन्यायका बारेमा मात्र वकालत गर्दैनन्। महिलाले महिला माथि गर्ने अन्यायको बारेमा समेत आवाज उठाउँछन्। कनकासुन्दरी गाउँपालिका ३ की गौकला कामीले भनिन्,‘पुरुषबाट अधिकाँस महिला हिंसामा परेका छन्। तर महिलाबाट केही पुरुष मात्र। महिला पुरुष दुबैलाई हुने अन्यायका बारेमा बोल्न थालेका छौँ। कसैलाई न्याय दिने सवालमा अन्यायमा पर्न पनि दिँदैनौं।’

महिलाले गाउँमा बालविवाह, बहुविवाह रोक्न थालेका छन्। घरेलुहिंसा गर्न हुँदैन भनेर गाउँमा छलफल गर्न थालेका छन्। उनले भनिन्,‘घरेलुहिंसाको बारेमा न्यायिक निकायामा उजुरी गर्न सक्ने भइसकेका छौँ।’ श्रीमानले श्रीमती कुटपिट नगर्ने, श्रीमतीले श्रीमानको आदार सम्मान गर्ने विषयमा समूहमा छलफल हुने गरेको छ। बहुविवाह गर्दा नागरिकता बन्दैन। विवाह दर्ता हुँदैन। त्यसलै बहुविवाह गर्नु हुँदैन भन्ने सन्देश दिन थालिएको छ। गाउँमा हुने सबै प्रकारका विवादको निरुपण समेत महिलाले गर्न थालेका छन्। लकडाउने विकृति निम्त्यायो,‘एकमायाले थपिन्,‘पुरुष जुवातास खेल्न थाले। क्यारेमबोर्ड खेल्न थाले। मदिरा सेवन गरेर अशान्ति सिर्जना गर्न थाले। स्थानीय सरकारसंग मिलेर प्रहरीमा साँझेदारी गरेर अभियान चलाउन थालेका छौँ। आफ्नो घरायसी काम त्यागेर भएपनि सामाजिक कार्यमा अग्रसर हुन थाल्यौँ।’

योसंगै गाउँमा हुने विकास निर्माणका क्रियाकलापमा समेत सक्रिय सहभागिता जनाउन थालेका छन्। धारापधेरा बिग्रको बनाउँछौँ। बाटोघाटो सरसफाइ गर्छौ। हरेक महिना बचत गरेर रकम जम्मा गर्छौँ।

आइएनएफ जुम्लाका प्रमुख अभिसेक विकले पछिल्लो समयमा यहाँका महिला अधिकार खोज्ने अभियानमा सक्रिय हुन थालेको बताउँछन्। जबसम्म सम्पत्तिमाथि महिलाको समान हक हुँदैन। तबसम्म महिलाले शान्तिको अनुभूति गर्न पाउने छैनन्। प्रमुख विकले थपे,‘अधिकार खोज्ने र कर्तव्य पालना गर्ने कार्यमा यहाँका महिला अग्रसर छन्। हरेक दिन १५ घण्टा काममा खटिने महिला एक दिन समाजको लागि छुट्याउन थालेका छन्। आयआर्जनका क्रियाकलाप प्रत्यक्ष संलग्न हुन थालेका छन्।’

हरेक महिनामा कार्ययोजना बनाउँछन्। कार्ययोजना अनुसार मासिक रुपमा हुने कामको बारेमा निक्र्यौँल गर्छन्। बैठक बस्दा हात नधोएर सभागिता हुन नदिने नियम बनाएका छन्। स्कुल नजाने बालबालिकालाई स्कुल जना प्रेरित गरेका छन्। विपन्न बालबालिकालाई रकम संकलन गरेर शैक्षिक सामग्रीको व्यवस्थापन गर्छन्। गाउँपालिका भरी ५ वटा मुल समिति बनाएका छन्।  

आइएनएफको पावर परियोजना अन्र्तगत महिलाले गाउँगाउँमा समूह निर्माण गरेका छन्। हरेक समूहमा पुरुष पनि सहभागी छन्। विकास निर्माणका हरेक क्रियाकलापमा समान हक खोज्न थालेका छन्। उपभोक्ता समितिमा अध्यक्ष र सचिवमा दावी गर्न थालेका छन्। विकास निर्माणमा हुने अनियमितताको पर्दाफास गर्छन्। बिल भरपाइ मागेर छानबिन गर्न सक्ने भइसकेका छन्।

तिला गाउँपालिकाकी उपाध्यक्ष महिला नेतृ बिष्णु बुढाले महिलाले उदाहरणीय कार्य गरेको बताइन्। उनले भनिन्,‘गाउँको विकासमा महिलाले गरेको कार्यको जति प्रशंसा गरेपनि पुग्दैन। त्यो एक नमुना काम हो।’ सर्बोदय नेपालका प्रमुख कमल खत्री समाज विकासमा महिलाको नेतृत्वदायी भुमिका देख्न पाइएको बताए। उनले भने,‘कर्णाली जस्तो दुर्गम क्षेत्रका महिलाले राज्यलाई चुनौति दिने खालको काम गर्नु कम चुनौतिको विषय होइन। यहाँको महिलाको क्षमता अभिबृद्धिमा स्थानीय सरकारले ध्यान दिनुपर्छ।’

गाउँपालिकामा महिलाहरु हक अधिकारका विषयमा छलफल गर्न पटक पटक आउने गरेको कनकासुन्दरी गाउँपालिकाले जनाएको छ।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस