जुम्ला मालपोतमा सुविधा भन्दा सास्ती धेरै
१९ मंसिर २०७७
•
३ मिनेट पाठ
जुम्ला मालपोतमा सुविधा भन्दा सास्ती धेरै
क्याप्शन
पछिल्लो समयमा जिल्ला मालपोत कार्यालय जुम्लामा सेवा सुविधा भन्दा पनि सास्ती धेरै हुने गरेको सेवाग्राहीले गुनासो गरेका छन्। उनीहरुले मालपोतको कामका लागि महिनौँसम्म सदरमुकाम खलंगामै बस्नु परेको दुखेसो गरे।  




गुठीचौर गाउँपालिका–४ खल्लावाडाका धनकृष्ण कुमाइले मालपोत कार्यालयमा धाउँदै दिकदार भईसकेको अनुभव सुनाए। दाजु भाइको जग्गा भागबण्डा गरि लालपुर्जा लिएर मोड कायम गर्न पनि निकै कठिन भइरहेको उनले बताए।

‘कार्यालय धाउन थालेको झन्डै महिना दिन पुग्यो। उनले भने,‘अहिले सम्म न काम भयो। नत सुख पाइयो। दैनिक कार्यालय धाउने मात्रै भयो। सेवा लिन सकिएको छैन।’  

चिनजान गरेको ब्यक्तिको काम छिट्टै हुने गर्छ। सर्वसाधारण महिनौसम्म लाइनमा बस्दा समेत पालो पाइदैन।  दैनिक रुपमा मालपोत कार्यालयमा न्युनतम ५० देखि अधिकतमा ८०/९० जनाको लाइन बस्छन्। मुस्किलले एक दिनमा १० जनाले मात्र सेवा पाउँदै आएका छन्।  

मालपोतका सेवालाई अनलाइनमा रुपान्तरित गरेपछि सेवा दिन कठिन भएको हो। २०७६ कार्तिक १७ गतेदेखि मालपोतका सेवालाई अनलाइन मार्फत प्रदान गर्न थालिएको थियो।  

अनलाइन प्रक्रियामा जानुअघि मालपोतको सबै काम लिखित रुपमा हुने गरेको थियो। केन्द्रीय मालपोत विभागले अनलाइन प्रणालीमार्फत गत वर्षबाट काम गर्न थालेपछि सेवाग्राहीलाई झनै सास्ती भएको छ। अनलाइन सेवा मार्फत सेवाग्राहीलाई सेवा दिन सहज होला भन्ने सोचिएको थियो, निमित्त प्रमुख महेन्द्र आचार्यले भने,‘झनै सास्ती हुन थाल्यो।’

अनलाइन र ढड्डा दुवै तरिकाबाट काम गर्नुपर्छ। अनलाइनबाट छिटोछरितो गर्न पहिला सेवाग्राहीका कागजात सबै कम्प्युटर तथा सफ्टवेयरमा इन्ट्री गर्नुपर्छ। ढड्डामा पनि राख्नुपर्ने भएकाले निकै समस्या भएको मालपोत कार्यालय बताउँछ।  

उनले भने,‘सफ्टवेयरमा इन्ट्री भएका सेवाग्राहीले छिट्टै सेवा पाउँछन्। इन्ट्री हुन नसकेका सेवाग्राहीले ढिलो सेवा पाउँछन्। जुम्लामा इन्टरनेटले राम्रो सित काम नगर्ने भएकोले प्रभावकारी कार्य सम्पादन हुन सकेको छैन।’

अहिले दक्ष जनशक्तिको अभाव छ। कार्य सम्पादन गर्ने कम्प्युटर अपरेटर करारमा एक जना मात्रै छन्। दैनिक जग्गा कारोबार गर्नेको कार्यालयमा भीड लाग्छ। मालपोत कार्यालयमा देखिएको समस्याका बारेमा विभागमा जानकारी गराइसकेको निमित्त प्रमुख आचार्य बताउँछन्।  

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा मालपोतको सेवा प्रवाहका विषयमा गुनासो बढेपछि सेवा सहजताको लागि पहल भइरहेको बताउँछन्।  

केही प्राविधिक र जनशक्ति अभाव भएको जानकारी कार्यालय प्रमुख जानकारी दिएका छन्, प्रमुख जिल्ला अधिकारी थापाले भने,‘ जनशक्ति एवं प्राविधिक समस्या समाधानका लागि भूमि व्यस्थापन तथा अभिलेख विभागका महानिर्देशकज्यूसँग समन्वय भएको छ। तत्काल जनशक्ति व्यवस्थापनको लागि केही कर्मचारी प्रबन्ध हुने गरी व्यवस्था मिलाईएको जानकारी प्राप्त भएको छ। आशा छ, मालपोत कार्यालय जुम्लाबाट प्रदान गरिने सेवा प्रवाहमा सुधार हुनेछ।’  

जिल्लाका अन्य सरकारी कार्यालयहरुबाट समेत प्रवाह गरिने सेवा सम्बन्धमा गुनासो भए जिल्ला प्रशासन कार्यालय जुम्ला रहेको उजुरी पेटिका वा प्रशासन कार्यालयको आधिकारीक इमेलमा उजुरी दिन समेत प्रशासन कार्यालयले आग्रह गरेको छ।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस