बलात्कारविरुद्ध कानुनमा सजाय थप भइरहेका बेला गोरखामा बलात्कारका घटना झनै बढेको छ। साउनदेखि कात्तिक मसान्तसम्म गोरखामा १० जना बालिका बलात्कृत भए।
‘बलात्कारको १४ घटनाा घटे, १५ जना पीडित छन्, ति मध्ये १० जना बालिका छन्’ जिल्ला प्रहरी कार्यालय मुद्दा फाँटका प्रहरी निरीक्षक धर्म अधिकारीले भने। बलात्कृत हुने बालिकाको उमेर ६ देखि १५ वर्ष रहेको छ। अन्य घटनामा पीडित युवती १७ र दुईवटा घटनामा पीडित महिला छन्।
घटनामा पीडित बालिका धेरै छन् तर पीडक उमेर पुगेका पुरुष धेरै छन्। १४ वटा घटनामा १६ वर्ष उमेर मुनिका बालक एक जना मात्र छन् भने अधिकांस १८ देखि ४० वर्ष उमेर समूहका छन्। ‘पीडकको अवस्था हेर्दा जाने बुझेकाले बालिकालाई ललाई फकाई यौन हिंसा गरेको देखिन्छ’ प्रहरी निरीक्षक अधिकारीले भने।
१२ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा ६८ वर्षीय पुरुषलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनी अदालतको आदेशपछि अहिले पुर्पक्षका लागि कारागार चलान भएका छन्। ‘हरेक महिना चारदेखि छ वटा यौन हिंसाको घटना घटेको छ’ निरीक्षक अधिकारीले भने ‘बिगतमा भन्दा अहिले घटनाको दर बढी देखिन्छ।’
हिंसाका घटना बाहिर आउने क्रम बढेको छ। गोरखाका प्रहरी प्रमुख सुरेन्द्र गुरुङ भन्छन्, ‘सामुदायीक सेवा केन्द्र, बिभिन्न संघ संस्थासँग सहकार्य गरेर हामीले चेतनामुलक कार्यक्रम गर्दै आएको थियौँ, कोभिडले अहिले केही प्रभावित बनेको छ।’