नेपाली कांग्रेस खेलकुद विभागले शुक्रबार विराटनगरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। कोरोना महामारीका समय रगतको अभाव हुन नदिनका लागि खेलकुद विभागले रक्तदान कार्यक्रम आयोजन गरेको विभागका केन्द्रीय सदस्य तथा करातेका वरिष्ठ प्रशिक्षक शोभितराज प्रसाईंले बताए।
रक्तदान कार्यक्रमको उद्घाटन कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले गरेका थिए। कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ता र सर्वसाधारणले रक्तदान गरेका थिए। रक्तदान कार्यक्रममा १ सय १० पिन्ट रगत संकलन भएको नेपाली कांग्रेस खेलकुद विभागले जनाएको छ।