मोरङको धनपालथान र विराटनगरबाट प्रहरीले तस्करीका तरकारीजन्य वस्तु र डिजल बरामद गरेको छ।
धनपालथान गाउँपालिका–३ बाट अवैधरूपमा भारतबाट ल्याइ लुकाइ राखेको अवस्थामा १ हजार ५ सय ५० किलोग्राम आल, प्याज, लसुन तथा विराटनगरबाट भारततर्फ लैजाँदै गरेको ४ सय ३० लिटर डिजल प्रहरीले बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए।
धनपालथानका सीताराम सिंहको घर नजिक लुकाइ राखेको अवस्थामा इलाका प्रहरी कार्यालय रंगेलीको टोली राति करिब १२ बजे २१ बोरा आलु (१ हजार ५० किलोग्राम), ७ बोरा प्याज (३ सय ५० किलोग्राम) र ३ बोरा लसुन (१ सय ५० किलोग्राम) बरामद गरिएको डिएसपी राईले जानकारी दिए। १ लाख ४५ हजार रुपैयाँ बराबरको खाद्यान्न बरामद गरिएको हो। बरामद गरिएको खाद्यान्न विराटनगर रानीस्थित भन्सार कार्यालयमा बुझाउने प्रहरीले जनाएको छ।
त्यस्तै बिहीबार विराटनगर–११ स्थित केसलिया नहर छेउबाट अवैधरूपमा भारततर्फ लैजाँदै गरेको ४ सय ३० लिटर डिजलसहित ३ जना पक्राउ परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा तीन नै जना सुनसरी हरिनगरा गाउँपालिका–६ का २६ वर्षीय शत्रुधन साह, ३० वर्षीय नजाम खान र ५० वर्षीय अकवाल मियाँले ३४ हजार ४ सय बराबरको डिजल ३ वटा मोटरसाइकल राखेर लैजाँदै गर्दा पक्राउ गरेको प्रवक्ता डिएसपी राईले बताए।