इटहरीबाट तास खेल्ने–खेलाउने सात जना पक्राउ परेका छन्। प्रहरीले इटहरी वडा नं.९ स्थित गोल्डेन चोकको राइन फर्निचर उद्योगबाट तास खेल्ने–खेलाउनेलाईं पक्राउ गरेको हो।
प्रहरीले इटहरी वडा नं. १३ का ६० वर्षे मझेफर तसन मियाँ, दुहवी वडा नं. ९ का ३४ वर्षे मोहमद सामुदिन आलम, दुहवी वडा नं. ८ का २६ वर्षे हासिम हुसेन, ४२ वर्षे नुर महमद, वडा नं. ९ का ३८ वर्षेे नैमुदिन मिया, इनरुवा वडा नं. ७ का वर्षे महमद ईनुस र दुहवी वडा नं. ९ को ३७ वर्षे महमद मियाँलाईं पक्राउ गरेको हो। पक्राउ पर्नेका साथबाट प्रहरीले नगद र विभिन्न बैंकका चेक बरामद गरेको छ।
तास खेल्ने–खेलाउनेका साथबाट नगद एक लाख ४९ हजार ७२५ रुपैयाँ बरामद गरिएको छ। यस्तै, कामना सेवा विकास बैंकको खातावाला एमडि सलमान मियाँ रइनको नाममा रहेको मझेफर तसन मियाँको नाममा काटिएको ५० हजारको चेक, एभरेष्ट बैंकको खातावाला चुडाराज ढुंगानाको नाममा रहेको मोहमद ईनुसको नाममा काटिएको दस हजार र अर्को चेकमा ५८ हजार बराबरको दुईवटा चेक, सिद्धार्थ बैंकको खातावाला एसि जल उद्योगको मोहमद इनुसकै नाममा काटिएको चालीस हजार बराबरको चेक समेत बरामद गरिएको प्रहरीले जनायो। पक्राउ परेका सातै जनालाईं मुद्दा दर्ता गरि अनुसन्धान थालिएको छ।
यसैगरी, एक महिनाअघि कार तथा मोवाइल चोरी गर्ने र खरीद गर्ने समूहका चार जना पनि पक्राउ परेका छन्। झापा विर्तामोड वडा न. १ का २० वर्षे प्रदिप चौधरी, इटहरी वडा न. १३ का २० वर्षे सञ्जय सरदार, सोही ठाउँका १९ वर्षे नरेश सरदार र सोही उमेरका १९ वर्षे अविनास सरदार पक्राउ परेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक केशवकुमार कट्वालद्दारा जारि विज्ञप्तिमा उल्लेख छ।
इटहरी वडा न. १२ खनारका पुष्पनारायण चौधरीको घरको चौथो तल्लामा रहेको कोठामा प्रवेश गरी सो कोठामा चार्जमा रहेको सामसुङ ग्यालेक्सी मोवाइल र विभिन्न बैंकको एटिएम कार्ड रहेको पर्स र बा ९ च ३४०३ नम्बर को सिल्भर रङको फोर्ड टिटानियम कारको साँचो समेत निकालि पार्किङमा राखेको उक्त कार र सो कारभित्र रहेको डेल कम्पनीको ल्यापटप समेत चोरी भएको थियो। कार्तिक १६ गते इटहरी वडा न. १३ खनार मिया टोलका सद्दाम हुसेनको घर कोठाबाट सामसुङ कम्पनीको मोवाइल घटनामा संलग्न व्यक्तिहरु पक्राउ परेको प्रहरीले जनायो।