दुई लाख नगदसहित तीन जुवाडे पक्राउ
११ मंसिर २०७७
•
१ मिनेट पाठ
दुई लाख नगदसहित तीन जुवाडे पक्राउ
गोरखा प्रहरीले दुई लाख ७१ हजार पाँच सय २० रुपैयाँसहित जुवाडेलाई पक्राउ गरेको छ। गण्डकी गाउँपालिका वडा नम्बर ४ फुजेलबाट तीन जनालाई पक्राउ गरिएको प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताए।




स्थानीय जनक भण्डारीको घरमा कौडा खेलिरहेका घरधनी भण्डारी, धादीङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ का ६३ वर्षीय खुमबहादुर अर्याल र ज्वालामुखी गाउँपालिकाकै वडा नम्बर २ को २२ वर्षीय राजकुमार थापालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुको साथबाट कौडा पनि बरामद भएको छ।  

उनीहरुलाई जिल्ला प्रशासन कार्यालयबाट बिहीबार १० दिनको म्याद थप गरि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। ‘पछिल्लो समय जुवातास नियन्त्रण गर्न प्रहरी सक्रिया रहेको र निरन्तर निगरानी बढाएको एसपी गुरुङले बताए।  

जुवा हुँदैछ भन्ने सूचना पाएपछि डिएसपी बासुदेव खतिवडा नेतृत्वको प्रहरी टोली त्यसतर्फ गएको थियो। धेरै संख्यामा रहेको स्थानीयले जुवा खेल्नेहरुलाई पक्राउ गर्न डिएसपीसहितको टोलीलाई अवरोध गरेपछि एसपी सुरेन्द्र गुरुङ, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक टेकराज तिमल्सिना, शसस्त्र प्रहरी बल गुल्म गोरखाका डिएसपी राजेन्द्र अधिकारीको टोली त्यसतर्फ गएको थियो। उक्त टोलीले जुवा खेल्नेहरुलाई पक्राउ गरेर बिहीबार बिहान जिल्ला प्रहरी कार्यालय ल्याएको बताइएको छ।
अर्को समाचार
कपिलवस्तुमा पौने ५ लाख नगदसहित १५ जुवाडे पक्राउ
३१ साउन २०८३
•
१ मिनेट पाठ
कपिलवस्तुमा पौने ५ लाख नगदसहित १५ जुवाडे पक्राउ
कपिलवस्तुको कृष्णनगर नगरपालिका–३ झण्डीनगरस्थित विनोद रावतको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले पौने ५ लाख रुपैयाँ नगदसहित १५ जनालाई पक्राउ गरेको छ।




लुम्बिनी प्रदेश प्रहरी र इलाका प्रहरी कार्यालय कृष्णनगरको संयुक्त टोलीले शनिबार दिउँसो जुवाको खालमा छापा मार्दा ४ लाख ७५ हजार रुपैयाँ नगद, २४ थान मोबाइल र ३ गड्डी तास बरामद गरेको हो।

पक्राउ पर्नेमा रुपन्देही गैडहवा गाउँपालिका–३ का प्रभुनाथ पासी, सुद्धोधन गाउँपालिका–१ का सुरेन्दर मन्लाह, कपिलवस्तु कृष्णनगर नगरपालिका–३ का विनोद एला, रुपन्देही सुद्धोधन गाउँपालिका–४ का सागर काफ्ले र अशोककुमार घिमिरे रहेका छन्।

त्यस्तै, रुपन्देही सुद्धोधन गाउँपालिका–१ का रामेश्वर थारु, गैडहवा गाउँपालिका–३ का अब्दुल रहिम, सुद्धोधन गाउँपालिका–१ का रामू सहानी, कपिलवस्तु नगरपालिका–७ का लवकुश गिरी र कृष्णनगर नगरपालिका–३ का लक्ष्मीप्रसाद जैसवाल पनि पक्राउ परेका छन्।

यसैगरी, रुपन्देही गैडहवा गाउँपालिका–३ का श्रीराम यादव, गैडहवा–८ का जगन्नाथ लोध, लुम्बिनी सांस्कृतिक नगरपालिका–११ का अस्लम मुसलमान तथा दाङ लमही नगरपालिका–५ का राजु भन्ने हेमराज ज्ञवाली र विमल डाँगी पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक कृष्णबहादुर कुँवरका अनुसार पक्राउ परेकाहरूले स्थान परिवर्तन गर्दै जुवा खेल्ने गरेको पाइएको छ। पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस