मध्य पहाडी लोकमार्ग अन्तर्गत कास्कीको हेम्जा खण्डमा कालोपत्रे गर्न सुरु भएको छ। राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोकमार्ग (पुष्पलाल) अन्तर्गत कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नम्बर २५ मा पर्ने हेम्जा खण्ड अन्तर्गत पोखराको याम्दीदेखि माछापुच्छ्रे गाउँपालिका–७ को घट्टेखोला खण्डमा कालोपत्रे गर्न सुरु भएको हो। कास्कीको हेम्जा खण्डको सुईखेतबाट कालोपत्रे गर्न सुरु गरिएको मध्य पहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका इन्जिनियर अनन्त बरालले बताए। उनका अनुसार अस्फाल्ट कंक्रिट प्रविधिबाट कालोपत्रे गर्ने काम भईरहेको छ।
पिच गरिएको भन्दा पश्चिम क्षेत्रमासमेत बाटो सम्याउने काम भईरहेको इन्जिनियर बरालले जानकारी दिए। यस खण्डमा गत भदौमै काम सक्नुपर्ने भएपनि निर्माण कम्पनीको ढिलासुस्ती र कोभिडको असरका कारण सडक सम्पन्न हुन ढिलाई भएको उनले बताए। खानेपानी र विजुलीका पोल स्थानान्तरण लगायतका प्राविधिक समस्याले पनि निर्माणमा ढिलाई भएको उनको भनाइ छ।
मध्य पहाडी लोकमार्ग साविक पोखरा–बागलुङ सडक हुँदै जाने भएपछि दुई लेनको पिच सडक भत्काएर ६ लेनको बनाउने काम भईरहेको छ। कास्की खण्ड अन्तर्गतको ३७.५ किलोमिटर सडक तीन खण्डमा विभाजन गरी बोलपत्र आह्वान भएर दुई अर्व ९३ करोड ६६ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको थियो।
सडक पिच भएसँगै स्थानीय खुसी भएका छन्। सडक विस्तार भएसँगै पहिलेको पिचबाटो भत्काएर नया नबनाईसक्दा त्यहाँ हिँउदमा धुलो र बर्खामा हिलोले हैरानी बनाउँथ्यो। अब चाँडै पिचबाटो बन्ने आशामा आफूहरु रहेको स्थानीय बैकुण्ठ भण्डारीले बताए।
हेम्जा खण्ड अन्तर्गत याम्दीदेखि सुईखेतसम्म स्वच्छन्द इलाइट जेभीले ९८ करोड ७९ लाख ६१ हजार ४१५ तथा सुईखेतदेखि घट्टेखोलासम्म शर्मा एण्ड कम्पनीले ९८ करोड १२ लाख ५० हजार ५२९ रुपैयाँ लागतमा कामको जिम्मा पाएका थिए। तीन वर्षमा सम्पन्न गर्ने गरी विसं २०७४ मा यस खण्डको निर्माण सम्झौता भएको थियो।
यसैगरी घट्टेखोलादेखि कास्की पर्वत सीमा नयाँपुलसम्मको २५ किमी दूरीमा श्रेष्ठ दिवा एपेक्स कन्स्ट्रक्सनसँग ९६ करोड ७४ लाख ११ हजार १०७ रुपैयाँ ठेक्का सम्झौता गरिएको थियो। यस खण्डमा भने सबै काम सकिएको र सडक हस्तान्तरण गर्न मात्र बाँकी रहेको मध्यपहाडी राजमार्ग आयोजनाले जनाएको छ।