उड्दाउड्दै अस्ताए प्याराग्लाइडिङका यी खेलाडी पाइलट
०९ मंसिर २०७७
•
३ मिनेट पाठ
उड्दाउड्दै अस्ताए प्याराग्लाइडिङका यी खेलाडी पाइलट
सधैं आकाशमा उडिरहने राजु नेपाली उड्दाउड्दै अस्ताए। टेण्डम फ्लाइट उडान भर्दै आएका ३८ वर्षीय नेपालीले प्याराग्लाइडिङ उडानकै क्रममा ज्यान गुमाए। उनको निधनले पोखराको प्याराग्लाइडिङ क्षेत्रले अनुभवी पाइटल गुमाएको छ। कराँतेले अनुशासित खेलाडी, प्रशिक्षक एवं रेफ्री गुमाएको छ। शारीरिक सुगठनले पदक जित्ने सम्भावना बोकेको खेलाडी गुमायो।  




प्याराग्लइडिङको व्यवसायिक उडान सुरु गरेको झण्डै पाँच वर्ष मात्रै भएको थियो। प्याराग्लाइडिङमा उड्नु अघि उनी क्योकुशिन कराँतेका राम्रा खेलाडी हुन्। २०५८ सालमा कराँते खेल्न थालेका हुन्। कराँतेमै आफ्नो खेलकुद करियर सुरु गर्ने क्रममा उनले पोखरा–१७ विरौटा डोजोबाट बेल्ट बाँधे। एक वर्षपछि प्रतिस्पर्धाको एरिनामा उत्रिए। भर्खरै सिक्दै गरेको जोश र उमंगले ६५ केजी तौल समूहको प्रतिस्पर्धामा पहिलो सहभागितामै तेस्रो(कास्य) पदक जिते।  

मनमा उर्जा र हौसला थपियो। माघे संक्रान्तिको बेलामा वर्षेनी कराँते प्रतियोगिता आयोजना हुन्थ्यो। २०६० सालमा उनले दोस्रो पटक एरिनामा उत्रिए। रजत पदक जिते। कराँतेमा उनको करियर अघि बढ्यो। ‘हसिँलो र अनुशासित उनी कराँतेका अग्रज र अनुजसँग निकै मिल्थे’ कराँतेका प्रशिक्षक समेत रहेका दिपकबहादुर गोदारले विगत सम्झिए–‘गुरुप्रतिको सम्मान र व्यवहार भुल्नै सकिन्न। कराँतेमा उनको अमिट छाप छोडेका छन्।’ २०६८ सालमै धनगढीमा आयोजित छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कराँतेका निर्णायक(रेफ्री)को भूमिका निर्वाह गरेका थिए। पछिल्लो समय उनी नेपाल स्ट्रोङगेष्ट कराँतेमा आवद्ध थिए। उनी कराँते ब्लाक बेल्ट थर्ड डान हुन्।  

सबै खेलप्रति उत्तिकै लगाव थियो। कराँतेसँगै उनी शारीरिक सुगठनतर्फ पनि होमिएका थिए। २०६८ सालमा पोखरामा आयोजित क्षेत्रीयस्तरको शारीरिक सुगठनमा सहभागिता जनाए। तर उनले सफलता भने प्राप्त गरेनन्। बलिष्ठ शरीरका धनी उनले आफैं पनि कराँतेको प्रशिक्षक थिए। शारीरिक सुगठनतर्फ आकर्षित हुँदै पोखराको लेकसाइडमा ‘लेकब्रिज’ जिम समेत सञ्चालन गरे। जिम सेन्टरमै कराँते तथा किक बक्सिङ प्रशिक्षण समेत गराउँथे। जिमसँगै उनको यात्रा प्याराग्लाइडिङतर्फ मोडियो। प्याराग्लाइडिङमा टेण्डम उडान गर्न सक्षम भएपछि पाँच वर्षयता टेण्डम उडान गर्दै आएका थिए। उनले पोखराको फिष्टेल प्याराग्लाइडिङ कम्पनी मार्फत उडान भर्ने गर्थे।  

परिवारले अभिभावक गुमाए। आम्दानीको स्रोत गुम्यो। परिवारको आर्थिक अवस्थामा सामान्य छ। उनकै भरमा परिवार चल्थ्यो। लकडाउनपछि खेलकुद क्षेत्र ठप्प छ। कराँते तथा ओको किक बक्सिङ सिकाउने मौका उनले पाएनन्। विस्तारै उठ्ने तयारीमा रहेको पोखराको पर्यटन क्षेत्रलाई प्याराग्लाइडिङले चलायमान बनाउन खोज्दै थियो। आन्तरिक पर्यटकको उत्साह थियो। त्यही उत्साह सोमबार दिउँसो क्षणभरमै सिद्धियो। पोखरा–२८ कालिका घर भएका उनको परिवारमा आमा, श्रीमती र दुई छोरा छन्। ९ वर्ष र ४ वर्षका दुई छोरा टुहुरा बने। परिवार विक्षिप्त बन्न पुग्यो।  

उनको निधनले पोखरा रंगशालामा मंगलबार दिनभर सन्नाटा छायो। पश्चिमाञ्चल क्षेत्रीय अस्पताल(पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान)बाट शवको पोष्टमार्टमपछि पोखरा रंगशाला परिसरमा अन्तिम श्रद्धान्जलीको लागि राखिएको थियो। राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य सम्पन्न श्रेष्ठ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, नेपाल स्ट्रोङगेष्ट कराँते संघका पदाधिकारीहरु, विभिन्न खेलका खेलाडीहरु लगायतले पार्थीव शरीरमा श्रद्धान्जली अर्पण गरेका थिए। पार्थीव शरीरलाई सेतीनदीमा दाहसंस्कार गरिएको थियो।
अर्को समाचार
पोखराको प्याराग्लाइडिङ शुल्कः १२ हजार रुपैयाँबाट घटेर ३ हजार
२३ पौष २०८०
•
५ मिनेट पाठ
पोखराको प्याराग्लाइडिङ शुल्कः १२ हजार रुपैयाँबाट घटेर ३ हजार
पोखराको आकाशमा भईरहेको प्याराग्लाइडिङ उडान। फाइल तस्बिरः नागरिक
प्याराग्लाइडिङ उडानमा लगाइएको एकद्वार प्रणालिको प्रावधान हटेपछि पोखराको आकाशमा हुने प्याराग्लाइडिङ उडानको शुल्क ह्वात्तै घटेको छ। अहिले कम्पनिले ३ देखि ४ हजार रुपैयाँमा पाहुनालाई आकाशमा उडाउन थालेका छन्। यो शुल्क केहीदिन अघिसम्म १२ हजार रुपैयाँ थियो। यो शुल्क १५ देखि २० मिनेट उडान अवधिको रहेको व्यावसायीले बताएका छन्।  




प्याराग्लाइडिङ उडानमा एकद्वार प्रणालि लागु गर्ने वा प्रतिश्पर्धात्मक रुपमा व्यावसाय गर्न दिने भन्ने विषयमा विवाद बढ्दै जाँदा केहीदिन अघि प्याराग्लाइडिङ उडान रोकिएको थियो। प्याराग्लाइडिङ व्यावसायी, व्यावसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) र पाइलटबीच विवादका कारण झन्डै दुइसातासम्म उडान अवरुद्ध भएको थियो।

हवाई सेवाको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले समेत विवादका बीच उडान गर्दा जोखिम हुने भन्दै प्याराग्लाइडिङ उडानमा रोक लगाएको थियो। तर, खुला बजार नीति अनुसार व्यावसायी आफैले मूल्य तोकेर उडान गर्न पाउने गरि सहमति भएपछि उडान खुला भएको थियो। अहिले पोखराको आकाशमा उडान गर्दा बढीमा ४ हजार रुपैयाँ लिएको व्यावसायीले बताएका छन्। यात्रु तान्ने होडमा कतिपयले ३ हजार रुपैयाँसम्ममा पनि उडान गरिरहेको व्यावसायीले नै बताएका छन्।

‘मैले नै ४ हजार रुपैयाँमा पाहुना उडाएको छु। किनकी प्रतिश्पर्धात्मक बजारमा मूल्य घटेपछि सस्तो बनाएको हुँ,’ हिमालयन फ्रन्टियर्स प्याराग्लाइडिङ कम्पनिका संचालक शैलेन्द्र रावतले भने, ‘सबैतिर सस्तो परेपछि मैले पनि सस्तैमा उडाएको हुँ।’ उनका अनुसार यो मूल्य १५ देखि २० मिनेटसम्म अवधिका लागि मात्र हो।  

‘पहिला यही मूल्य १२ हजार रुपैयाँ थियो। छाता संस्था (ना) ले नै १२ हजार भन्दा कम लिन नपाउने गरि मूल्य तोकेको थियो, तर, अहिले यो मुल्य घटेर ३ देखि ४ हजार रुपैयाँमा झरेको छ,’ उनले भने, ‘खुला र प्रतिश्पर्धी बजार अनुरुप उडान संचालन गर्नुपर्ने भन्ने निर्णय भएपछि व्यावसायीले पाहुना तान्नका लागि आफु खुसी शुल्क लिएर उडाएका छन्।’
रावतका अनुसार व्यावसायी, छाता संस्था र पाइलटबीचको विवादले उडान नै रोकिएपछि प्राधिकरणले छाता संस्था ना लाई मूल्य नतोक्न निर्देशन दिएको थियो। ‘प्राधिकरणले ना लाई मूल्य तोक्न नपाउने भनेर खुला गरिदियो। त्यसपछि खुला बजार प्रतिश्पर्धामा जान बाध्य हुँदा मुल्य घटेको हो। कार्टेलिङ भएको गुनासो भएपछि खुला बजारमा जानुपर्छ भन्ने भयो,’ उनले भने, ‘जसले गर्दा मूल्य घट्न पुग्यो।’  

ब्लू स्काई प्याराग्लाइडिङ कम्पनिका संचालक नारायण पराजुलीले पनि अरु व्यावसायी सरह मूल्य तय गर्ने तयारी गरेको बताए। ‘केहीदिन अघिसम्म हामीले ८ हजार रुपैयाँमा उडाएका थियौ। तर, अरु कम्पनिले ३ देखि ४ हजार रुपैयाँमा उडाएपछि हामी पनि मूल्य घटाउन बाध्य हुनेछौ,’ पराजुलीले भने, ‘तर कति लिने भन्ने निर्णय भईसकेको छैन। पाइलटसँग बसेर मूल्य तय गर्ने हो। अरु कम्पनि सरह मूल्य कम हुन्छ, तर, हामी गुणस्तर र सुरक्षाको विषयमा सम्झौता गर्दैनौ।’

सबै कम्पनिले मूल्य घटाएपछि आफुहरु पनि बाध्य भएको उनले बताए। ‘पहिला १२ हजार रुपैयाँ थियो। आन्तरिक पाहुनाका लागि यो शुल्क अधिक हो, विदेशीका लागि उपयुक्त भएपनि आन्तरिक पाहुनाका लागि महंगो थियो,’ पराजुलीले भने, ‘तर, अब प्रतिश्पर्धात्मक बजार अनुसार मुल्य सस्तो हुन्छ।’ पाइलटले आम्दानीको ६० प्रतिशत रकम लिने भएकोले पनि अबको नयाँ मूल्यमा पाइलटको आम्दानी खुम्चने उनले बताए। प्याराग्लाइडिङ उडान गर्दा यात्रुले तिरेको मुल्यको ६० प्रतिशत पाइलट र ४० प्रतिशत कम्पनिले लिने गरेको थियो। ‘बजारीकरण गरेर आफ्ना पाहुनालाई आफैले सेवा दिँदा खासै समस्या आउँदैन,’ उनले भने।  

अस्वस्थ प्रतिश्पर्धाको चिन्ता

प्याराग्लाइडिङ उडानमा प्रतिश्प्र्धात्मक तरिका अपनाउन पाउने भएपछि अहिले कम्पनिले मूल्य घटाएका छन। तर, केही व्यावसायीले यसरी मुल्य घटाएर उडान गर्न खोज्दा प्रतिश्पर्धा बढेर झनै दुर्घटना बढ्ने जोखिम रहेको बताए। ‘मूल्य घटाएपछि अस्वस्थ प्रतिश्पर्धाको डर हो, किनकी कम्पनिले पाहुना उडाउने हतार गर्दा जोखिम थपिने चिन्ता छ,’ ना का सल्लाहकार समेत रहेका रावतले भने, ‘खुला बजारमा प्रतिश्पर्धा हुन स्वभाविक हो, तर, प्रतिश्पर्धा अस्वस्थ हुने त्रास छ। सुरक्षाको चूनौती बढेको छ।’

उनका अनुसार यसअघि पोखराको सराङकोटमा ४ र तोरीपानीमा १ गरि ५ वटा टेकअफ पोइन्ट थिए। ल्याण्डिङ पोइन्ट ४ वटा थिए। तर, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपनि सराङकोटबाट हुने उडान रोकिएको थियो। अहिले प्याराग्लाइडिङको तोरिपानी र मान्द्रेडुंगामा गरि २ वटा टेकअफ र पामेको पुल छेउमा एउटा मात्र ल्याण्डिङ पोइन्ट छ। ल्याण्डिङ र टेकअफ पोइन्ट भाडामा लिइएका हुन्।  

‘बजार प्रतिश्पर्धात्मक तरिकाले खुलेको छ। तर, धेरै कमाउन खोज्दा आकाशमा भीड बढ्ने डर छ,’ रावतले भने, ‘टेकअफ र ल्याण्डिङ पोइन्ट पनि कम छन्। आकाश साँघुरो हुने डर छ।’ बिहान ११ बजेदेखि साढे २ बजेभित्र मात्र उड्नुपर्ने भएकोले पनि भीडभाड बढ्ने त्रास रहेको उनले बताए। 
‘आकाशमा पनि असुरक्षा हुने भयो। ५२ वटा कम्पनिको गाडी दौडदा बाटोको पनि व्यस्तता हुन्छ,’ उनले भने। अहिले पोखराको प्याराग्लाइडिङमा टेण्डम (व्यावसायिक) उडानका लागि ४ सय १ जना लाइसेन्स लिएका छन् भने २ सय ६० जना उड्ने पाइलट रहेको उनले बताए।  

छाता संस्था ना अध्यक्ष सुनिल भट्टराईले पनि खुला बजारमा जाँदा व्यावसायीले मुल्य ३ देखि ४ हजार रुपैयाँमा झारेको बताए। ‘खुला बजारमा जाँदा त राम्रो हो, तर अस्वस्थ प्रतिश्पर्धाको डर छ,’ भट्टराईले भने, ‘अस्वस्थ प्रतिश्पर्धाले गर्दा मूल्य घटेको छ। तर कम मुल्यमा धेरै पाहुना पायौं भनेर हतारमा उडान गर्न खोज्दा जोखिम  बढ्न सक्छ।’ 

त्यसबाहेक कम मुल्यमा उडाउँदा पाइलटले पारिश्रमिक पनि कम पाउँछन्। धेरै कमाउने नाममा उडानको चाप पाइलटलाई पर्न जाँदा समस्या बढ्ने चिन्ता रहेको उनले बताए। ‘सुरक्षामा चूनौती थपिन्छ की भन्ने मात्र हो। स्वस्थ प्रतिश्पर्धा नराम्रो होईन, तर, प्रतिश्पर्धाका नाममा गुणस्तर खस्किने त्रास बढेको छ,’ उनले भने, ‘व्यावसायीलाई बजारीकरणमा बाटो खुलेको छ।’  
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस