लक्ष्मी पूजाका दिन खाद्यान्न पाएका सीमावासीले भनेः ‘बल्ल अब पेट भरिन्छ’
३० कार्तिक २०७७
•
२ मिनेट पाठ
लक्ष्मी पूजाका दिन खाद्यान्न पाएका सीमावासीले भनेः ‘बल्ल अब पेट भरिन्छ’
सीमावासी लक्ष्मी पूजाको पूर्व संन्ध्यामा खाद्याान्न दिँदै यूवा व्यवसायी केसी । तस्बिर : निर्मल घिमिरे
गुलरिया नगरपालिका–९ स्थित नेपाल भारतको टेपरीमा वस्ने प्रकाश थापाको घरमा पाँज जना सदस्य बस्छन्। दुई जना भारतको उत्तर काशीमा बसेर कमाइ गर्ने लकडाउनका कारण महिनौ दिनदेखि घरमै छन्। घरको बिहान साँझ जोहो गर्ने आय स्रोत छैन। 




ज्याला मजदुरी गर्ने काम यतिखेर नपाउँदा थापाको परिवार निराश थिए। तर, शनिबार बेलुका भने उनको परिवारमा खुसीयाली छायो। गुलरिया नगर प्रमुख मुत्तीनाथ यादवले‘लक्ष्मी पूजाको पूर्व सन्ध्यामा एक हजार नगद र एक बोरा चामल र अन्य खाद्यान्न उपलब्ध गराएको राहात सामाग्री बुझेपछि उनले भने, ‘बल्ल अब पेट भरिन्छ’

उमेरमा ३४ वर्ष नकाटेका गुलरियाका युवा व्यवसायी विमल केसलिे सीमावर्ती गाउँका अति बिपन्न परिवारको स्थानीय तहसँगको समन्वयमा लगत संकलन गरेका थिए। तिनै लगत संकलन भएको आधारमा २३ घर परिवारलाई तिहारमा खाद्यान्न दिए। आफ्नो खर्च कटाएर खाद्यान्न सामाग्री उपलब्ध गराएका केसीका अघि सीमावासीले भने ‘सर बल्ल हाम्रो पेट भरिने भयो।’ पीडादायिक स्वर सुन्दा भावुक हुदै केसीले भने, ‘समस्यामा परेको बेला सहयोग गर्ने होे, अहिले त्यसैका लागि एक किसिमले सडक संर्घष गरिरहेको छु। यस्ता कामबाट दुःख होइन, आत्मसन्तुष्टि मिल्छ। जुन सन्तुष्टि लाखौं खर्चेर अर्थोकमा पाइँदैन।’

८२ किलोमिटर नेपाल भारतको खुला सीमा क्षेत्रमा नेपाली घना बसोबास छ। विकास सीमा क्षेत्रमा नपुग्दा गाउँ नै उराठ र उजाड देखिन्छ। सीमावर्तीमा बस्ने नेपालीलाई सीमा रक्षक भनेर भनिएपनि स्थानीय स्रोत साधनको पहुँचमा सीमावासी छैनन्। तर, चुनावको बेला भोट बैक रुपमा प्रयोग भएपनि सीमावासीको पीडा बुझ्न नसकेको बताउने सीमावासी बीच युवा व्यबसायी केसी ‘रियल हिरो’ भएर चिनिए।

पीडादायिक दिनहरु काट्दै गरेका नेपाल भारतको सीमा टपरी गाउँमा बस्ने भुपु टोलको २३ घर परिवार अनुहार झमक्क साझ पर्न थाल्दा धपक्क बोलेको स्थानीयले बताए। ‘आफ्नो खर्च कटाएर केसीले दिएको सानो सहयोगले सीमावासीको पेट भरियो,’वडा सदस्य धना चौधरीले भनिन्।

कमाईका केहि प्रतिशत समाजसेवा गर्ने उद्देश्यका साथ अघि बढेका केसीका यो अर्को समाजसेवा अन्तर्गतको उनले काम गरेका थिए।

‘विश्व नै कोरोना संक्रमणको लडाई लडिरहेको अवस्थामा यो भएन, त्यो भएन, नेताले गरेनन् भन्ने धेरै छन्। मन फुकाएर सहयोग गर्ने कमै भेटिने मध्यमा गनिएका केसीको सीमावर्तीमा जय जय कार गरे,’ उनले सुनाईन्।  

‘पैसाले त कस्लाई पुग्छ र?’ केसी प्रतिप्रश्न गर्दे भने,‘खर्च कटाएर चाड पर्व गरिबको चुल्हो बलोस भन्ने सहयोगको भावनाले झल्काएको मात्र हो।’  

यस्तै गरी केसीले यसअघि विपन्न परिवारलाई घर वा ग्रामिण भेगको गाउँ जोड्न सडक निर्माण, र वेला वेला अति विपन्नलाई खाद्यान्न वितरण गर्दा उनको समाजमा कद उचो भएको गुलरिया नगरपालिका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताए।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
२७ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस