रौतहटमा सोमवार राति एक जना युवकको हत्या भएको छ। सोमवार बिहान एक जना दलित पुरुषको शव माधवनारायण नगरपालिकामा थियो। शंकास्पद अवस्थामा दशैँरामको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको थियो।
सोमवार राति नै रौतहटको वृन्दावन नगरपालिकामा एक युवकको चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ। कोखा (पेट)मा चक्कु प्रहारबाट रौतहटको वृन्दावन नगरपालिका ३ का १८ वर्षीय नन्दकिशोर रामको मृत्यु भएको हो।
स्थानीय लाले रामले मादक पदार्थ सेवन गरी सोमवार साँझ छिमेकी ललितादेवीलाई गालीगलौज गरेकोमा दुई पक्षबीच विवाद उत्पन्न भएको थियो। विवादले झगडाको रुप लिएपछि मौजेलाल रामका १८ वर्षीय छोरा नन्दकिशोर रामले लाले रामको पक्षमा बोलेको लक्ष्मी रामका १९ वर्षीय छोरा रवि रामको आरोप रहेको थियो।
दुवै पक्षको झगडा शान्त भइसकेपछि रवि रामले नन्दकिशोर रामको कोखा (पेट) मा चक्कु प्रहार गरेको थियो।
चक्कु प्रहारबाट सख्त घाइते भएका नन्दकिशोर रामको उपचारको क्रममा अपोलो अस्पताल चन्द्रपुरमा करिब साढे नौ बजे राति मृत्यु भएको प्रहरीको भनाइ छ। चक्कु प्रहार गर्ने रवि रामलाई चक्कुसहित पक्राउ गरिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
आपसी विवादमा गत हप्ता पनि रौतहटमा एक जना दलित युवकको ज्यान गएको थियो।